Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • निर्वाचन; शान्ति सुरक्षामा कटिवद्ध बर्दियाका सुरक्षाकर्मी, कस्तो थियो उनिहरूको तिहार (फिल्ड रिपोर्ट)
निर्वाचन; शान्ति सुरक्षामा कटिवद्ध बर्दियाका सुरक्षाकर्मी, कस्तो थियो उनिहरूको तिहार (फिल्ड रिपोर्ट)
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी सोमबार, कात्तिक २८, २०७९

फिल्ड रिपोर्ट 
 
सन्दिप नाथ योगी, अनोज थारू, बर्दिया । 'प्रत्येक प्रहर साथ दिने स्वयं भगवान् हरि' को नामबाट नमांकृत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई न बिदा हुन्छ नत अरु जस्तो सुविधा । चौबीसै घण्टा कुनै पनि बेला वा बखतमा जनतालाई परेको हरेक समस्यामा उपस्थिति जनाउने प्रहरीलाई हामी जनताले छुट्टै चस्माले हेर्ने गर्छौँ ।

प्रहरी सेवा जति बाहिरबाट टाढाबाट हामी जनतालाई ग्ल्यामरस (आकर्षक) लाग्ने गर्दछ त्यत्तिकै नजिक गएर हेर्दा ऊनीहरूको दुख, समस्या, भोक र निन्द्रालाई नेपथ्यबाट चिहाएर हेर्दा अत्यन्तै अनुशासन र जनसेवी भएर बस्नुपर्ने उनीहरूको नैतिक तथा आचरण भित्र पर्दछ ।

आखिर को हुन त यी सुरक्षाकर्मी ? के उनीहरू जनता होइनन् र ? के उनीहरू जनताकै चेलीबेटी तथा छोराछोरी होइनन् र ?

होइन हामी पत्रकार उनीहरूको पक्षपोषण गर्ने पक्ष पोषक होइनौँ । सम दुरीको सिद्धान्तको पालना गर्दै न हामी उनीहरूको अत्यन्तै नजिक हुन सक्छौँ न त टाढा ।

दुई रेखा शून्यताबाट सुरु भएर अनन्त सम्म सँगै त हिँड्छन् तर नत ती रेखा एक आपसमा मिल्न सक्छन् नत टाढा हुन सक्छन् । हो त्यही पत्रकारिताको अन्तर्राष्ट्रिय सिद्धान्तको सम दुरीको (प्यारालाल लाइन थ्योरी) को चस्माबाट आज हामी उनीहरूको दसैँ र तिहार कस्तो भयो वा कसरी मनाइयो त भन्ने जिज्ञासु अन्तर मनलाई मेटाउन, तृप्त पार्दै ठेगान लगाउन यो रिपोर्ट प्रस्तुत गरेका छौँ ।

हो एउटै शरीरको ५ वटै औँला बराबर नभए जस्तै सम्पूर्ण प्रहरी सङ्गठन शुद्धताले भरिएको घ्याम्पोको घ्यू हो भन्ने हाम्रो अभिप्रायले अभिप्रेरित कथन त कदापि होइन तर हामीले रिपोर्टिङका बेला जे देख्यौँ त्यो अक्षरमा अन्तरकुन्तरबाट निकालेर वाक्यांश बनाउँदै लेखेका छौँ ।

तपाईँ हामी दसैँमा टिका थाप्दा, तिहारमा दिदीबहिनी, चेलीबेटीको आशीर्वाद लिँदा हाम्रा प्रहरी ग्लोबल भिलेज बनाएको इन्टरनेटको सहारामा मोबाइल र कम्प्युटरबाट उनीहरू टिका थाप्दै, जनताको सेवामा अविचलित भएर खटिएको हामीले पायौँ । त्यही रिपोर्ट हामीले माथि प्रस्तुत गरेका हौँ ।

हामी सबै दसैँ र तिहारजस्ता पर्वमा रमाइरहँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभाग भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ । 

