Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • हेर्दाहेर्दै वर्षाले घर ढले, १५० भन्दाबढी घर डुबानमा : परिवार बिचल्लीमा
हेर्दाहेर्दै वर्षाले घर ढले, १५० भन्दाबढी घर डुबानमा : परिवार बिचल्लीमा
नेपालकागज
नेपालकागज आइतबार, असार २०, २०७८

फाइल तस्बिर 

महोत्तरी । हेर्दाहेर्दै पानीको तीव्र रेत (बहाव) ले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर बेघर हुनुभएको छ । गत मङ्गलबारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिबार गल्र्यामगुर्लुम ढलेपछि कापरको परिवार बिचल्लीमा परेको छ । कापरसँगै सो बस्तीका १५० भन्दाबढी घर डुबानमा परेका छन् ।

लगातारको वर्षाले कच्ची घर बुधबार नै डुबेको कापरले बताउनुभयो । “बर्खामा घर ढल्दा बिजोग त भयो नै, बालबच्चा यो बर्खामा कहाँ राख्नु ?” कापरले भन्नुभयो, “धन्न कसैलाई ढलेको घरले मिचेन ।” डुबानमा परेको घर ढल्नसक्ने छनक आपूmले पाएपछि सचेतता अपनाउँदा ज्यान भने बाँचेको कापरको भनाइ छ । 

बस्तीका मुसहर, चमार र मुसलमानका घर रहेका टोल डुबानमा बढी परेका छन् । “हामी गरीब छौँ, हाम्रो स्वर कसले सुन्ने हजुर !”, बस्तीकै एकल मुस्लिम महिला ऐसा खातुनले भन्नुभयो, “हाम्रो बस्ती शिरानको झिल (सानो ताल) व्यवस्थित नगरी बालु गिट्टी उत्खनन गरिँदा डुबानको समस्या परेको हो ।” जिल्लामा यसपालि गत मङ्गलबारदेखि शनिबारसम्मको अविरल वर्षाले सयौँ पराले झुप्रा लडाएर बिल्लीबाठ बनाएको छ । 

जिल्लामा गहिरा ठाउँका र नदी किनार छेउका बस्ती धेरै डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रमा बलवा नगरपालिकाका भगवतीपुर, भलनी, लेउरी, बञ्चौरी, भङ्गाहा नगरपालिका कविलाशा, सिङ्ग्याहीलगायतका बस्ती रातु नदीको बाढीले डुबानको जोखिममा छन् । त्यसैगरी जलेश्वर नगरपालिकाका धवौली, मलिवारा, महोत्तरी गाउँपालिकाका अनैठा, रतवारा, एकडारा गाउँपालिकाका बगेवासहितका बस्तीमा रातुले ताण्डव मच्चाउँदै आएको जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंह बताउनुहुन्छ । 

यसैगरी जिल्लाको पूर्वी भेग भएर बग्ने कुटमेश्वरी नदी लोहारपट्टी नगरपालिकाको कविरगामा, महोत्तरी गाउँपालिकाको पर्सामोड, अलिपट्टी, जलेश्वर नगरपालिकाको लोचना, मटिहानी नगरपालिकाका सिमरदही र धिरापुरसहितका बस्ती तहसनहस गर्दै भारत पस्दछ ।

जिल्लामा रातु, जङ्घा, मरहा, ओक्सी, कुटमेश्वरी र बाँके बर्खामा धेरै कटान र डुबान गराउने नदी हुन् । जङ्घा, मरहा र बाँकेले जिल्लाका पश्चिमवर्ती, रातुले पूर्वी र मध्यवर्ती, ओक्सीले मध्यवर्ती तथा कुटमेश्वरीले दक्षिण पूर्ववर्ती भेगमा उत्पात मच्चाउने गरेका विगतदेखिको अनुभव जलेश्वर–५ का बासिन्दा नेपाली काँग्रेसका महासमिति सदस्य बजरङ्ग नेपाली बताउनुहुन्छ । मरहा र बाँकेले गौशाला नगरपालिका र सोनमा गाउँपालिकाका दर्जनौँ बस्ती बर्सेनि कटान र डुबान गर्दै आएको छ । 


प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्