Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • दुर्गमबस्तीको समस्या : विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ
दुर्गमबस्तीको समस्या : विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ
नेपालकागज
नेपालकागज बिहीबार, वैशाख २८, २०८०

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गर्नुभयो । 

गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गर्नुभएकी उहाँ ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा भर्ना हुनुभएको छ ।

अर्को गाउँको विद्यालय जानुपर्ने हुनाले आजभोलि मनिषाको दैनिकी फेरिएको छ । उहाँ बिहान सबेरै उठेर विद्यालयका लागि तयारी गर्नुहुन्छ । विद्यालय आउजाउँ गर्न दैनिक चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । 

“विद्यालय पुग्न दुई घण्टाको बाटो पैदल हिँड्नुपर्छ, बिहान आठ बजे विद्यालय सुरु हुन्छ”, उहाँले भन्नुभयो, “विद्यालय छोप्न बिहान छ बजे घरबाट निस्किन्छु, कहिलेकाहीँ त ढिलो भएर विद्यालय छुट्छ ।”

खल्लाकै पुष्पा बोहरा पनि ब्रह्मदेवकै सिद्धनाथ माध्यमिक विद्यालयमा पढ्नुहुन्छ । सो विद्यालयमा कक्षा १० मा यसपटक भर्ना हुनुभएको उहाँको पनि दैनिकी यस्तै छ । 

“कक्षा नौँदेखि ब्रह्मदेवको विद्यालय पढ्न आएकी हुँ, विद्यालय आउजाउ गर्न दैनिकी चार घण्टा हिँड्नुपर्छ”, उहाँले भन्नुभयो, “कच्ची बाटोमा अटो र बस चल्छ, तर दैनिक भाडा तिरेर जानसक्ने आर्थिक स्थिति छैन ।”भीमदत्त –९ अन्तर्गत चुरे क्षेत्रमापर्ने टुँडिखेल, खल्ला र मुसेट्टी दुर्गम बस्ती हुन । गाउँमा माध्यमिक शिक्षा अध्ययनका लागि विद्यालय नहुँदा त्यहाँका विद्यार्थी दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यतामा छन् ।

“बिदा १२ बजे हुन्छ, बालबालिका भोकाएर अन्तिम कक्षा नपढेर घर फर्किन्छन्”, भीमदत्त –९ खल्लाका सुरेन्द्र कठायतले भन्नुभयो, “कतिपयले त हिँड्नुपर्ने दुखले विद्यालय नै छोडेका छन् ।”पहाडी भेगको झल्को दिने चुरेका तीन बस्तीमा एउटा पनि माध्यमिक विद्यालय छैन । टुँडिखेलमा कक्षा पाँच, मुसेट्टीमा कक्षा तीन र खल्लामा कक्षा आठ सम्मको पढाइ हुने गरेको छ । 

यसले गर्दा यहाँका विद्यार्थी माध्यमिक शिक्षाका लागि ब्रह्मदेव झर्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । “यहाँसम्म पुग्ने कच्ची बाटो छ, बर्खामा त्यहीँ बाटो पनि बिग्रिन्छ”, उहाँले भन्नुभयो, “नानीबाबुहरुलाई जोखिम मोलेर विद्यालयसम्म पुग्छन् ।”

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि यस्तै सास्ती व्यहोर्नु परेको छ । लामो बाटो पैदल हिँड्नुपर्ने हुनाले कतिपयले त आफ्ना छोराछोरी अध्ययनका लागि महेन्द्रनगरमा कोठा भाडामा लिएरसमेत बसाल्ने गरेका छन् । 

दैनिक आउन जान गरेर चार घण्टा पैदलमै खर्चिनु पर्दा विद्यालय समयबाहेक अन्य समय पढाइमा खर्चन नपाएको विद्यार्थीको गुनासो छ ।

“गाउँमा मावि तहसम्म पढ्ने विद्यालय वा अर्को गाउँको विद्यालयमा जान सुपथ मूल्यमा स्कुल बसको व्यवस्था भए सहज हुन्थ्यो”, बालिका उर्मिला कठायतले भन्नुभयो, “लामो समय हिँडेर विद्यालय पुग्दा थकाइ लाग्छ र पढाइमा धेरै समय दिन सकिँदैन, गाउँमै सहज रूपमा पढ्ने व्यवस्था हुनुपर्‍यो ।”

आधारभूत तहको शिक्षा गाउँमै पढ्ने व्यवस्था भए पनि माथिल्लो तहको शिक्षा लिन अन्यत्र घण्टौँ हिँडेर जानुपर्दा निकै समस्या हुने गरेको उहाँको गुनासो छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्