Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
  • Contact
बुधबार, असोज १०, २०८० १२ : ०७ : २२
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #बर्दिया
राजनीति
  • Home
  • राजनीति
  • बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
नेपालकागज
शुक्रबार, भदौ २९, २०८० नेपालकागज

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताउनुभयो । 

विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गर्नुभएको छ । 

बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उहाँको भनाइ छ । 

“यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 

बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उहाँले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको छ । 

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ । 


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०, १०:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली सोमबार, असोज ८, २०८०
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री सोमबार, असोज ८, २०८०
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह आइतबार, असोज ७, २०८०
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे बिहीबार, असोज ४, २०८०
भर्खरै
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक सन्दिप नाथ योगी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने नेपालकागज
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली
सुन तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली नेपालकागज
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री नेपालकागज
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह नेपालकागज
लोकप्रिय समाचार
  • Week
  • Month
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्यो, उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
काठमाडौँ महानगरका शिक्षकले सडकमै हाजिर गरे
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
तस्कर राज र भ्रष्टाचार, तथाकथित 'घुमुवा डन'को आतंक
गैह्रीगाउँ हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
स्कुल नजिकैबाट दुई थान पेस्तोल र एक राउण्ड गोलीसहित माझी पक्राउ
भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: ne[email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© Nepal Kagaj-2023 All rights reserved. Powered by: SoftNEP