Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
अनोज थारु
अनोज थारु सोमबार, माघ १५, २०८०

अनोज थारू बाँके (कोहलपुर) । शिक्षाको वर्तमान परिदृश्यमा सफल स्कुलको अवधारणा शैक्षिक उपलब्धि र ज्ञान सिर्जनाभन्दा धेरै पर पुगिसकेको छ। स्कुलले शिक्षाको समग्र दृष्टिकोण अवलम्बन गर्न सक्ने र ज्ञानलाई व्यवहारमा उतार्न सक्नुपर्छ। सफल स्कुल शैक्षिक कार्यसम्पादनमा उत्कृष्ट त हुन्छ नै; यससँगै विद्यालयले विद्यार्थी, शिक्षक र कर्मचारीहरूका लागि सकारात्मक र सहयोगी वातावरण पनि बनाउँछ। यस्तो विद्यालय समाजको अभिन्न अङ्गका रूपमा विकास भएको हुन्छ। शिक्षाको व्यापक र सन्तुलित दृष्टिकोणलाई महत्त्व दिएका स्कुल नै कालान्तरमा सफल हुन्छन्।

धेरै परिवार, समुदाय र सांस्कृतिक संरचनाबाट विद्यालयमा बालबालिका आउँछन्। यो विद्यालयहरूलाई दुवै चुनौती र अवसर हो। यही सुन्दर विविधतालाई स्कुलले मल, जल र स्थान दिँदा बालबालिकाको हित हुन्छ। सबैले बालबालिकाको विशिष्टता पहिचान गरी सार्थक मान्यता दिनुपर्छ। सबैलाई एकै साँचोमा नराखी न्यायोचित व्यवहार गरेमा समता कायम हुन्छ। शिक्षा क्षेत्रमा बिगत लामो समय देखि काम गर्दै शिक्षा बिषयमा स्नाकोत्तर एम.ए.गरेर, बाल मनोबिज्ञान, पुर्व प्राथिक तहका बालबिलकाले प्रयोग गर्ने बाल शब्दावलि विषयमा थेसिस समेत लेखि सक्नुभएको तथा मन्टेश्वरी शिक्षासम्बन्धी प्रशिक्षण समेत दिने प्रशिक्षक बेवी व्लुम मन्टेश्वरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल कल्पना पौडेलसँग कुरा गरेका थियौँ । 

उहाँलाई हामीले मन्टेश्वरी शिक्षा पद्धतिको बारेमा सोधेका थियौँ । उहाँले भन्नुभयो, "मन्टेश्वरी भनेको त्यस्तो आधुनिक शिक्षा विधि हो जहाँ विद्यार्थीहरू आत्म-निर्दे्शित अर्थात् रुचिकर गतिविधिहरूमा तल्लीन रहन्छन् । सबै इन्द्रीयहरुको प्रयोग मार्फत आफैँले छोएर, हेरेर, गरेर अनि व्यक्तिगत वा समूहगत रूपमा विभिन्न क्रियाकलाप अथवा खेलमा सहभागी हुँदै सिक्न अग्रसर रहन्छन् । मन्टेश्वरी कक्षामा विद्यार्थीहरूले के सिक्ने भन्ने आफैँ निर्धारण गर्दछन् र शिक्षकले विद्यार्थीको उमेर समूहको आधारमा सोही किसिमको सहजीकरण तथा वातावरणको निर्माण गर्दछन्। विद्यार्थीहरूले एक्लै वा समूहगत रूपमा विषयवस्तुको खोज, अन्वेषण गर्दै आफ्नो क्षमतालाई तिखार्दै अध्ययन गर्ने गर्दछन्। परम्परागत स्कुलमा जस्तै घोकेर, रटेर नभई प्रयोगात्मक गतिविधि मार्फत आफैँ सिक्ने भएकाले विश्वभरि नै मन्टेश्वरी शिक्षा प्रख्यात छ। यो विधि मारिया मन्टेश्वरीले प्रयोग गरेर अत्यन्त सफल बने पछि संसार भरि सिकाइमा यसको प्रयोग गरिन थालियो ।

