बर्दैया । बर्दिया क्षेत्र नं.- २ (ख) मा प्रदेश सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्म बहादुर चौधरी विजयी हुनुभएकाे छ ।
लोकतान्त्रिक वाम- गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का मान बहादुर थारुलाई ९ हजार १ सय ४३ मतले पछि पार्दै नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी हुनुभएको हाे ।
नागरिक उन्मुक्ति पार्टीबाट चुनाव चिन्ह पिधँ भएको सादा ढकियाबाट धर्म बहादुर चौधरीले २० हजार १ सय २७ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम-गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार मान बहादुर थारुले १० हजार ९ सय ८४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कृष्णी थारुले ७ हजार मत १७ प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्म राज शाहले ३ हजार १ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
बर्दिया क्षेत्र नं.-२ (ख) मा ७० हजार ९ सय ६१ मतदाता संख्या रहेकाेमा ४३ हजार ५ सय ७ मत खसेकाे थियोे भने ४१ हजार ४ सय ७३ सदर मत थियो र बदर मत २ हजार ३४ भएको निर्वाचन कार्यालय बर्दियाले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९, २०:५९:००