सार्वजनिक बिदा होस् वा पर्व उनीहरूका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी अवस्थामा रहनुपर्छ । 

सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरू सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रवारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् ।

 

तस्विर : सुरक्षार्थ खटिएका प्रहरी तथा सशस्त्र प्रहरी
यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरूले कमै मात्र पाउँछन् । 
 
सरकारले तलब भत्ता खुवाउने फौजी बाहेकका सबै कर्मचारीको भन्दा पृथक् र कडाइका साथ उनीहरू खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरूले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरूले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरूले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ ।

हामी जनता दसैँ तिहारको रौनकतामा रमाइरहँदा सुरक्षाकर्मीहरू के गर्दै थिए भन्ने यही प्रश्नको उत्तर हामीले गरेको फिल्ड अनुगमनमा भेटेका छौँ जुन हामी हाम्रा पाठक माझ जस्ताको त्यस्तै राख्दै छौँ ।   
 
१ - जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख, प्रमुख जिल्ला अधिकारी [चिफ डिस्ट्रिक्ट अफिसर (सिडिओ)] बन्धु प्रसाद बास्तोला आगामी मङ्सिर ४ गतेको निर्वाचनलाई भयरहित, सुरक्षित र शान्त वातावरणमा सम्पन्न गराउन सुरक्षा अधिकारी, बर्दियाका राजनीतिक दलका नेता, बुद्धिजीवी, नागरिक समाजका व्यक्तित्व तथा पत्रकारहरूसँग छुट्टाछुट्टै छलफलमा व्यस्त हुनुहुन्थ्यो । उहाँको काँधमा बर्दिया जिल्लाको प्रशासनिक, राजनीतिक, आन्तरिक सुरक्षा लगायतका जिम्मेवारीलाई समन्वयात्मक तवरले मिलाएर निर्वचनको अग्र मोर्चामा लग्नुपर्ने दायित्व आएकाले सबै पक्षसँग दिनभर जसो छलफल गर्दै व्यस्त हुनुहुन्थ्यो ।

२ - जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक [सुपरिटेन्डेन्ट अफ पुलिस (एसपी)] वीरेन्द्र बहादुर शाही नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी आचारसंहिताको अध्ययन गर्दै प्रहरीले सामाजिक सञ्जाल विशेषतः (टिकटक) [छोटो भिडियो बनाएर हाल्ने अहिलेको चर्चित तथा लोकप्रिय सामाजिक सञ्जाल प्रयोग गर्दा प्रहरी जवान देखि अधिकारी सम्मले पालना गर्नुपर्ने न्यूनतम मर्यादाको बारेमा छलफल गर्दै मातहतका निकायलाई निर्देशन दिने तयारीमा हुनुहुन्थ्यो । उहाँको दसैँ तिहार जिल्लाको शान्ति सुरक्षाको रिपोर्ट लिन र निर्देशन दिन सञ्चार सेटमै व्यस्त रहेर बित्यो । दसैँ तिहारमा घर जान नपाएका मातहतका जवान तथा अधिकारीहरूलाई टीका र जमरा लगाएर अभिभावकत्वको न्यानोपना दिँदै मनोबल बढाउनमै समय बित्यो भने उहाँको दसैँ तिहार परोक्ष रूपमा जनताकै सुरक्षामा बित्यो ।

