Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • लागूऔषध 'खैरो हेरोइन'को ट्रान्जिट बन्दै बर्दिया, कहाँबाट आउँछ लागूऔषध ?
लागूऔषध 'खैरो हेरोइन'को ट्रान्जिट बन्दै बर्दिया, कहाँबाट आउँछ लागूऔषध ?
हरि गुरुङ
हरि गुरुङ शनिबार, माघ ८, २०७८

लागूऔषध 'खैरो हेरोइन'को ट्रान्जिट बन्दै बर्दिया, बर्दियामा कहाँबाट आउँछ लागूऔषध ?

हेर्नुहोस् तस्विर(तस्विर स्थानिय स्रोतबाट प्राप्त) 
लागूऔषध सेवन गर्न जाँदै गरेका युवाहरु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं ६ मा रहेको खानेपानीको नयाँँ ट्यांकी तथा कार्यालयसंग जोडीएको सामुदायिक वन भित्र धेरै युवाहरु दिनहुँ जसो लागूऔषध प्रयोग गरिरहेको भेटिन्छन् । 

उक्त क्षेत्रलाई लागूऔषध खानेहरुले बैकल्पिक स्थल बनाएको स्थानियहरुको गुनासो छ । 

वडा नंवर ६ को दीपेन्द्र नगर र भानुभक्त टोलका महिलाहरुले आफुहरुलाई सो बाटो प्रयोग गर्न डर लाग्ने गरेको बताए । नाम नखोल्ने शर्तमा आदर्शनगर टोलमा बस्ने एक महिलाले भन्नुभयो, "धेरै केटाहरु यहीं नशामा झुलिएको देखेको छु, यही वनभित्र गएर नशा खान्छन । हाम्रा नानीबाबुहरुलाई लिएर यो बाटोबाट हिँड्न डर लाग्छ ।"

गुलरिया नगरपालिकाको डम्पिङ साइट र छेउँकै जंगल र अडहर बारीमा दिनहुँजसो लागूऔषध प्रयोगकर्ताहरु भेटिन्छन् । उक्त ठाउँलाई लागूऔषध 'खैरो हेरोइन' सेवनकर्ताहरुले आफ्नो "अड्डा" (लागूऔषध लुकिछिपी खाने ठाउँँ)को रुपमा प्रयोग गरेको दिउँसै देख्न सकिन्छ । 

यो पनि 
लागू औषध मुद्दामा फरार रहेका एक जना बर्दिया प्रहरीद्वारा पक्राउ

 

हेर्नुहोस् तस्विर(तस्विर स्थानिय स्रोतबाट प्राप्त) 
यही सामुदायिक वन र वरपरका अडहर बारीलाई लागूऔषध प्रयोगकर्ताहरुले सेवन गर्ने थलो बनाएका छन । 

त्यस्तै गुलरिया नगरपालिका वडा नं. ४ तुलापुरमा पनि लागूऔषधको कारोबार तथा प्रयोग बढेको स्थानियहरुको भनाइ छ । उक्त क्षेत्रमा लागूऔषध सेवनकर्ताहरु बढेको त्यहाँका एक युवाले बताए । उनले भने, "यहाँका धेरै युवाहरु सेवन पनि गर्छन्, विक्री पनि गर्छन, हामीले नोटिस गरेका छौँ । तर नशा खानेहरुलाई हामीले रोक्न सक्दैनौँ ।"

त्यस्तै मधुवन नगरपालिका वडा नंवर ३ को खाता, ओरालीबजार, बिबतपुर, मधुवन नगरपालिका वडा नं ७, ८ र ९ मा पनि भित्री रुपमा लागूऔषध कारोबार हुने गरेको छ । ताराताल क्षेत्रमा लागूऔषध 'खैरो हेरोइन' प्रयोगकर्ताहरु बढेको त्यहाँका स्थानिय एक नेताले बताए । 

बर्दियामा कहाँबाट आउँछ लागूऔषध ?

