Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • युवा नेता जन्मजयको उद्घोष- विश्वास र भरोसा गर्नुस् निराशामा पार्ने काम जीवनमा हुने छैन 
युवा नेता जन्मजयको उद्घोष- विश्वास र भरोसा गर्नुस् निराशामा पार्ने काम जीवनमा हुने छैन 
हरि गुरुङ
हरि गुरुङ मंगलबार, कात्तिक २२, २०७९

बर्दिया । युवा नेता जन्मजय तिमल्सिनाले वाम-लोकतान्त्रिक गठबन्धनलाई विश्वास र भरोसा गरेमा बर्दियाली जनतालाई निराशामा पार्ने काम जीवनमा आफूले नगर्ने उद्घोष गर्नुभएको छ ।  

बर्दिया निर्वाचन क्षेत्र नं.-२ प्रदेश (क) प्रदेश सभा सदस्य वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जन्मजय तिमिल्सिनाले गठबन्धनलाई विश्वास र भरोसा गरेर मतदान गर्न अपिल गर्दै बर्दियालीको लागि आफ्नो जीवन उत्सर्ग गर्ने अभिव्यक्ती दिनुभएको छ । 

मंसिर ४ गते हुने निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नं.-२ प्रदेश (क) बाट वाम-लोकतान्त्रिक गठबन्धनका तर्फ नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका तिमल्सिनाले नेपाल कागजसँग कुरा गर्दै बर्दियाली जानताको सर्वाङ्गीण विकास आफ्नो जीवनको लक्ष्य रहेको बताउनुभयो ।  

तिनै वाम-लोकतान्त्रिक गठ-बन्धन उम्मेदवार जन्मजय तिमिल्सिनासँग नेपाल कागज प्रतिनिधिद्वय सन्दिप नाथ योगी र बर्दिया संवाददाता हरी गुरुङले गरेको साक्षात्कारको सम्पादित अंश.... 

(१) तपाईं वाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवार हुनुहुन्छ, तपाईंले विजय हासिल गरेमा यहाँका जनताको बारेमा के सोच, विचार र कार्यक्रम छ अलिकति प्रकाश पारिदिनुस् ?

जन्मजय तिमिल्सिना :- मैले बर्दिया निर्वाचन क्षेत्र नं.-२ प्रदेश (क) बाट उम्मेदवारी दिएको छु । 

पार्टी, गठनबन्धनले मलाई विश्वास गर्यो, त्यसकारण मैले जिम्मेवारी लिएर आएको हुँ । कहिले काहीँ मेरो शिर निहुरिन सक्छ तर जनताको शिर कहिल्यै कदापी निहुरिन दिनेछैन । यहाँका जनता मेरो अभिभावक बुद्धिजीवी, मजदुर, मुक्त कमैया, किसान, युवा भाइबहिनी लगायतको कहिले पनि शिर झुक्ने काम गर्ने छैन । उहाँहरूलाई उच्च शिरमा राखेर जनताको काम कटिबद्ध भएर गर्नेछु र जिम्मेवार भएर प्रस्तुत हुनेछु । अठोटका साथ म मेरो उम्मेदवारी दिन र चुनाव लड्न आएको हुँ । त्यसैले म के आग्रह गर्न चाहन्छु भने भोलि निर्वाचनमा निर्वाचित भै सकेपछि यहाँ धेरै समस्याहरू छ्न । ती समाधान गर्नु मेरो पहिलो प्राथमिकता र अन्तिम गन्तव्य हो ।  

