Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • अझै रोकिएन बालबालिका भारत जानेक्रम
अझै रोकिएन बालबालिका भारत जानेक्रम
नेपालकागज
नेपालकागज बिहीबार, असार २४, २०७८

महेन्द्रनगर  । दुई दिनअघि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ३११ बालबालिका भारत गए । सुदूरपश्चिमवासीको रोजगारीको प्रमुख गन्तव्य मानिएको भारतमा मजदूरीका लागि अहिले दैनिक एक हजार ५०० भन्दा बढी नेपाली त्यसतर्फ गइरहेका  छन् ।

आर्थिक अवस्था कमजोर भएका  बालबालिका अभिभावकसँग कामका खोजीमा भारत जाने गरेका छन् । कोरोना कहर जारी रहँदा पनि बालबालिका भारत जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कले देखाएको छ ।

प्रहरीचौकी डोकेबजारका प्रहरी नायब निरीक्षक खड्कजंग शाहीले कोरोनाको दोस्रो लहर कम हुँदै जाँदा पुरुष भन्दा महिला र बालबालिका भारत जाने क्रम वृद्धि भएको बताउनुभयो ।“रोजगारीका लागि श्रीमान् र आफन्तसित बालबालिका भारत गइरहेका छन् ।” उहाँले भन्नुभयो,“भारतीय पक्षले सीमामा नागरिकता र आधारकार्ड हेरेर जान दिएको छ ।”

पछिल्लो समय कोरोनाका कारण बालबालिकाको अध्ययनसमेत प्रभावित भएको छ । बालबालिका घर छाड्ने क्रम बढेको सरोकारावाल निकायको बुझाइ छ ।“ दैनिक सय भन्दा बढी बालबालिका गौरीफन्टानाकाबाट भारत जादैँछन् ।” प्रहरी नायब निरीक्षक शाहीले भन्नुभयो,“यसमा अभिभावक सित आश्रितदेखि मजदूरीका लागि जाने पनि छन् ।”

विपन्न समुदायका बालबालिका अध्ययन छाडेरसमेत जीविका चलाउन भारत जाने गरेका छन् । माइती नेपाल जिल्ला संयोजक महेश्वरी भट्टले बुबाआमा भारत रोजगारीमा रहेका बालबालिका भेटघाटका लागि गइरहेको बताउनुभयो । “पहाडी जिल्लाबाट रोजगारीका लागि पनि भारत गइरहेका छन् ।” उहाँले भन्नुभयो,“ कोरोनाले दैनिकिमै समस्या भएपछि समस्या विकराल बन्दै गएको छ ।”

उहाँले कोरोना कहरमा यहाँका लुकिछिपी अवैध नाकाबाट महिला भारत गइरहेको बताउनुभयो । “हामीले बितेको एक सातामा २९ जना महिला तथा बालबालिकालाई उद्धार गरी परिवारसित पुर्नमिलन गरायौं ।” उहाँले भन्नुभयो,“खुला सिमा नाका भएका कारण लुकिछिपी जाने क्रम बढ्यो ।”

उहाँले मोटरसाइकल प्रयोग गरेर दोधारा चादँनी क्षेत्रबाट पनि भारत गइरहेको भेटिएको बताउनुभयो । यहाँको गड्डाचौकी नाकाबाट भारत जान भारतीय पक्षले कोरोना परीक्षण रिपोर्ट अनिवार्यसमेत गरेको छ ।“गड्डाचौकी नाकामा नेपाल–भारत सुरक्षाकर्मीको कडा निगरानी भएपछि अन्यत्र नाकाबाट महिला बालबालिका जान थाले ।” संयोजक भट्टले भन्नुभयो,“विपन्न वर्गमा कोरोनाले झन् आर्थिक समस्या थपिदिँदा गाह्रो भएको छ ।”

सीमामा कोरोना परीक्षण रिपोर्ट माग्न थालेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित माहाकाली प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । यहाँस्थित इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले दैनिकजसो भारत जाने नेपालीलाई भारतमा कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरिएको बताउनुभयो ।“हामीकहाँ भारतीयलाई अहिले आवागमन खुलाइएको छैन् ।” उहाँले भन्नुभयो,“भारतीय पनि सीमामा आएर कोरोना रिपोर्ट देखाएर आवागमनका लागि अनुमति माग्छन् तर हाम्रो माथिल्लो निकायबाट आदेश छैन् ।”

त्यसैगरी माहाकाली प्रादेशिक अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा तीन जना सङ्क्रमितको उपचार भइरहेको बताउनुभयो । “भारत जान कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि यहाँ परीक्षण गराउनेक्रम बढेको छ ।” उहाँले भन्नुभयो,“यहाँ दैनिक डेढ सय जना कोरोना परीक्षणका लागि अस्पताल आइरहेका छन् ।”

 


प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्