यो पनि 
बर्दियामा १९ ग्राम लागु औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ 

हेर्नुहोस् तस्विर(तस्विर स्थानिय स्रोतबाट प्राप्त) 
वडा नं ६ मा रहेको खानेपानीको नयाँँ ट्यांकी तथा कार्यालयसंग जोडीएको सामुदायिक वन भित्र लागूऔषध सेवन गर्न जाँदै गरेका युवाहरु

बर्दियाको सिमा भारतसंग जोडीएकाले बर्दिया प्रहरीको आँखा छलेर सजिलै लागूऔषध 'खैरो हेरोइन' भारतीय नाँका हुँदै नेपाल भित्रिने गरेको स्रोतको दाबी छ । 

गुलरिया नगरपालिका वडा नंवर ११ गणेशपुर हुँदै लागूऔषध 'खैरो हेरोइन' भित्रिने गरेको स्रोतले बतायो । गणेशपुरसंग जोडीएको भारतको लौकाही बजारबाट दक्षिण तिर करिब १ किलोमिटरको दुरिमा रहेको छेग्रवा भन्ने ठाउँँबाट लागूऔषध किनेर गुलरिया ल्याइने गरेको स्रोतको दाबी छ ।

उक्त लागूऔषध 'खैरो हेरोइन' भारतमा १ ग्रामको रु ४ हजार पर्ने तर बर्दियामा ल्याएर ८ हजार देखी १० हजारमा बिक्रिबितरण हुने गरेको छ । यहिँबाट देशका बिभिन्न ठाउँँमा गाडीमा हालेर पठाइने गरेको स्रोतले बतायो ।   

के गर्दै छ बर्दिया प्रहरी ?

यो पनि 
बर्दियामा ३ ग्राम ८०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ
 

बर्दिया प्रहरीले समय-समयमा लागूऔषध कारोबारीहरुलाई पक्राउ गरेर लागूऔषध नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ । बर्दिया प्रहरीले सिमा नाकामा निगरानीपनी बढाएको छ तर पनि प्रहरीको आँखा छलेर चोर बाटोबाट लागूऔषध बर्दियामा निर्धक्क आइनै रहेको छ ।

यो पनि 

बर्दियामा करीब २९ ग्राम लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ 

विशेष गरि गणेशपुर प्रहरी चौकीका ईन्चार्जको कार्यशैली सन्तोषजनक नरहेको प्रहरी स्रोतले बतायो । भन्सार छल्ने तस्करसंग लाइन मिलाउनमा मात्र चौकीका इन्चार्ज लागेकाले बाँकी कुरामा ध्यान नदिएको उहाँले बताउनुभयो । बर्दियाका अन्य प्रहरी युनिट तथा कार्यालयले लागूऔषध नियन्त्रणमा अहम भुमिका खेलेतापनी गणेशपुर नाका लागूऔषध र तस्करको "फेबरेट" नाका भएको एक स्थानियले बताए ।

यो पनि 
बर्दियामा २७ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ 

जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रहरी नेत्रित्वले लागूऔषध ओसारपसर र बिक्रिबितरणलाई रोक्न सादा पोशाकका प्रहरीलाई खटाएपनी, ति प्रहरी "घुमुवा"हरु समेत भन्सार तस्करसंग सेटिङ् मिलाएर आय-आर्जन र कमाउ धन्दामा लागेको विश्वस्त स्रोतको दाबी छ ।

निलो आयल पेट्रो पम्प र गुलरिया नगरपालिका वडा नं ६ स्थित नयाँँ खानेपानीको कार्यालय बिचमा रहेको भुभागमा सटेका अडहर बारी तथा सामुदायिक वन लागूऔषध दुर्व्यसनीले खैरो हेरोइन सेवन गर्ने ठाउँँ बनाएका छन । स्थानियहरु त्रसित अवस्थामा रहेका हुन्छन ।  

यो पनि 
बर्दियामा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ  

बर्दियाको प्रहरी नेत्रित्वले लागूऔषध नियन्त्रणमा शुन्य सहनशिलता अपनाएको पछिल्लो समय प्रहरीले देखाएको सकृयाताले उजागर पार्छ नै तर केही मुख्य नाकाहरुमा रहेको प्रहरी इन्चार्जहरुको कार्यशैलीका कारण लागूऔषध बर्दियाको ढोका गुलरियामा भित्रिने क्रम निरन्तर रहेको छ । लागूऔषध नियन्त्रणमा स्थानियले प्रहरीलाई सुचना दिएर सहयोग गर्नुपर्ने देखिन्छ । लागूऔषध दुर्व्यशन सामाजिक समस्या समेत रहेकोले प्रहरीलाई समुदायले सहयोग गरे मात्र यसको न्युनिकरण हुनसक्छ । 

बर्दियामा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ 


प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १८:११
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्