Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • चितवनमा कयरखोलाले बगाएका दुई व्यक्तिको उद्धार, १७० परिवारलाई स्थानान्तरण
चितवनमा कयरखोलाले बगाएका दुई व्यक्तिको उद्धार, १७० परिवारलाई स्थानान्तरण
नेपालकागज
नेपालकागज बिहीबार, असार १७, २०७८

चितवन । पूर्वी चितवनको कयरखोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो ।

स्कुटर भने खोलाले बगाएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरुलाई खोलाले आज बिहान ८ः३० बजे बगाएको थियो । खोलाबाट उद्धार गरेसँगै उनीहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

१७० परिवारलाई स्थानान्तरण

निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पस्दा ती परिवार विस्थापित भएका हुन् । 

बाढीको जोखिममा रहेका उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँ रहेका ४०० जनालाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका–८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका १०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

चट्याङ लागेर घाइते

चट्याङ लागेर एक महिला घाइते हुनुभएको छ । राप्ती नगरपालिका–९ लालपुरकी ४५ वर्षीया बिजुली श्रेष्ठलाई आफ्नै घर नजिक धान रोप्ने क्रममा चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार बिहान ८ः३५ बजे श्रेष्ठलाई चट्याङ लागेको हो । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।

दुई महिनापछि उडान गर्दै भरतपुर विमानस्थल

दुई महिनादेखि बन्द अवस्थामा रहेको भरतपुर विमानस्थलले आजदेखि उडान शुरु गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण निषेधाज्ञासँगै बन्द भएका यहाँको उडान पुनः शुरु गर्न लागिएको हो ।

विमानस्थल प्रमुख योगेन्द्र कुँवरले कोभिड नियन्त्रणको सुरक्षा मापदण्ड कार्यविधिअनुसार विमानस्थलमा उडान शुरु गर्न लागिएको जानकारी दिनुभयो । स्थानीय प्रशासनले गत वैशाख १६ गते रातिदेखि निषेधाज्ञा गरेसँगै बन्द भएको उडान आजबाट शुरु गर्न लागिएको हो । उहाँले मास्क, भाइजर, सामाजिक दूरी कायम गर्नुपर्ने, डिस इन्फेक्सन गरेर मात्रै उडान गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । शुरुआती समयमा उडान कम हुने उहाँले बताउनुभयो । भरतपुर विमानस्थलमा यात्रुलाई बस्नका लागि बनाइएका प्रतिक्षालयमा सामाजिक दूरी कायम गर्नका लागि सन्देशमूलक चिह राखिएको उहाँको भनाइ छ ।

निषेधाज्ञाअघि विमानस्थलबाट आठ सयदेखि एक हजारसम्म यात्रु दैनिक आवतजावत गर्ने गरेको उहाँले बताउनुभयो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बस्नेतले आजदेखि शुरु गर्न लागिएको उडान कटौती गरिएको जानकारी दिनुभयो । दैनिक छ वटासम्म चितवन–काठमाडौँ उडान हुँदै आएकामा अहिले तीन मात्र उडान हुने उहाँले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी उडान गरिने छ । त्यसका लागि तयारी गरिएको बस्नेतको भनाइ छ । यसअघि बुद्धसँगै भरतपुरबाट यती एयरलाइन्सले दैनिक चारसम्म उडान भर्दै आएको थियो ।

निषेधाज्ञा असार २४ गतेसम्म

कोभिड सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्लामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ः०० बजे सकिँदै थियो । सोही क्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गर्दै निषेधाज्ञाको अवधि एक साताका लागि थप गरी यही असार २४ गतेसम्म पु¥याउनुभएको हो ।

हाल जारी रहेकै नमूनामा नै निषेधाज्ञा हुने आदेशमा जनाइएको छ । यसअघि यही असार १० देखि १७ गते राति १२ः०० बजेसम्मका लागि घोषणा गरिएको नमूनामा निषेधाज्ञा जारी राखिने आदेशमा उल्लेख छ । आदेशमा शुक्रबारदेखि सबै सरकारी कार्यालयमा सेवाप्रवाह हुने भनिएको छ । निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो । जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको लामिछानेद्वारा जारी आदेशमा जनाइएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्