३ - सशस्त्र प्रहरी बल [आरम्ड पुलिस फोर्स (एपीएफ)], ३१ नम्बर गण तथा बर्दियाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक [सुपरिटेन्डेन्ट अफ पुलिस (एसपी)] जहर सिंह बुढामगर सिमानाकाबाट हुनसक्ने आपराधिक गतिविधिमा कडा निगरानी राख्न मातहतका निकायका प्रमुखहरूलाई कडा निर्देशन दिँदै हुनुहुन्थ्यो । आउँदै गरेको निर्वाचनलाई मध्यनजर गर्दै सीमा सुरक्षामा कुनै कमीकमजोरी नहोस् भन्दै मातहतका अधिकारीलाई कडा निर्देशन दिँदै बर्दियाली जनताको दसैंं-तिहारका बखत अझै चनाखो भएर प्रस्तुत हुन निर्देशन दिँदै हुनुहुन्थ्यो । यता बर्दियाको गुलरियाको चकमन्न उज्यालोका अघि नतमस्तक र निरीह जस्तै देखिएको गुलरियाका गाउँ-गाउँ तथा सीमा नजिकका बजारहरूको सुरक्षार्थ एसपी जहर सिंह बुढामगरले रोडम्याप नै बनाएर सशस्त्र प्रहरी परिचालन गर्नुभएको थियो । उहाँको दसैँ र तिहार आफ्नै मातहतका युनिट परिचालन, सुरक्षामा कुनै कम्प्रोमाइज हुन नदिन आफैँ फिल्डमा उत्रेर गस्ती गर्दै हुनुहुन्थ्यो एसपी जहर सिंह बुढामगर ।

४ - सशस्त्र प्रहरी बल, ३१ नम्बर गण तथा बर्दियाका प्रहरी नायब उपरीक्षक [डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस (डिएसपी)] शङ्कर तिवारी फिल्डमा खटिएका सशस्त्र प्रहरी बलका अधिकारीबाट शान्ति सुरक्षाको अवस्थाको रिपोर्ट बुझ्दै आवश्यक निर्देशन दिँदै हुनुहुन्थ्यो ।

५ - जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक [डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस (डिएसपी)] हिकमत बहादुर बोहराको दसैँ तिहार संचारकर्मीलाई सूचना दिनमा बित्यो ।

६ - ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले एक लाख २० हजार बराबरको अवैध पटाका राजापुर नगरपालिका विशाल बजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीको कोठाबाट बरामद गर्‍यो र नष्ट गर्‍यो । ईलाका प्रहरी कार्यालय राजापुरको नेतृत्व अत्यन्तै विषम परिस्थिति उत्पन्न भएका बखत सम्हाल्नुभएका प्रहरी नायव उपरीक्षक [डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस (डिएसपी)] प्रकाश सापकोटाको दसैँ र तिहार राजापुरको सुरक्षा स्थितिलाई सुदृढ बनाउँदै लग्ने कार्यमा बित्यो ।

७ - जिल्ला प्रहरी कार्यालय बर्दियाको इन्भेस्टिगेसन विङ (मुद्दा फाँट)मा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हृदयस त्रिपाठीको दसैँ तिहार जनताका उजुरी तथा अपराधीहरूको अनुसन्धान गर्नमै बित्यो । 

८ - जिल्ला प्रहरी कार्यालय बर्दियाका अर्का प्रहरी निरीक्षक (इन्स्पेक्टर) जीवन राम शर्माको जिल्लाको शान्तीसुरक्षाको फिल्ड अपडेट लिँदै दसैँतिहार बित्यो ।    
       

९ - रातको करिब ९ बजेको थियो, ईलाका प्रहरी कार्यालय मैनापोखर मातहतको प्रहरी चौकी कालिकाबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोली माछा तस्करी हुनसक्ने सुराकी पाएपछि सीमा नजिकको खेतबारीमा छरिएर बसेको थियो । अवैध रूपमा माछा तस्करी भएमा भन्सार छली हुने तथा नेपाली व्यापारी मर्कामा पर्ने भएकाले सो टोली रातभर जसो गस्ती गरेर बस्यो ।

