Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा चरम अनियमितता र छाडातन्त्र, मिडियाबाट गोप्य राखेर काम गरिन्छ
हरि गुरुङ
हरि गुरुङ आइतबार, मंसिर १०, २०८०

तस्बिर : जनताको लागि आएको अत्याधुनिक सोलार लाइट भागवण्डा लगाएर जनप्रतिनिधिले आफ्नो घरमा राखेको

हरि गुरुङ, सन्दिप नाथ योगी, बर्दिया । जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ लाई विभिन्न संघसंस्थाले मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय जनतालाई जंगली जनावरको आक्रमणबाट बचाउन विभिन्न खाले अत्याधुनिक हेलोजिन लाइट, सोलारबाट संचालित हुने सेन्सर युक्त अत्यन्तै प्रष्ट प्रकाश दिने(रातमा उक्त लाइट बाल्दा दिउँसो जत्तिको लामो दुरिसम्म उज्यालो दिने) महंगा लाइटमा गणतन्त्रको नाममा भ्रष्टाचार (लूटतन्त्र)भएको छ । आफ्नो शक्तिको दुरुपयोग गर्दै वन्यजन्तुबाट पीडित वस्तीहरूमा राख्नुपर्ने उक्त बत्तीहरू आफ्ना वडा सदस्यहरूको चाकरी गर्न मधुवन वडा नम्बर ३ले जथाभावी बाँडेको छ ।

विश्वस्त स्रोतका अनुसार वडा नम्बर ३ कार्यालयले जनताको वस्तीमा राख्नुपर्ने, जंगली जनावर आउँदा प्रष्ट देखिने र जनता सुरक्षीत हुने भनेर जिल्ला वन कार्यालय लगायतका संघसंस्थाले दिएको लाइट वडा सदस्यहरूको घरमा प्रकाश पर्ने गरि राखेको छ । 

यस्ता किसिमका सामान्य लाग्ने तर गम्भीर किसिमका भ्रष्ट आचार र राजनीतिक चाकरीका कारण वडा नम्बर ३ मा विकाश त हुन सकेकै छैन, त्यो भन्दा पनि यस्तै कुकृत्यजन्य राजनितिक भागबन्डाका कारण सबै भन्दा धेरै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वडा नम्बर ३ का वासिन्दाहरूआफैले तिरेको करबाट पाउनुपर्ने सेवा सुबिधाहरूबाट बञ्चित छन् ।

कति सम्म भने गाउँगाउँमा सिंहदरबार आयो भनेर खुशी भएका विपन्न वर्गका गाउँले जनतालाई अप्रत्यक्ष रूपमा शोषन गरिएको छ । वास्तविक वन्यजन्तु पीडित जो बोल्न सक्दैनन् जो आवाज विहिन छन् तिनका लागी आएका महंगा सरसामान वडा नंबर ३ का कथित ठुलाठालु भनौंदाहरूले भागबण्डा लगाएर बाँड्ने गर्दछन । यस्ता कुसंस्कार र घृणित कार्यमा संलग्न जनप्रतिनिधिहरूले वडा नम्बर ३ मा बाघ र हात्तीबाट मृत्युवरण गरेकाहरूको जिम्मेवारी लिनुपर्छ ।

नेपालको संविधान, राजपत्रमा प्रकाशित नियमावली अनुसार र संघिय संरचना अनुसार  विपतमा समेत एकद्वार प्रणाली लागू गरिएको छ ।जस्तै विपत परेपनी वडा कार्यालय नगर कार्यालयको समन्वयमा जनतालाई राहत बाँडफाँड गर्ने भनिएको छ । तर त्यसको ठ्याक्कै उल्टो वडा नम्बर ३ ले जहाँ मानव वन्यजन्तुको द्वन्द छ त्यहाँ काम नगरेर आफ्ना वडा सदस्यको एरिया (क्षेत्र)कहाँ छ त्यहीँ मात्र काम गर्ने प्रवृति देखिएको छ । यस्को जिम्मेवारी कसले लिने ? 

वडा नम्बर ३ मा वडा अध्यक्षको रूपमा नारायण मल्ल कार्यरत छन् । यस अघि पनि उनै मल्ल वडा अध्यक्ष थिए । पहिले नेपाली कांग्रेसबाट वडा अध्यक्ष लडेका उनले दोस्रो पटक कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए । जेब्रा घोँडा चिन्ह लिएर लडेका उनले वडा अध्यक्ष पद प्राय कांग्रेसकै भोट पाएर जिते । यहाँका जनताले अब त हाम्रो गाउँ आफै बनाउँ भन्ने नाराका साथ विकाश हुने भयो भन्ने सोँचेको बेला भागबन्डा प्रवृति बढेको छ । 

वन कार्यालय र संघसंस्थाले जनता बाघ भालु तथा हात्तीबाट मर्नु नपरोस भनेर दिइएका सामाग्री आ-आफ्ना घरमा धमाधम लगाउँदा भोलिका दिनमा वडा नम्बर ३ मा एक जनाको मृत्यु पनि जंगली जनावरबाट भएमा मधुवन नगरपालिकाका नगरप्रमुख र वडा नम्बर ३ का वडा अध्यक्षले लिनुपर्छ । 

त्यत्रा ठुला ठुला योजना कार्यान्वयन गर्दा देशकै चौथो अंगलाई बोलाउनुपर्नेमा त्यहाँका स्थानीय पत्रकारलाई जानकारी नदिएर सुटुक्क बजेट खर्च गर्ने प्रवृतिले मधुवन नगरपालिका ग्रसित भएको छ । अब उप्रान्त उक्त क्षेत्रमा कसैको पनि मृत्यु जंगली जनावरबाट भएमा त्यसको जिम्मा मधुवन नगरपालिका र उक्त नगरपालिकाको वडा नम्बर ३ ले लिनु पर्छ हैन भने पीडित जनताको लागि आएको बजेट, अत्याधुनिक सामाग्री जसका कारण जंगली जनावरबाट बच्न सकिन्छ त्यसको भागवण्डा लगाएर सुटुक्क आफ्ना घरमा लगाउन छोड्नुपर्छ । यस प्रकरणमा केही कर्मचारीको पनि मिलोमतो रहेको हाम्रा स्रोतको दाबी भएपनि स्वतन्त्र पुष्टि हुन सकेको छैन । अनुसन्धान जारी छ ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो लिनुपर्छ । प्राय थारू समुदाय बस्ने क्षेत्रको एक रत्ती विकास नहुनुमा कसको जिम्मेवारी छ त्यसको लेखाजोखा जनता र पत्रकारले राखेकै छन् । ईमान्दार जनप्रतिनिधिलाई माया सम्मान र धन्यवाद । बेइमानलाई अख्तियारको आशिर्वाद र सनातनी पाप । मधुवन नगरपालीका वडा नम्बर ३ मा भएका अन्य बेथिति, कुसंस्कार, भागवण्डा प्रवृतिका अरु विषय पनि स्रोतले हामीलाई अवगत गराएको छ । ती विषयमा पनि अनुसन्धान जारी छ भने अख्तियार सम्पर्क कार्यालय नेपालगन्ज, केन्द्रिय कार्यालय टंगालका अधिकारीहरूसँग छलफल जारी छ ।


प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  २१:१५
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्