Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • लागुऔषध प्रयोग नियन्त्रणमा साझा सङ्कल्पको खाँचो छ : उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेल
लागुऔषध प्रयोग नियन्त्रणमा साझा सङ्कल्पको खाँचो छ : उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेल
नेपालकागज
नेपालकागज शनिबार, असार १२, २०७८

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषध प्रयोग र अवैध ओसारपासार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र र समुदायस्तरको सामूहिक ऐक्यबद्धतासहित साझा सङ्कल्पको खाँचो रहेको औँल्याउनुभएको छ ।

अन्तरराष्ट्रिय लागुऔषध दिवस २०२१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री पौडेलले नेपालको जनसाङ्खिक लाभको रूपमा रहेको युवा समुदायलाई लागुऔषध नियन्त्रणको अभियानमा सरिक गराउन दिवसले प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न युवा शक्तिको परिचालन अपरीहार्य रहेको समेत बताउनुभयो ।

मानव जीवन र सभ्यतामा नकारात्मक असर प¥याउने लागुऔषध उत्पादन, बिक्री, वितरण, प्रयोग र प्रभावलाई निस्तेज गर्न संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भई जुन २६ अर्थात् आजकै दिन लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसरा विरुद्धको अन्तरराष्ट्रिय दिवसको रूपमा मनाउने गरिएको छ । यसवर्ष दिवसको नारा लागुऔषधरहित परिवार स्वस्थ जीवनको आधार रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको लागुऔषध तथा अपराधसम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागुऔषध प्रतिवेदन २०२१ अनुसार प्रयोगकर्ताको सङ्ख्या वर्षेनी बढ्दो क्रममा रहेको देखाएको छ । नेपालमा लागू औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले वार्षिक औषत वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको देखाएको छ । मुख्यतः प्रयोगकर्ता युवा, किशोर र किशोरीका सङ्ख्या बढ्दै जानु चिन्ताको विषयमा भएको भन्दै गृहमन्त्री पौडेलले लागुऔषध सामाजिक र आर्थिक विकासका लागि ठूलो चुनौतीको रूपमा खडा भएको उल्लेख गर्नुभएको छ ।

“राष्ट्र विकासमा समाहित हुने युवाका ठूलो हिस्सा साथीभाइको सङ्गत, पारिवारिक समस्या र मनोसामाजिक समस्याका कारण दुव्र्यसनमा फसिरहेका छन् , यसले सामाजिक अपराध समेत बढाइरहेको छ”, सन्देशमा गृहमन्त्रीले भन्नुभएको छ । उहाँले लागुऔषध दुरुपयोग तथा अवैध कारोबार नियन्त्रण गरी सभ्य समाज निर्माणमा उद्देश्यले  गृह मन्त्रालयले यसको माग घटाउन सङ्कटापन्न क्षेत्रमा सचेतनामूलक तथा क्षमता विकास र सामाजिक पुनएकीकरणसम्बन्धीका विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । यसका साथै आपूर्ति नियन्त्रण, जोखिम न्यूनीकरण,  अनुसन्धान र विकास तथा सहकार्य र साझेदारीका क्षेत्रमा समयानुकूल नीति तथा कार्यक्रम, रणनीति र योजना तयार पारी कार्यान्वयन गरिएको समेत मन्त्री पौडेलले बताउनुभयो ।
 
दिसको सन्दर्भमा गृहसचिव महेश्वर न्यौपानेले सन्देश जारी गर्दै दुव्र्यसनले जटिल रोगको समस्याका साथै अकाल मै मृत्यु हुने, परिवारको बोझ बन्ने, आर्थिक दुरावस्थाले पारिवारिक विचलन हुने अवस्था हुँदाहुँदै पनि युवा वर्ग दुव्र्यसनमा फस्ने गरेको जानकारी दिनुभयो ।

उहाँले यसको नियन्त्रणका लागि सामूहिक ऐक्यवद्धता, सहकार्य र समन्वयसहितको साझा प्रतिबद्धता जरुरी रहेको औँल्याउनुभयो । उहाँले नयाँ सोच र रणनीतिका साथ, तीनै तहका सरकार र सबै निकायको सामुहिक रूपमा प्रतिबद्ध भई नियन्त्रण कार्यमा अघि बढ्न समेत अनुरोधसमेत गर्नु भएको छ । मन्त्रालबाट पप्त विवरणअनुसार नेपालमा हाल प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार ४२४ पुगेको छ  ।
 


प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्