अहिलेको परिस्थितिमा जनताका बिचमा जनताले देख्ने गरि त्यस्ता खाले विकास गर्न जरुरी छ । बर्दिया आँफैमा सम्भावना नै सम्भावनाको खानी हो । त्यो खानीको खनन गरेर म बर्दियाको विकासमा ज्यान समर्पित गर्न चाहन्छु । मैले त्यस्तो विकास गर्ने चाह र आत्मविश्वासका साथ अगाडि बढेको छु । तसर्थ मलाई बर्दियालीले एउटा मौका दिनुहुनेछ भन्नेमा विश्वस्त छु । पहिले मैले थुप्रै काम गरेर देखाएको छु । हिजोको दिनमा यहाँका साथीहरूसँग सहकार्य गरेर मैले काम गरेको छु । मेरो प्रतिबद्धता के छ भने म निर्वाचित भइसकेपछि के के विकास गर्ने त? थुप्रै विकास गर्न बाँकी छ्न म अहिले नै यस प्रदेशलाई स्विट्जरल्याण्ड, सुनको चिडिया बनाई दिन्छु भनेर जनताको मानसपाटलमा गलत धारणा प्रष्पुठित गर्न चाहन्न तर यती भने म गर्छु र निर्भयका साथ भन्छु यहाँँका जनताको सुख दु:ख र उनिहरुको जीवनस्तरमा आमुल परिवर्तन ल्याएर देखाउने अभिलाषा बोकेको छु । विकास भनेको क्रमिक रुपमा हुने कुरा हो विकासका योजना म सङ्ग छन् । पर्यटन प्रवर्धन, कृषिमा आधुनिकरण, समानुपातिक र सस्टनेबल विकास मेरो अन्तरमनको अभिलाषा हो । 

त्यसलाई कसरी व्यवस्थापन गर्ने, बाहिय, आन्तरिक पर्यटन कसरी भित्र्याउने वा आकर्षित गर्ने योजना मसंग छन । त्यस्तै बर्दिया मधुवनमा झन ठूलो जंगली जनावरको समस्या छ । जंगली जनावरबाट मानवलाई कसरी सुरक्षित गर्ने भन्ने ठूलो चुनौती पनि छ । जंगली जनावरलाई पनि सुरक्षा गर्न राष्ट्रका लागी जरुरी छ त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने झन समस्या बनेको छ र त्यसलाई पनि व्यवस्थापन गर्नुपर्छ । तर मानव जीवन भन्दा ठूलो कुरा केही पनि छैन । मुक्त कमैयाको समस्या पनि छ लालपुर्जा पाएको छ जग्गा पाएको छैन, अर्को समस्या नदी ब्यवस्थापनमा छ । त्यो पनि मेरो दिर्घकालिन योजनामा छ । 

त्यसैगरी शिक्षा स्वास्थ्यलाई हामीले कसरी सम्बोधन गर्ने भन्ने रोडम्याप तयार परेका छौँ । हेर्नुहोस् गिट्टी कुट्ने गरीबको छोरालाई कसरी शिक्षा र स्वास्थ्यमा जोड्ने भन्ने आजको आवश्यकता हो । किनभने आँखा खोली दिने शिक्षाले हो । समाजलाई परिवर्तन गर्न शिक्षा आवश्यक छ । शिक्षामा नेपथ्यमा रहेका पहुँच नभएकालाई म शिक्षाको मुलधारमा ल्याउन चाहन्छु । 

म यी काम गर्न प्रतिबद्ध छु त्यसैले आग्रह गर्न चाहन्छु प्रदेश (क) लाई विकसित समृद्धिशाली बनाउन यहाँका जनताको साथ र सहयोग आजको आवश्यकता हो भन्ने मैले ठानेको छु । यी समग्र कुरालाई अगाडि बढाएमा जनताको अगाडि कहिले पनि शिर झुकाउन पर्नेछैन । विपन्न वर्गका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउनु मेरो सबैभन्दा ठुलो सपना छ र मैले विजय हाँसिल गरेमा यसलाई म पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नेछु । अर्को समस्या छ किसानले सिमाबाट एक बोरा रासायनिक मल ल्याउदा प्रहरी प्रशासनले रोक्छ । यसले किसानलाई मार परेको छ । एक बोरा रासायनिक मल खेतमा हाल्यो भने किसानले बढी उत्पादन गर्न सक्छ भने हामीले समयमा रासायनिक मल उन्नत बीउ विजन उपलब्ध गराउन सक्नुपर्छ तर हाम्रो बिगतका जनप्रतिनिधिले सकेका छैनन, यसमा म पहलकदमी लिनेछु । यहाँको समुदाय मेरो आदरणीय हुनुहुन्छ । म उहाँको समस्यालाई आफ्नो बनाएर अगाडि बढ्ने छु । अभिभावक, मतदाता ज्युहरुको शिर झुकाउने काम कहिल्यै गर्ने छैन ।  आफ्नो शिर निहुराएर भएपनी यहाँको समुदायको शिर ठाडो पारेर काम गर्ने छु र शिक्षक, मजदुर, किसान, आदिवासी जनजाती, दलित र युवा सबैलाई समेटेर अगाडि बढ्नु नै मेरो रोडम्याप हो । क्षेत्र नं.-२ प्रदेश (क) लाई समृद्ध बनाउन म अहोरात्र कटिबद्ध भएर लाग्नेछु । 