उहाँलाई हामीले अर्को प्रश्न गरेका थियौँ, "हामी पत्रकारहरूलाई समेत कौतुहलताको विषय पनि भएको र समाजमा समेत कौतुहलता बढाएको मन्टेश्वरी शिक्षा विधिबारे बताइदिनुस् न ? तपाइलाई नै प्रश्न गर्नुको कारण के हो भने शिक्षा विषय पढेर लामो समय अध्ययन/अध्यापन गरी शिक्षा क्षेत्रमा आबद्ध भई लामो समय अनुभव बटुल्नु भएको र मन्टेश्वरी विधिको हजुर आफैँ प्रशिक्षक समेत भएकोले अलि सरल भाषामा बुझाइदिन अनुरोध गर्छौँ ।"

व्लुम मन्टेश्वरी स्कुलकी सञ्चालिका तथा प्रिन्सिपल कल्पना पौडेलका अनुसार आखिर के हो त मन्टेश्वरी र मन्टेश्वरी स्कुलमा कसरी शिक्षण गरिन्छ ?    
* मन्टेश्वरी स्कुलमा बालबालिकाको व्यक्तिगत आवश्यकतालाई मध्यनजर गरेर सोही किसिमको वातावरण तयार गरिन्छ । विद्यार्थी केन्द्रित सिकाइलाई अवलम्बन गरिन्छ । विद्यार्थीको रुचि केमा छ त्यही अनुसार शिक्षकले वातावरण तयार गर्छ। 

* मन्टेश्वरी कक्षाकोठामा बालबालिकाले आफ्नो रुचिअनुसारको विषयमा कक्षाकोठामै भएका सामाग्रीहरू खेलेर, चलाएर, छोएर जानकारी प्राप्त गर्छन् अनि सिक्छन् । तर, परम्परागत स्कुलमा शिक्षकले बोलेको कुरा निष्क्रिय भएर सुन्ने, घोक्ने, स्मरण गर्ने र त्यही कुराको मूल्याङ्कन गर्न परीक्षा लिने गरिन्छ ।

* मन्टेश्वरी कक्षाकोठामा बालबालिकालाई रुचि लागेको विषयमा खेल्न, खोज्न, अध्ययन गर्न पर्याप्त समय दिइन्छ, ताकि उनीहरू विषयवस्तुको गहिराइमा पुग्न सकुन् । 

* मन्टेश्वरी स्कुलमा शिक्षकले प्रत्येक बालबालिकाको व्यक्तिगत क्षमता पहिचान गरेर फरक फरक शैलीले सिक्न प्रेरित गरिन्छ तर परम्परागत स्कुलमा सबै खाले क्षमता भएका विद्यार्थीलाई एकै ठाउँमा राखेर, एकै विधिले पढाइन्छ ।

* मन्टेश्वरी पाठ्यक्रम बालबालिकाको रुचि र आवश्यकता अनुसार तर्जुमा गरिएको हुन्छ र सोही अनुसार क्रियाकलाप गराइन्छ।

* मन्टेश्वरी कक्षाकोठामा एक अर्कासङ प्रतिस्पर्धा गराइँदैन । प्रत्येक बालबालिकाको आफ्नै क्षमता हुने भएकाले उनीहरूलाई अझ राम्रो गर्न प्रोत्साहन गरिन्छ ।

* मन्टेश्वरी शिक्षकले बालबालिकामा आफैँ सिक्न खोज्ने, अध्ययन गर्न खोज्ने उत्सुकता हुने कुरामा विश्वास गरेका हुन्छन् ।
त्यस्तै बालबालिकाको उज्ज्वल भविष्य बनाउनु बाबुआमाको प्रथम तथा प्राथमिक दायित्व हो । बाबुआमाहरूलाई आफ्ना साना नानीबाबुलाई कहाँ कुन मन्टेश्वरीमा पठाउने भन्ने कौतुहलता तथा पिरलोले गाँजेको हुन्छ ।

अभिभावकहरूको त्यही कौतुहलता र पिरलोलाई मेट्न २०७५ साल देखि कोहलपुर नगरपालिका वडा नं.४ किरण खोला नजिक सेवा दिँदै आएको बेवी व्लुम मन्टेश्वरी स्कुलले उच्च स्तरको सेवा दिँदै आएको छ ।

