Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • अस्पताल अघिको सडक जीर्ण, ठेक्काको छ वर्षमा पनि भएन काम
अस्पताल अघिको सडक जीर्ण, ठेक्काको छ वर्षमा पनि भएन काम
नेपालकागज
नेपालकागज सोमबार, असार २१, २०७८

काठमाडौँ । कोरोना महामारीले एम्बुलेन्समा बिरामी ओसार्नुपर्ने अवस्थामा गोकर्णेश्वर नगरपालिका–८ स्थित नेपाल मेडिकल कलेज अघिको मूल सडक जीर्ण हुँदा बिरामी प्रभावित हुने गरेका छन् । जोरपाटी–सुन्दरीजल सडकखण्डको यो भाग एक दशकदेखि जीर्ण छ । छ वर्षअघि ठेक्का लागेको जोरपाटी–सुन्दरीजल सडकको काम अहिले पनि सुस्त छ । अन्यत्र सडक बन्ने क्रम शुरु भएर केही भागमा कालोपत्र हुँदासमेत यस क्षेत्रका मात्र नभई छिमेकी नुवाकोट र सिन्धुपाल्चोकका मानिससमेत उपचार गर्न आउने मेडिकल कलेजअघिको सडक भने निर्माण हुन नसक्दा गम्भीर बिरामी बोकेका एम्बुलेन्स खाडलमा जाकिने गरेका छन् ।

सडक जीर्ण भएकै कारण उपचारका लागि आउँदा दुःख भोग्नुपरेको नुवाकोट शिवपुरी गाउँपालिकाका स्थानीयवासी सोमबहादुर तामाङले गुनासो गर्नुभयो । अस्पतालअघिको भागमा ठूलाठूला खाडल छन् । वर्षा भएका बेला खाल्डामा पानी जमेर पोखरी बन्छ । हप्तौँ सडकमा गुड्ने सवारीले पोखरीको पानी छचल्कँदा पैदलयात्री र सडक किनारका सटर भाडामा लिई व्यवसाय गर्ने मानिस प्रभावित हुने गरेका छन् । साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुले दिनमै चारपटक कपडा फेर्नुपरेको दुखेसो पोखेका छन् ।

सडक किनारको सटर भाडामा लिई एक दशक अघिदेखि मासु पसल चलाउँदै आउनुभएका कृष्ण खड्गी विवाद भएर अस्पतालअघिको सडकको काम हुन नसकेको सुनाउनुहुन्छ । विवाद समाधानका लागि नगरपालिकालगायतका सरोकार भएका निकायले पहल नगर्दा सडकको काम अस्पतालअघि नै अलपत्र भएको स्थानीय व्यवसायीको बुझाइ छ । त्यसअघि भगवतीस्थानअघिको सडक कालोपत्र भइसक्दा पनि अस्पतालअघिको सडक भने दिनानुदिन जीर्ण बन्दै गएको छ । 
 
जीर्ण सडकमा बर्सातमा बढ्दै गएको खाडलमा पानी जम्दा सवारी हिँड्दा पसलभित्र पानी छिरेर व्यापारमा प्रभाव परेको किनारको सटर भाडामा लिएर किराना पसल चलाउँदै आउनुभएकी दीपा श्रेष्ठको गुनासो छ । ठेक्काको छ वर्ष बितिसक्दा पनि जोरपाटी–सुन्दरीजल सडकको सात किमीको काम सकिएको छैन ।
 
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना निर्माण व्यवसायीले काम नगर्दा अस्पतालअघिको सडक अलपत्र बनेको बताउनुहुन्छ । सङ्घीय सरकारले लगाएको ठेक्का स्थानीय सरकारले के गर्न सक्छ र भनी निर्माण व्यवसायीले धेरै काममा समन्वय गर्दासमेत हेपेकाले बिरामी तथा स्थानीयवासीले सास्ती बेहोर्नुपरेको उहाँको भनाइ छ । 

 न्य स्थानमा ग्राभेल हालेर सडक सम्याइए पनि अस्पतालअघिकै भागमा भने काम अलपत्र छोडिएको छ । कामका विषयमा स्थानीय सरकारले सम्पर्क गर्दा निर्माण व्यवसायीले फोनसमेत नउठाउने गरेको प्रवक्ता ढुङ्गानाको गुनासो छ । निर्माण व्यवसायी नगरवासी नै भए पनि काम किन नभएको भनी सोध्न फोन गर्दा नउठाउने गरेको अत्तरखेलका स्थानीयवासीको गुनासो छ । यस सम्बन्धमा प्रतिक्रिया लिन सम्पर्क गर्दा पनि निर्माण व्यवसायी सन्तवीर श्रेष्ठले फोन उठाउनुभएन । 

करोडौँ योजनाको यो सडकमा कतै पनि सूचना पाटीसमेत राखिएको छैन । सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्थासमेत उल्लङ्घन हुँदासमेत काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले निर्माण व्यवसायीलाई केही नभन्ने गरेको स्थानीवासी रमा श्रेष्ठ बताउनुहुन्छ । आयोजनाका अधिकारीसमेत स्थानीय सरकार र पीडित जनाताका फोन उठाउँदैनन् । कार्यालयले नै सुविधामा दिएको फोन बोेकेर हिँड्ने गरेका अधिकारीहरु त्यही नम्बर स्वीच अफ गरेर बस्ने गरेका छन् ।

निर्माण व्यवसायी स्थानीयवासी भएकाले आफ्नो टोलअघिको सडक क्षेत्रमा केन्द्रित भई पहिले जोरपाटी–सुन्दरीजल सडकको भैरवचौर–भूमिस्थली क्षेत्रमा मात्र कालोपत्र गरेर अन्यत्रको काममा ढिलाइ गरेको नगरवासी गुनासो गर्छन् ।


प्रकाशित मिति: सोमबार, असार २१, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्