दोस्रो प्रश्न-  तपाईं पनि निर्वाचनमा होमिनु भएको छ यस क्षेत्रका युवाहरु रोजगार नपाएर खाडी मुलुकको ५०/५५ डिग्रीको प्रचण्ड गर्मी तापमा काम गरेरहेका छ्न अब भन्नुस तपाईं निर्वाचित भएपछि युवाका लागी ५ बर्षमा के काम गरेर देखाउनु हुनेछ ?

जन्मजय तिमिल्सिना :- नेपालको तथ्यांक हेर्ने हो भने दक्ष जनशक्ति खाडी मुलुक पलायन भएका छ्न नेपालमा आफ्नो भविस्य नदेखेर युवाहरू विदेशिनु परेको तितो सत्य छ । यो लुकाएर नलुक्ने, मेटाएर नमेटिने तथ्यगत सत्य हो । 

युवाहरूलाई स्वरोजगार बनाउन यस क्षेत्रमा कम्तीमा पनि २/४ वटा ठुला उधोग भित्र्याउन जरुरी छ । अब वाम-लोकतान्त्रिक गठबन्धनलाई हातेमालो गरेर हाम्रो राजनैतिक सोच र राज्यलाई कसरी अगाडि बढाउने र सविधानलाई कसरी बचाउने साथै नेपाललाई विकसित, समृद्धिशाली कसरी बनाउने भन्ने कुरा युवाहरूले बुझ्न जरुरी छ । त्यसका लागि मैले आफ्नो क्षेत्रमा उधोग भित्र्याउनु पर्ने हुन्छ । उधोग भित्रिएमा यहाँँका मेरा दाजुभाइ दिदिबहिनी ५०-६० डिग्रीको घाममा काम गर्न जानुपर्ने छैन । तसर्थ मलाई मौका दिनुहोस् । मैले ५ वर्षमा यहाँँको विकास कसरी गर्नसकिन्छ भन्ने भिजन सहितको कार्यक्रम ल्याएर देखाउनेछु । 

अन्तिम प्रश्न नेपाल कागज पत्रीका मार्फत यस क्षेत्र वा प्रदेश (क) का जनतालाई के भन्न चाहनुहुन्छ ?

जन्मजय तिमिल्सिना :-सर्वप्रथम म यहाँका मतदाताहरुलाई हार्दिक अपिल गर्न चाहन्छु कि वाम-लोकतान्त्रिक गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट  उम्मेदवारको हैसियतले ८१ हजार ६ सय २९ मतदाताका सबैको घर आँगनमा जान नसकेता पनि म तपाईंंहरुको छोरा हुँँ । मलाई एक पटक विश्वास गरेर हेर्नुहोस् । जन्मजय तँपाइको छोरा हो, दाई हो भाई हो, विकासको कार्यमा एउटा ईट्टा थप्ने काम जन्मजयले गर्नेछ । मेरो अपिल छ मलाई एक पटक मौका दिनुहोस्, म गरेर देखाउने छु । मेरो शिष झुक्ला तर बर्दियालीको शिश झुक्न दिनेछैन । यो मेरो प्र्तिज्ञा हो । 