साना-साना नानीबाबुहरूलाई बौद्धिक, सामाजिक, शारीरिक, मानसिक र मनोवैज्ञानिक विकासमा योगदान र अन्तर्राष्ट्रिय पद्धति अनुसारको सेवा दिनमा अब्बल साबित भएको छ वेवी व्लुम मन्टेश्वरी स्कुल, कोहलपुर। 

यो मन्टेश्वरी स्कुलले नानीबाबुहरूलाई इटालीमा जन्मिएकी मारिया मन्टेश्वरीको विधि अनुसार बालबालिकाहरूलाई पारिवारिक वातावरणमा खाँदै-खेल्दै, नाच्दै गाउँदै, सिक्दै र रमाइला शिक्षण सामाग्रीहरूको प्रयोग गरेर बालबालिकाको रुचि अनुसार सिक्न सक्षम बनाउन आधुनिक तरिकाहरू अवलम्बन गरी शिक्षा दिइने हुँदा कोहलपुरका अभिभावकहरू यस मन्टेश्वरी स्कुल प्रति आकर्षित हुँदै गएका छन् ।

बेवी व्लुम मन्टेश्वरी स्कुलकी सञ्चालिका तथा प्रिन्सिपल कल्पना पौडेलले नेपाल कागजसँग कुरा गर्दै भन्नुभयो, "आजका बालबालिकाहरू भविष्यका कर्णधार र देशका मेरुदण्ड हुन । सानो छँदा उनीहरूको बाल मनोविज्ञानलाई राम्रोसँग बुझेर व्यवहारिक शिक्षा दिई अब्बल बनाई असल व्यवहारमा उतारेमा उनीहरूको आउने भविष्य सुनिश्चित तथा गतिशील हुन्छ ।"

त्यस्तै उहाँले अगाडि भन्नुभयो, "त्यति मात्र होइन हामी बालबालिकाहरूलाई बाल मनोविज्ञानका आधारमा गतिशील बाल विशेषज्ञको सुझाव अनुसारको पठनपाठन, विभिन्न अतिरिक्त क्रियाकलापहरूमा जोड र हाम्रो समाज अनुसारको असल संस्कार दिन्छौँ । हामीले बाबुआमाहरूलाई समेत आफ्ना नानीबाबुहरूलाई कसरी घरमा शैक्षिक क्रियाकलापहरू गराउने भनेर शिक्षा समेत दिँदै आएका छौ ।"

बेवी व्लुम मन्टेश्वरी स्कुलकी प्रिन्सिपल कल्पना पौडेलले पुनः भन्नुभयो, "प्रयोगात्मक तथा व्यवहारिक शिक्षा दिनको लागि हामी सदैव हाम्रा अनुभवी शिक्षिकाहरूलाई पनि समय समयमा पुर्नरताजगी तालिमहरू प्रदान गर्दै सेवा प्रवाह गरिरहेका छौ ।

 

हेर्नुस् कागजी सर्टिफिकेटले मात्रै कुनै पनि मान्छे आजको दिनमा मार्केटमा गएर सक्षम हुँदैन । किनभने यो विश्व अहिले स्मार्ट भइसकेको छ। बिल गेट्सकै बारेमा पनि यहाँलाई थाहा छ । संसारमा इतिहास रच्ने मान्छेहरू भनेका ती मान्छेहरू हुन जो सँग इच्छाशक्ति छ । जसले आउट अफ बक्स सोच्छ । तर त्यो सँगसँगै ओभरअल बालबालिकाहरूको डेभ्लोपमेण्टमा हामीले जोड दिएनौ, उसको सिपमा जोड दिएनौ भने देखि हामीले उत्पादन गरेको जनशक्ति भोलि मार्केटमा सेलेवल हुँदैन । यो कुरामा बेवी व्लुम मन्टेश्वरी स्कुल एकदमै सचेत र गम्भीर भएर शैक्षिक सेवा प्रवाह गरिरहेको छ ।"

