Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बालुवाकै भरमा जीवन - नदीको बालुवामै खेल्छु, बालुवामै रमाउँछु
बालुवाकै भरमा जीवन - नदीको बालुवामै खेल्छु, बालुवामै रमाउँछु
नेपालकागज
नेपालकागज बुधबार, साउन ६, २०७८

खलङ्गा । चन्दननाथ नगरपालिका–१ की बास्मती कुलाल दैनिकजसो जवा नदीबाट बालुवा निकालिरहेको अवस्थामा भेटिन्छिन् । उहाँको काँधमा ५ जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । उहाँले पाँच वर्षदेखि बालुवा निकालेर परिवारको खर्चको जोहो गर्दै आइरहेकी छन् ।    

“म घरबाट एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु”, उहाँले भन्नुभयो, “परिवारको खर्च जोहो गर्न हाम्रो लागि नदीको बालुवा भरपर्दो आर्थिक स्रोत बनेको छ ।” चन्दननाथ नगरपालिका–१ की धनमाया कुवालको दैनिकी पनि नदीमा बालुवा निकालेर बित्छ । बालुवा सङ्कलन र बिक्री गरेको रकमले उहाँको पनि घरखर्च चल्ने गरेको छ । 

उहाँहरु मात्र होइन, चन्दननाथ नगरपालिकाका झण्डै दुई सय महिला जवा नदीको बालुवा निकालेर बिक्री गरी जीविकोपार्जन गर्न बाध्य छन् । भरपर्दो रोजगारी नभएका र घरको आर्थिक अवस्था कमजोर भएका उहाँहरुलाई खोलाको बालुवाकै भर छ । 

चन्दननाथ नगरपालिका–१ की धनमाया कुलालले बालुवा निकाल्नुको विकल्प नभएको बताइन् । “बजारमा मजदूरी पाइँदैन”, उहाँले भन्नुभयो, “परिवारको खर्च धान्नै मुस्किल छ ।” बालुवा बिक्री गरेको पैसाले मात्र नपुग्दा ऋण लिएर गुजारा चलाउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । उहाँले दिनभर सङ्कलन गरेको बालुवाबाट रु ४÷५ सय कमाउँछिन् । “बालुवा ननिकालेको दिनमा घरको चुलो बल्दैन । एक दिनमा १५ बोरासम्म बालुवा निकालिन्छ । एक टिप्पर बालुवा निकालेको खण्डमा रु तीन हजारदेखि चार हजारसम्म कमाई हुने गरेका छ”, उहाँले भन्नुभयो, “एक टिप्पर बालुवा सङ्कलन गर्दा रु ५०० नदी किनारमा भएको जग्गाधनीलाई उपलब्ध गराउने गरिएको छ ।”

उहाँका अनुसार नदी किनारमै ठेकेदार बालुवा लिन आउँछन् । नदी किनारमै रुपैयाँ दिन्छन् । बिहानको खाना धेरैजसो नदी किनारामै हुन्छ । बिहान आउँदा राम्रो बालुवा निकाल्न सकिने भएकाले यहाँका महिलाको बिहानै नदी किनारामा भीड लाग्ने गरेका छन् । विद्यालय जाने बालबालिकासमेत बालुवा सङ्कलनका लागि नदी किनारामा पुग्ने गरेको उहाँको भनाइ छ । 

विद्यालय बन्द भएकाले बालुवा निकाल्ने काम गरेको स्थानीयवासी उनिता कुलालले बताउनुभयो । “बालुवा बेचेको रकमले घर खर्च चलाउन सहज भइरहेको छ । बालुवा बेचेर दैनिक उपभोग्य सामग्री चामल, तेल तथा लुगाफाटो छोराछोरी किताब, कापी र कलम किन्ने गरेको छु”, उहाँले भन्नुभयो, “साउन महिनामा पानीको बहाव बढेको छ । जोखिमका बीचमा बालुवा निकालिरहेका छौँ ।” यहाँका महिलाले जवा नदीमा खाली खुट्टा, नाङ्गो हातमा बेल्चा लिएर बालुवा निकाल्न बाध्य छन् । नदीमा फ्याँकिएका सिसा, काँडा र ढुङ्गाले काट्ने डर हुन्छ । तर बालुवा सङ्कलन नगरी सुख पनि छैन ।

विकास निर्माण योजनामा बालुवाको माग बढ्दै गएकाले यहाँको महिलाको रोजगारी जवा नदीले दिएको हो । नदीबाट निकालिएको बालुवा ठेकेदारले खरीद गरी ट्र्याक्टर र टिप्परमार्फत सदरमुकाम र आसपासका जिल्लामा पु¥याउने गरेको स्थानीयवासी बताउँछन् । जिल्लाको जवा नदी, तिला र हिमा नदीमा बालुवा सङ्कलन कार्य तीव्र चलिरहेको छ । गरिबीका कारण बालुवा निकाल्ने महिला र बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । 


प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्