यो वाम-लोकतान्त्रिक गठ-बन्धन केन्द्रिय कार्यसमितिले बनाएको हो । हामीले रहरले गठबन्धन गरेको हैन । हामी पार्टीका इमानदार सिपाहीको नाताले गठबन्धनलाई अगाडि बढाएर विकसित मत दिनुहोस् । प्रदेश (क) लाई बढी भन्दा बढी समृद्धि प्रदेश कसरी बनाउने भन्ने कुरामा मेरो विशेष ध्यानाकर्षण रहेको छ । तपाईंहरुले यो गठबन्धनलाई विश्वास गर्नुस् हामीले कहिले पनि शिर निहुराउने काम गर्ने छैनौं । 

यस प्रदेशको रुपरङ्ग परिवर्तन गर्ने छौं र हामी कोशेढुङ्गा साबित हुने छौं । हाम्रा त्रुटी होलान तर त्रुटीलाई सच्याउने मौका दिनुहोस् । यहाँ धेरै समस्या छन ति समस्याको निराकरण गर्न हामीलाई विश्वास गर्न जरुरी छ । हामी जति चिच्याए कराए पनि जनतालाई विश्वास लाग्छ लाग्दैन । हाम्रो निधारमा लेखेको छैन नि । भोलि जसरी यहाँका मतदाताले हामीलाई मत दिएर सम्मान गर्नुहुनेछ, त्यो एक एक मतको पत्रा पत्रालाई शिरोधार्य गर्दै मतदाताको जीवनमा आमुल परिवर्तन ल्याउन म आफ्नो ज्यान समर्पित गर्न पनि तयार छु । 

गठबन्धन मात्रै हैन अरु राजनैतिक दलका साथीहरूले पनि जन्मजय तिमिल्सिना क्षमतावान ब्यक्ति हो भनेर यो ठाउँमा मेरो छुट्टै पहिचान स्थापित छ । हाम्रो वाम-लोकतान्त्रिक गठबन्धन संघीय उम्मेदवार सुरेश पन्थ पनि विकासप्रेमी नेता हो । मेरो राजनैतिक यात्रा ३३ बर्ष पुगेको छ । आज नेपाली कांग्रेस पार्टी र वाम-लोकतान्त्रिक गठनबन्धनले मेरो मुल्यांकन गर्यो र टिकट दियो । 

हामीलाई मतदाताले मत दिएर विजय प्राप्त गराएमा ५ बर्षमा जनताले देख्ने गरि काम गर्ने छौ जन्मजय तिमिल्सिनाले असफल हुने काम गर्ने छैन यो मेरो प्रतिबद्धता हो । म किसानको छोरा हुँ हलो जोत्नेको छोरा हुँ । मैले धेरै काम गर्नुछ । मलाई विश्वास छ मतदाताले धेरै मतले मलाई निर्वाचित गर्नु हुनेछ । 

जनताको भारी म सहजरुपले बोक्नेछु । मेरो सबैमा अनुरोध वाम-लोकतान्त्रिक गठबन्धनलाई विश्वास र भरोसा गर्नुस् तपाईंहरुलाई निराश पार्ने काम जिवनमा हुने छैन मेरो प्रतिबद्धता भयो साथै मेरो आफ्नो कुरा नेपाल कागज पत्रीका मार्फत मतदातासम्म पुर्‍याइदिनुहोस् । यस पत्रीकाको प्रगतिको कामना गर्दछु र जुन दिन मैले जनताको छोरो भएर काम गर्न सक्नेछैन, त्यो दिन तँपाइहरू आएर मलाई प्रश्न गर्नुहोला । सोध्नुहोला, मैले जनताको काम गरेकी गरेन भनेर । त्यसै बखत तपाईंंले थाहा पाउनुहुनेछ मैले जनताको शिष निहुराउने काम गरेकी शिर ठाडो पार्ने ? त्यसैबेला तपाईंंले उत्तर मेरो कामबाट पाउनुहुनेछ ।    


प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:०३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्