बेवी ब्लुम मन्टेश्वरी स्कुलले १८  महिना देखि १० वर्ष सम्मका बालबालिकाहरूलाई प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी र कक्षा १ सम्म सम्पूर्ण ज्ञान र मनोवैज्ञानिक तवरले उनीहरूलाई आत्मविश्वासले भरिपूर्ण बनाउन सहयोग गर्ने गरेको प्रिन्सिपल कल्पना पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, "हामीले हाम्रो बेवी व्लुम मन्टेश्वरी स्कुलमा रहेका साना नानीबाबुहरूलाई बाँकेमा रहेका विभिन्न शैक्षिक सङ्गठनहरूले गर्ने हरेक अतिरिक्त कार्यक्रमहरूमा सहभागी गराउँछौँ जसका कारण सानै देखी बालबालिकाहरूमा आत्मविश्वास पैदा गर्छ भने उनीहरूलाई आत्मनिर्भर गराउँदै लुकेका छिपेका क्षमता तथा प्रतिभालाई बाहिर ल्याउन ठुलो भूमिका खेल्छ, समाजमा घुलमिल हुन डराउने, बोल्न नसक्ने तथा लजालु स्वभावका बालबालिकालाई मन्टेश्वरी विधि अत्यन्तै आवश्यक छ ।" 

बेवी व्लुम मन्टेश्वरी स्कुलमा सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्छ भनेर सबै धर्मका चाडपर्वहरू मनाउने गरिन्छ जसले गर्दा बालबालिकामा सानै देखी धार्मिक सहिष्णुताको गुण विकसित हुन जान्छ । त्यस्तै प्रिन्सिपल कल्पना पौडेलका अनुसार कतिपय बाल विशेषज्ञको सिफारिसमा बोल्न नसकेका, घरपरिवारमा खुल्न नसकेका तथा बोल्न डराउने बालबालिकाहरू यस मन्टेश्वरीमा आएर आत्मविश्वासले भरिपूर्ण भएर गएका छन् । बेवी व्लुम मन्टेश्वरी स्कुलले आफ्नो सामाजिक दायित्व पनि निभाउँदै आएको प्रिन्सिपल पौडेल बताउनुहुन्छ । प्रिन्सिपल पौडेलले भन्नुभयो, ''दिन दुखी, विपन्न असहाय,गरिब,पिक्षडिएको क्षेत्र र जेहेन्दार बालबालिकालाई विद्यार्थीको सङ्ख्याको १० प्रतिशत बिद्यार्थिलाइ निःशुल्क शिक्षा दिई सामाजिक उत्तरदायित्व निभाउँदै अगाडि बढिरहेका छौँ । त्यस्तै आउँदै गरेको श्री पञ्चमी सरस्वती पूजाका दिन अक्षर आरम्भ गराउने दिनमा विशेष छुटको व्यवस्था समेत गरेको जानकारी गराउनु भएको छ ।"

अन्तर्राष्ट्रिय मन्टेश्वरी विधिबाट बालबालिकालाई अध्यापन गराउने बेवी व्लुम मन्टेश्वरी स्कुलकी प्रिन्सिपल पौडेलले मन्टेश्वरी स्कुलमा न्युट्रिसियोनिस्ट (पोषण विशेषज्ञ)ले दिएको सुझाव अनुसार खाना/खजा खुवाइने गरेको उहाँले बताउनुभयो । 

मन्टेश्वरी पाठ्यक्रम

मन्टेश्वरी पाठ्यक्रम बालबालिकाको चौतर्फी विकासलाई टेवा पुग्ने गरी तयार परिएको हुन्छ । बालबालिकाको रुचि अनुसार नै मन्टेश्वरी पाठ्यक्रम तय गरिएका हुन्छन् । विशेषतः P.L.E पिएलई, सेन्साेरियल, भाषा, गणित, कल्चर, (विज्ञान र सामाजिक) विषयवस्तुको अध्यापन गराइने बेवी व्लुम मन्टेश्वरी स्कुलकी प्रिन्सिपल कल्पना पौडेलले बताउनुभयो । उहाँले कोहलपुर नगरपालिका वडा नं.४ किरण खोला नजिक सेवा दिँदै आएको बेवी व्लुम मन्टेश्वरी स्कुलले उच्च स्तरको सेवा दिँदै आएकाले अभिभावकले मन्टेश्वरी सम्बन्धी कुरा वा विषयवस्तु बुझ्नु परेमा ०८१-४१०१६९ र ९८५८०४८७०२  नम्बरमा सम्पर्क गरेर जानकारी लिन सकिने बताउनुभयो ।


प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १३:५४
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्