१० - सशस्त्र प्रहरी बल बर्दिया, थपुवाको टोली वरिष्ठ हवलदार विश्वेश्वर थारूको कमान्डमा राति भारतबाट अवैध रूपमा मिठाइ लगायतका वस्तुहरू नेपाल भित्र्याउन लागिएको भन्ने गोप्य सूचनाको आधारमा लालपुरमा गस्ती गरिरहेको अवस्थामा राति करिब ९ बजे भेटियो । अवैध रूपमा भित्रिने त्यस्ता मिष्ठान (मिठाइ) भन्सार छलेर ल्याइने, गुणस्तरहीन हुने, नेपाली व्यापारी मर्कामा पर्ने भएकाले सो टोली चनाखो भएर गस्ती गरिरहेको थियो ।

११ - जतिखेर सम्पूर्ण बर्दियावासी दसैँ र तिहारको उल्लासमय रौनकमा रमाइ रहेका थिए, त्यस बेला बर्दियाको सदरमुकाम गुलरियाबाट १५  किलोमिटर दक्षिण पूर्वमा कण्ठपुर सशस्त्र प्रहरीका अधिकारी तथा सुरक्षाकर्मीहरू सीमाको सुरक्षार्थ खटिएका थिए । हो त्यहाँ सशस्त्र प्रहरी दसैँ र तिहारको रौनकमा अल्झिएर आफ्नो कर्तव्य पालनामा व्यस्त थियो । कण्ठपुर सशस्त्र प्रहरीका बिओप प्रमुख सशस्त्र प्रहरी निरीक्षक गोपाल पोख्रेल तथा उक्त बोर्डर आउट पोस्टमा खटिएका ती सशस्त्रहरू सीमा रक्षार्थ मात्र नभएर आपराधिक क्रियाकलाप नघटोस्, चोरी डकैती नहोस्, राजस्व चुहावट नहोस् भनेर ड्युटीमा खटिएका थिए ।

१२ - जिल्ला प्रहरी कार्यालय बर्दियाबाट हवलदार सिडि गिरीको कमान्डमा म्यादी प्रहरी सहितको टोली दिउँसो करिब २ बजे गुलरिया नगरपालिका वडा नम्बर -६ सन्तोषी टोल हुँदै उत्तर तिर भादा नदी छेउछाउँका जङ्गलमा जुवा तास खेली रहेको भन्ने स्थानीयले सूचना दिएपछि जङ्गल भित्र खोजतलास गरिरहेको अवस्थामा भेटियो । हवलदार सिडि गिरीले तास खेली रहेको ठाउँ तथा छरिएका तासका गड्डी त भेटाउनुभयो तर तास खेल्ने व्यक्तिहरू प्रहरी गस्ती आउँदै छ भन्ने सूचना हेरालु (जुवा तास खेल्नेलाई सचेत गराउन तथा भगाउन भनेर ठाउँ ठाउँमा बसेर कमिसन खाने ब्यक्ति)ले दिएकाले जुवाडेहरू कुलेलम ठोकेर भागे ।

१२ - जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतको गणेशपुर प्रहरी कार्यालयबाट परिचालित टोली सीमा क्षेत्रमा गस्ती गरिरहेको भेटियो । करिब ५ किलोमिटर पश्चिममा तिहारको देउसी भैलोको रमझममा सदरमुकामवासी रमाइरहेका थिए भने सीमामा सुरक्षा गरिरहेका थिए एक जना सहायक हवलदार ।

यी माथिका बुँदागत तथ्यताले उजागर गर्छ की नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरू जनताको सुरक्षामा दत्तचित्त भएर हिन्दुहरूको महान् चाड दसैंं र तिहारका बेला समेत आसन्न मङ्सिर ४को निर्वाचन भयरहित, स्वच्छ, निष्पक्ष गराउन तथा  हामी जनताको सुरक्षार्थ खटिएका थिए भनेर प्रमाणित गर्छ ।     


