Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • किबी झर्न थालेपछि कृषक चिन्तित
किबी झर्न थालेपछि कृषक चिन्तित
नेपालकागज
नेपालकागज मंगलबार, असार १५, २०७८

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा किबी खेतको राम्रो सम्भावना देखिएपछि केही वर्षयता अधिकांश कृषकको ध्यान यसतर्फ आकर्षित भएको छ । सरकारले दिने अनुदान तथा उत्पादनपछिको फाइदा बुझेपछि किबी खेतीमा लागेका कृषकलाई आजभोलि भने निरन्तरको वर्षाले चिन्तित बनाएको छ । 

वर्षात्का कारण बारीमा लगाएको किबी फल धमाधम झर्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् । भर्खर फल हुर्कदै गर्दा डाँठ कुहिएर फल नै झर्न थालेपछि उत्पादनमा समेत गिरावाट आउने भन्दै कृषकहरु थप चिन्तित बनेका छन् ।

जिल्लामा अहिले ११५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा किबी खेती गरिंदै आएको छ । वार्षिक रुपमा ८० मेट्रिक टन किबी उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । सोलु दूधकुण्ड नगरपालिका–४ का सोनाम शेर्पाले एक हेक्टर क्षेत्रफलमा किबी खेती गदै आउनुभएको छ । वर्षात्का कारण फल झर्नका साथै बोटसमेत मर्न थालेको उहाँले बताउनुभयो ।

किबी फलको बजार समेत राम्रो भए पनि अहिले देखा परेको समस्या  कृषकका लागि चुनौती बनेको छ । अहिले नै ५० प्रतिशतभन्दा धेरै फल झरेको नेचा सल्यान गाउँपालिका–३ का साङगे लामा राईको भनाइ छ ।  

जिल्लामा उत्पादन भएको ४० मेट्रिक टन किबी  जिल्ला बाहिर निर्यात हुने गरेको ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । प्रतिकेजी रु. २०० देखि रु ८०० सम्ममा बिक्री हुने गरेको कृषकहरु बताउँछन् । 

एकपटक लगाएको बिरुवाले २० वर्षसम्म उत्पादन दिने विज्ञको सुझाव पछि सोही खेतीमा लाग्नुभएका अर्का कृषक खिन्जु शेर्पा यसपटकको समस्याका कारण निराश बन्नुभएको छ । “यस वर्ष उत्पादनमा धेरै गिरावट आउने हाम्रो अनुमान छ”, शेर्पाले भन्नुभयो, “कृषिमा आत्मनिर्भर बन्न खोजे पनि रोगले गर्दा सबै मन मरेर आउने रहेछ ।”

अहिले जिल्लामा ग्रिन, रेड, ब्रुनो, हे–वार्डलगायत जातका किबीहरु उत्पादन भइरहेको छ । किबीलाई रोगबाट बचाउन माटोको डिस्का उठाई बिरुवा रोप्ने व्यवस्था मिलाउने, बिरुवा रोप्दा वा गोडमेल गर्दा जरा तथा काण्डमा चोटपटक लाग्नबाट बचाउनेलगायतका उपाय अबलम्बन गर्नुपर्ने पूर्व बागवानी अधिकृत एवं किबीविज्ञ चन्द्रमान श्रेष्ठको सुझाव छ ।

किबी खेतीका लागी सिँचाइ आवश्यक पर्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने भन्दै कुनै पनि बोटविरुवालाई खाना आवश्यक पर्ने भएकाले त्यसको कमी भएमा फल झर्ने भएको भन्दै कृषि विज्ञ चन्द्रमान श्रेष्ठले औषधिको प्रयोग गर्नु सुझाव दिनुभयो ।  

पूर्व बागवानी  विकास अधिकृतको रुपमा लामो समय जिल्लाको फाप्लुमा काम गर्नुभएका किबीविज्ञ श्रेष्ठले यहाँको भूगोलअनुसार खेतीको उत्तिकै सम्भावना भएकाले आवश्यक प्राविधिक कुरामा ध्यान दिएर अगाडि बढेको खण्डमा सफल हुने बताउनुहुन्छ । अन्य खेतीको तुलनामा बजारमा किबीको माग समेत राम्रो भएको उहाँको भनाइ छ । अहिले जिल्लाबाट रु ८० लाख बराबरको किबी जिल्ला बाहिर निर्यात हुने गरेकाको गरेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय किबीमा विभिन्न रोग देखा पर्दा चुनौती थपिएको जानकारहरु बताउँछन् ।

जिल्लाको सोलु दूधकुण्ड नगरपालिका, थुलुङ दूधकोशी, महाकुलुङ, नेचा सल्यान र माप्य दूधकोशी गाउँपालिकाको विभिन्न क्षेत्रमा किबी खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किबी ‘बल्क’ कार्यक्रम सञ्चालन गरेको छ । यसबाट विरुवा, थाँक्रालगायतमा अनुदान पाएपछि कृषकलाई राहत मिलेको थुलुङ दूधकोशी–९ का सम्पुरे तामाङको भनाइ छ।


प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्