Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • महाकालीको क्षति रोक्न सक्रियता, बालुवाको बोरा राखेर नदीको बहाव छेकियो
महाकालीको क्षति रोक्न सक्रियता, बालुवाको बोरा राखेर नदीको बहाव छेकियो
नेपालकागज
नेपालकागज सोमबार, असार ७, २०७८

महाकालीको क्षति रोक्न सक्रियता, बालुवाको बोरा राखेर नदीको बहाव छेकियो

दार्चुला । सदरमुकाम खलङ्गामा तीन दिनसम्म निरन्तर महाकाली नदीमा पानीको बहाव बढ्यो । महाकाली नदीको सतह बढेर झण्डै सात मिटर उचाइसम्म पुग्यो । नदीको सतह बढ्दै जाँदा सदरमुकाम खलङ्गाको तटबन्धमा क्षति गरेर बजारमा समस्या हुने हो कि भन्ने धेरैमा चिन्ता थियो । स्वयं नदी नियन्त्रण अयोजनालाई तटबन्ध निर्माणाधीन क्षेत्रबाट नदी पसेर क्षति हुने हो कि भन्ने डर थियो ।

नदीको बहाव जुन क्षेत्रबाट तटबन्धमाथि पस्न थाल्यो, त्यही क्षेत्रमा बिहानदेखि अबेर रातिसम्म आयोजना प्रमुख शोभाकर पौडेलदेखि आयोजनामा कार्यरत सबै कर्मचारी निरन्तर खटिनुभयो । उहाँले निर्माण व्यवसायीलाई रातिसम्म काम गर्न लगाउनुभयो । त्यसका कारण सदरमुकाम खलङ्गाको बाङाबगड क्षेत्रमा जोखिम हुन पाएन् । सोमबारबाट नदीको बहाव पनि कम हुँदै गएको छ ।  

आयोजना प्रमुख पौडेल भन्नुहुन्छ, “बाङाबगडको दुई ठाउँमा नदी पस्ने चिन्ता थियो, यो ठाउँमा सुरक्षित राख्न सकियो, नदीको बहाव तटबन्ध माथि आउने क्षेत्रमा राति नै बालुवाको बोरा राखेर नदीको बहाव छेकियो, निरन्तर मजदूर र कर्मचारी परिचालन गरेर नदीको तत्कालीन बहाव कम गर्न सकिएको हो ।”

अहिलेसम्मको अवस्थामा नदीले बगाउने र तटबन्ध भत्काउन सक्ने अवस्था नरहेको पौडले भन्नुहुन्छ । सदरमुकाम खलङ्गाको साढे चार किलोमिटर क्षेत्रफलमा पक्की तटबन्ध बनाइएको छ । विसं २०७० असारमा आएको बाढीपछि तटबन्ध निर्माण गरिएको हो । रु तीन अर्ब पाँच करोड लागतमा रेटलिङसहितका तटबन्ध निर्माण भएपछि तीन टुक्रामा विभाजित भएको खलङ्गा बजार अहिले सुरक्षित छ । 

सो तटबन्धका कारण सदरमुकाम खलङ्गामा अहिलेको बाढीले असर गर्न नसकेको आयोजना प्रमुख पौडेल बताउनुहुन्छ । “हामीलाई खोतीलाको पहिरो आयो भने असर गर्छ कि जस्तो लागेको थियो”, उहाँले भन्नुभयो, “तर अहिले भारततिर पनि नदीले कटान गरेका कारण क्षति नेपालतिर कम हुँदै गएको छ, दीर्घकालीन समाधानका लागि नदी कटान क्षेत्रमा पक्की तटबन्ध संरचना आवश्यक छ ।” अहिले नदी नियन्त्रण आयोजनाले व्यासको सितापुलदेखि लेकमको लालीसम्मका विभिन्न क्षेत्रमा ग्याबीन जाली राखेर तटबन्ध निर्माण गरिरहेको छ । यस्तै आयोजनाले नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका, अपि हिमाल गाउँपालिकालगायत क्षेत्रमा तटबन्धको काम गरिरहेको छ । 

नेपालको जस्तो पक्की तटबन्ध बनाउनुपर्ने माग

नेपालमा बनेको पक्की तटबन्धका कारण यस वर्ष सदरमुकाम खलङ्गामा बाढीले क्षति गरेको छैन । यही महाकाली नदीले भारतीय बजार धारचुलाका विभिन्न ठाउँमा कटान गर्न थालेपछि धारचुलामा पनि नेपालकै जस्तो पक्की तटबन्ध बनाउनुपर्ने माग उठेको छ । 

नेपालको जस्तो पक्की मजदुत बनाए मात्रै धारचुला सुरक्षित हुने भन्दै उनीहरुले भारतपट्टी पक्की तटबन्ध बनाउनुपर्ने आवाज उठाएका छन् । अहिले नेपालको पक्की तटबन्धका कारण नदीको बहाव भारततिर पर्न गएको उनीहरुको बुझाइ छ ।

भारतले नेपालको भन्दा पहिले नै पार्कको नाममा तटबन्ध बनाउन शुरु गरेको भए पनि उनीहरुले निर्माण गरेको तटबन्ध कम गुणस्तरणको भएको भारतीय व्यापारीको आरोप छ । उनीहरुको तटबन्ध एक वर्षसम्म पनि टिक्न नसकेको व्यापारीको भनाइ छ ।

भारतीय व्यापार सङ्घका अध्यक्ष भुपेन्द्रसिह थापा, रङ कलण संस्थाका अध्यक्ष कृष्ण गव्र्याल र पूर्व नगरपालिका अध्यक्ष अशोक नवियाल लगायतले भारतीय बजार धारचुलामा पनि नेपालकै जस्तै पक्की तटबन्ध बनाउनुपर्ने माग उठाउनुभएको छ । 

उहाँहरुले भारतीय एसडिएम अनिलकुमार शुक्लालाई नदी निरीक्षणको क्रममा आगामी दिनमा तटबन्ध निर्माणका क्रममा नेपालको जस्तो पक्की संरचना बनाउन आग्रह गरेको बताइएको छ । 


प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्