Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • प्रतापपुर राष्ट्रपति रनिङ शिल्ड : त्रिभुवन मावि प्रथम, दोस्रोमा महेन्द्र मावि सोमनी
प्रतापपुर राष्ट्रपति रनिङ शिल्ड : त्रिभुवन मावि प्रथम, दोस्रोमा महेन्द्र मावि सोमनी
नेपालकागज
नेपालकागज आइतबार, फागुन ७, २०७९

रबिन्द्र यादव, नवलपरासी पश्चिम । प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारी स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा बिहीबारबाट सञ्चालित प्रथम प्रतापपुर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार बृहत् समापन समारोह कार्यक्रम गरी सम्पन्न भएको हो । 

सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै त्रिभुवन नमुना मावि बेलाटारीले प्रथमको उपाधि हात पार्न सफल भएको हो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो उपाधि महेन्द्र मावि सोमनीले हात पारेको छ भने तेस्रो उपाधि गणेश मावि बसहियाले हात पार्न सफल भएको हो । उत्कृष्ट खेलाडीहरूलाई मेडल,प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । 

प्रतियोगितामा गाउँपालिकाका ६ वटा सामुदायिक, ५ वटा संस्थागत र एक वटा धार्मिक गरी १२ वटा माध्यमिक विद्यालयहरू सहभागी थिए । 

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद (रुदल) यादवले विजयी खेलाडी विद्यार्थीलाई बधाई  तथा थप सफलताको शुभकामना दिनु हुँदै स्थानीय स्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाको सात वटै पालिकामा सञ्चालन गरिने बताउनुभयो । 

उक्त खेलकुद प्रतियोगितामा भलिबल, कबड्डी एथ्लेटीक्स तर्फ, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, र ट्रयाक तर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र तीन हजार मिटर लगायतका खेलहरू सञ्चालन भएको प्रतापपुर गाउँपालिकाले जनाएको छ ।

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द यादवको अध्यक्षतामा समापन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद यादव ( रुदल) को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, बिभिन्न राजनितीक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।

खेललाई सफल बनाउन सहयोग गर्नुहुने गाउँपालिका परिवार, शिक्षा, युवा तथा खेलकुद शाखा, खेल सञ्चालक समिति, जिल्ला खेलकुद विकास समिति, खेलप्रशिक्षकहरू, सहभागी विद्यालयहरू, खेलाडी विद्यार्थी, आमन्त्रित तथा उपस्थित अतिथिगण, पत्रकार, त्रिभुवन नमुना मावि परिवार सबैलाई प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द यादवले धन्यवाद दिनुभयो । 

खेलाडीहरूले राष्ट्रको छवि उच्च बनाउन महत्त्वपूर्ण योगदान र भूमिका निर्वाह गर्न सक्ने भनेर नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिका २०७० बमोजिम देशभित्रका सम्पूर्ण स्थानीय तह, प्रदेश र संघियस्तर उक्त खेलकुद प्रतियोगिता ल्याएको हो । स्थानीय तहले चैत मसान्तसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।


प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्