Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • मेलम्चीको पाइप मर्मत गर्दा काठमाडौँका सडकमा खाल्डैखाल्डा: झण्डै तीन हजार स्थानमा खाल्डा
मेलम्चीको पाइप मर्मत गर्दा काठमाडौँका सडकमा खाल्डैखाल्डा: झण्डै तीन हजार स्थानमा खाल्डा
नेपालकागज
नेपालकागज आइतबार, असार २०, २०७८

काठमाडौँ । केही दिन पहिले कौशलटारका शिव न्यौपाने मध्यबानेश्वर नजिकै मोटरसाइकल दुर्घटनामा पर्नुभयो । ठूलो वर्षाको समयमा उहाँ सडकमा खनिएको खाल्डो नदेख्दा दुर्घटनामा पर्नुभएको हो । सानो दुर्घटना भएकाले उहाँले आफैँ उठेर किन सडक खनिएको हो भनी स्थानीयवासीसँग बुझ्नुभयो । 

मेलम्चीको पानी आएपछि चुहावट भएकाले त्यसको मर्मतका लागि खनिएको नजिकै पसल भएका व्यक्तिले बताएका थिए । आफू कम गतिमा भएकाले दुर्घटना सानो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बढी गतिमा भए ठूलै दुर्घटना हुनसक्थ्यो ।” 

केही महीनायता काठमाडौँ उपत्यकामा मेलम्चीको पाइप मर्मतका लागि खनिएका खाल्डाका कारण दैनिक यात्रु र चालकले कठिनाइ भोगिरहेका छन् । कतिपय स्थानमा तत्काल खाल्डो पुरिए पनि कतिपय स्थानमा केही दिनसम्म नपुरिएको पाइन्छ । खाडल पुरिएको स्थानमा पनि त्यहाँ भएका ढुङ्गा र गिटीका कारण हिँड्न गाह्रो भएको चालक र यात्रु बताउँछन् । 

मेलम्ची खानेपानी आयोजनाको पानी आएसँगै काठमाडौँ उपत्यकाका खानेपानी पाइपमा देखिएको चुहावट मर्मत गर्न थालिएकामा अहिलेसम्म झण्डै तीन हजार स्थानमा खाल्डा बनाइएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । मुख्य र सहायक सडकमा निषेधाज्ञाको समयमा पाइप मर्मतका काम भएको थियो । अहिले वर्षा शुरु भएपछि पनि सडकमा पाइप मर्मत काम नराकिएको देख्न सकिन्छ । 

सडकमा वर्षाको समयमा मर्मत गर्न नसकिने भन्दै अहिले तत्काल खन्न रोक्न डिभिजन सडक कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई भनिसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँका अनुसार तर अझै पनि सडक खन्न कम भएको छैन । उहाँले भन्नुभयो, “केयुकेएल आफैँले खनेको हो कि उहाँहरुको नाममा अरुले सडक खनेको छ भन्ने बुझ्न सकिएको छैन ।”

सडक खन्ने काममा लिमिटेडले पनि डिभिजनसँग आवश्यक समन्वय नगरेको प्रमुख नेपालीले बताउनुभयो । उहाँका अनुसार कतिपय स्थानमा हेर्दा आवश्यकताभन्दा बढी र चाहिनेभन्दा ठूलो खाल्डा खनिएको पाइएको छ । डिभिजनले वर्षा भइरहेकाले तत्काल कालोपत्र सडकमा मर्मत गर्न नसक्ने हुँदा हाललाई नखन्न अनुरोध गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार सडक तुरुन्त मर्मत गर्न मौसमको चुनौती रहेको छ । वर्षाको समयमा कालोपत्र गर्न सकिँदैन । थप सडकमा खन्न रोक लगाएर अहिलेसम्म भएका खाडल सकेसम्म चाँडो पुरिसक्ने डिभिजनको तयारी छ । उहाँले भन्नुभयो, “एक साता घाम लाग्दा अहिले खाल्डा देखिएको ठाउँमा काम गर्न सकिनेछ ।” 

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आएसँगै खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच पाइपमा चुहावट देखिएर खन्नु परेमा तत्काल मर्मत गर्न सहमति भएको थियो । यी दुई मन्त्रालयबीच भएको सहमतिमा लिमिटेडले सामान्य रुपमा खाडल पुर्ने र विज्ञ कर्मचारी भएकाले सडक विभागले कालोपत्र गर्ने उल्लेख थियो । मेलम्चीको पाइप मर्मतका लागि सरकारले रु १० करोड छुट्याएको थियो । 

लिमिटेडले खनेका तीन हजार ठाउँमध्ये कतिपय ठाउँमा ठूला र धरै ठाउँमा साना खाडल रहेको प्रमुख नेपालीले बताउनुभयो । सडकको मर्मतका लागि रकम निकासाको पर्खाइमा रहेको उहाँले जानकारी दिनुभयो । रकम पछि निकासा हुने गरी कतिपय स्थानमा अहिले मर्मतको काम अघि बढाइएको छ । उहाँले भन्नुभयो, “सडक त्यसै छाड्दा थप क्षति पुग्ने भएकाले हामीले कालोपत्रबाहेक मर्मतको काम गरिरहेका छौँ ।”

मौसमका कारण र निकासा बाँकी भएकाले खाडल खनिएका स्थानमा तत्काल कालोपत्र गर्न नसकिएको डिभिजनले जनाएको छ । सडकमा मर्मत चाँडो गर्न नसकिएमा जमीनभित्र पानी पस्दा सडक अझै बढी लम्बाइमा क्षति गर्छ । सडक खनेपछि थप क्षति नहोस् भन्नका लागि सकेसम्म चाँडो मर्मत गर्नुपर्छ । पहिले कालोपत्र भइसकेको सडक त्यसै छाड्दा कालोपत्रभित्रको आधारमा समेत असर पुग्ने नेपालीले बताउनुभयो । सडकमा तत्काल मर्मत नगर्दा त्यहाँ रहेको भ्वाङ ठूलो बन्न सक्छ । उहाँले भन्नुभयो, “कालोपत्र सडकको शत्रु नै पानी भएकाले सकेसम्म त्यसबाट बचाउनुपर्छ ।” 

सडक खन्दा त्यहाँबाट निस्कने ढुङ्गा र गिटीका कारणले दुर्घटनाको जोखिम बढी हुने र हेर्दा पनि सडक नराम्रो देखिन्छ । ग्राभेल सडकमा जस्तोसुकै मौसममा पनि सडकमा रहेको खाल्डा पुरेर पहिलेजस्तो बनाउन सकिन्छ । कालोपत्र सडकमा पहिले जस्तै गरी मर्मत गर्न घाम लागेको मौसम चाहिने प्रमुख नेपालीले बताउनुभयो । डिभिजनले खनिएका ठाउँमा तत्काल दुर्घटना हुन नदिन गिटी राखेर खाल्डा भर्ने गरेको छ । कालोपत्रले छोपेको नहुँदा गिटी खुकुलो भएर उछिटिने र छरिने हुँदा त्यो टिकाउ हुँदैन ।
 


प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्