नेपाल कागज लगायत अन्य प्रतिष्ठित राष्ट्रिय, प्रादेशिक तथा जिल्ला स्तरीय सञ्चारमाध्यमका अग्रज तथा अनुज पत्रकारहरूको छुट्टाछुट्टै टिम बनाएर दसैँ र तिहारको रौनकताका बिच बर्दियाका सुरक्षाकर्मी के गर्दै थिए त ! भन्ने प्रश्नावलीको उत्तरावली खोज्न हामी हिँडेका थियौँ । जब हामी दसैँ र तिहारको रमझममा थियौँ त्यतिखेर हाम्रा बर्दियाका प्रहरी, माथि प्रस्तुत गरिएको बुँदागत कामकारबाहीमा व्यस्त थिए ।
 
घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु २६ हजार ८२ मात्रै रहेको छ । यो उनीहरूको परिश्रमको आधारमा न्यून हो । यही सङ्गठनका सादा पोसाकमा खटिएका सशस्त्र तथा नेपाल प्रहरीका एक अधिकारीले (गोप्यता भङ्ग नहोस् भन्ने हेतुका साथ नाम गोप्य राखिएको) भने, "अपराध हुन भन्दा अगाडि सूचना सङ्कलन गर्नु पर्नहुन्छ, अपराध भएमा आरोपितको खोजी ज्यान हत्केलामा राखेर खोज्नुपर्ने हुन्छ, कहाँबाट दसैँ तिहार मनाउने सर हामीले ? हाम्रा अभिभावक भनेकै हाम्रा जिल्लाका सङ्गठनका प्रमुखज्यूहरू हुनुहुन्छ । उहाँहरूबाट टीका थाप्न पायौँ, जनताले भयरहित तरिकाले पर्व मनाए । यो नै हाम्रो लागि सबै भन्दा खुसीको कुरा हो ।"

द्रष्टव्य : सशस्त्र, नेपाल प्रहरीका सादा पोसाकका प्रहरी आफ्नो सङ्गठनका आँखा, कान र इन्द्रिय हुन । जसले सूचनाको यो संसारमा ज्यानको बाजी लगाएर सूचना सङ्कलन गर्दछन्, अपराध गरेर फरारलाई कानुनको दायरामा ल्याउन ठुलो भूमिका निभाउँछन् । तर उनीहरूको नाम कहिल्यै सार्वजनिक हुँदैन । नाम बिनाको गुमनामको जीवनको चर्को मूल्य चुकाएर जनताको सेवामा समर्पित यी गुमनाम प्रहरीहरूलाई हाम्रो सम्मान ।

प्रहरीको काम बाहिरबाट हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कसले बुझेको छ र ।

न कुनै चाडपर्व, न कुनै समय सधैँ जनताको सेवामा लाग्नु पर्दा पाइने दुःखलाई बाहिरका कसले बुझ्ने ? जे भए पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी सङ्गठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको बर्दियाका प्रहरीहरू बताउनुहुन्छ ।
 
केही प्रहरी तथा सशस्त्र प्रहरीहरूले नाम नछाप्ने सर्तमा भन्नुभयो, “सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गर्छौँ ।” जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उहाँको भनाइ छ । प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उहाँले बताउनुभयो । 

उहाँहरूले भन्नुभयो, “प्रहरीमा प्रवेश गर्न सुरु अती कठिन हुन्छ । त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ ।” बाहिर देख्नेले सहज देखे पनि सङ्गठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उहाँहरूले बताउनुभयो । उहाँहरूले भन्नुभयो, “चाड पर्व, मेला, महोत्सव भन्ने कुरा सम्झने हो ।” देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उहाँहरूको भनाइ छ ।


घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने गर्दछ । २४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ ? 
 
सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि  प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उहाँको भनाइ छ । 

थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता रहेको बर्दियाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको दसैंं तिहार यसरी नै बित्यो र अब निर्वाचनलाई भयमुक्त, सुरक्षित गराउन हाम्रा प्रहरीहरू यसरी नै मोबिलाइज भएका छन् । ती सबै नेपाल आमाका सपूतहरूलाई धन्यवाद ।


प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ११:२६
#सुरक्षा #बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्