बर्दिया । बर्दियाको क्षेत्र नम्बर १ र २ दुवैमा नागरिक उन्मुक्ति पार्टी (ढकिया)को अग्रता कायमै रहेको छ ।
बर्दिया क्षेत्र नम्बर १ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्व सांसद सञ्जय कुमार गौतमलाई एक हजार ९३ मतले पछि पार्दै अग्रता कायम गर्नु भएको छ ।
बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ जम्मा अहिलेसम्म २८ हजार ५७९ मत गणना गर्दा, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारूले ९ हजार ७३ मत प्राप्त गर्नु भएको हो ।
त्यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय कुमार गौतमले ७ हजार ९८० मत प्राप्त गर्नु भएको छ । त्यस्तै तेश्रो स्थानमा नेकपा एमालेका उम्मेदवार लक्ष्मण ज्ञवालीले ६ हजार ३९७ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी ७ हजार २ मतले अग्रता कायम गर्नु भएको छ । लालवीर चौधरी कैलाली टिकापुरको घटनामा जेल जीवन बिताइ रहनु भएका रेशम चौधरीको बुवा हुनु हुन्छ ।
बर्दिया क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार रेशम चौधरीको उम्मेदवारी परेको थियो तर बर्दिया निर्वाचन कार्यालयले रेशम चौधरीको उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई समर्थन गरेको छ ।
बर्दिया क्षेत्र नम्बर २ मा हालसम्म ४८ हजार ४६६ मत गणना गर्दा लालवीर चौधरीले २० हजार ६६४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उहाँका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थ १३ हजार ६६२ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार पंकज सिंह राठौरले ८ हजार २०६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनय रावलले ४ हजार १७ प्राप्त गर्नु भएको छ ।