Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • आज राष्ट्रिय धान दिवस : मानो रोपेर मूरी उब्जाउने दिन
आज राष्ट्रिय धान दिवस : मानो रोपेर मूरी उब्जाउने दिन
नेपालकागज
नेपालकागज मंगलबार, असार १५, २०७८

काठमाडौँ । आज असार १५ विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढीछ ।

कोभिड–१९ सङ्क्रमणका कारण पछिल्लो दुई वर्षदेखि भने यो दिन निकै खल्लो रूपमा बितिरहेको छ । निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्वतःफूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित छ । गत वर्ष पनि साङ्केतिक रूपमा मनाइएको यो यसपटक पनि त्यसैगरी मनाउनु परेको छ । कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डित, भन्नुहुन्छ, “धानको महत्व जोगाउन, किसानलाई प्रेरित गर्न, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिनका लागि मात्रै आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइएको हो ।”

राष्ट्रिय कार्यक्रमको रूपमा आज नेपाल कृषि अनुसन्धान परिषद्को खुमल्टार ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी दिवस समारोह भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकु्मार नेम्वाङले आज सांकेतिकरूपमा धान रोपेर यो दिवस औपचारिकता पूरा गर्नुभयो । उहाँले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।  

कृषि कर्मलाई नियमित राख्न नसके निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षा हुने भएकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गरिएको कृषि मनत्रालयले जनाएको छ । सरकारले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारेको छ । जमिनको सुरक्षा, शुद्ध बीउ, सिंचाइ कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष्य छ । 

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ  ।  

समारोहमा मन्त्री नेम्वाङले खाद्य तथा पोषण सुरक्षाका लागि धान चामलको अति नै महत्व रहेको उल्लेख गर्दै यसको प्रवद्र्धन जरुरी रहेको औँल्याउनुभयो । उहाँले अनुसन्धान, यान्त्रिकरण र आधुनिकीकरणको माध्यामबाट धानको उत्पादकत्व वृद्धि गर्नतर्फ ध्यानाकर्षण गराउनुभयो । “धानको उत्पादन मात्रै होइन, बजारीकरण र भण्डारण व्यवस्थित गर्ने सवालमा सरकार नीतिगत व्यवस्था गर्न लागिरहेको छ, यसको समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ”, मन्त्री नेम्वाङले भन्नुभयो । 

उहाँले ‘कोही भोको रहँदैन, भोकले कोही मर्दैन’ भन्ने सरकारी सङ्कल्प साकार पार्न पनि कृषि क्षेत्रको विकास जरुरी रहेको बताउनुभयो । विकासको गतिमा अग्रसर भएको मुलुकलाई समृद्ध बनाउने भरपर्दाे आधार समेत कृषि नै भएको उहाँको भनाइ थियो ।मन्त्रालयका अनुसार यसपाली सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाउन जिल्लामा समेत निर्देशन गरिएको छ । यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । दिवसमा साँस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) कार्यक्रममा रोक लगाइएको छ । मापदण्ड नै तयार पारी दिवस मनाउन थालिएको छ ।

दिवस समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले किसानको घरदैलोमा अनुसन्धान पु¥याउन नसके धानको उत्पादन बढाउन चुनौती हुने जिकिर गर्नुभयो । “प्राङ्गारिक र रसायनिक मलको समन्वय जरुरी छ”, कार्कीले भन्नुभयो, “विगतमा मलको हाहाकार भएकाले पहिलो पटक उत्तरी नाकाबाट मल ल्याउन सफल भइएको छ, यसपाली मलमा समस्या भएन, अब सरकारले नेपालमै मल उत्पादन गर्ने योजना अघि बढाएकाले पनि समसया हट्ने आशा गर्न सकिन्छ ।” 

मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपामला ९६ लाख खाद्यान्न भयो भने पुग्छ तर वार्षिक ४० अर्ब बढीको चामल आयात भइरहेको छ । मानिसको खाने संस्कृति परिवर्तन भएकाले यस्तो भएको कृषि विज्ञको भनाइ छ । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओली, जन्मनु अघिदेखि मृत्युपर्यन्तसम्म धानको प्रयोग हुने मुलुकमा अनुसन्धान गरी नयाँ हाइब्रिड धानको विकास जरुरी रहेको औँल्याउनुहुन्छ । उहाँले जलवायु परिवर्तन भइरहेकाले त्यसको प्रभावको आधारमा जातको विकास गरी अर्गानिक उत्पादनलाई समेत प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा प्रेमप्रसाद दङ्गाल खाद्य संस्ककृति परिवर्तत र मानिसमा भात खाने प्रवृत्तिका कारण मुलुकको उत्पादन भन्दा मसिनो र वास्मतीको रोजाई बढेको हो भन्नुहुन्छ । उहाँले प्रविधिलाई किसानको घरघरमा पु¥याउन नसके धान उत्पादन वृद्धि हुन नसक्ने जिकिर गर्नुहुन्छ ।

नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी मसिनो धानको आयात वृद्धि भइरहेको अवस्थामा त्यसलाई रोक्नका लागि हाईब्रिड जातको विकास जरुरी रहेको र परिषद् त्यसतर्फ अघि बढिरहेको छ भन्नुहुन्छ । उहाँले हालैमात्र हर्दिनाथ हाइब्रिड निकालेकाले त्यो धान लगाउन किसानलाई सुझावसमेत दिनु भएको छ ।

 


प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्