Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • काठमाडौं उपत्यकामा खुकुलो पारीएको निषेधाज्ञामा के गर्न पाइने - के नपाईने ? सवारीसाधनमा जोर–बिजोर र सार्वजनिक ट्याक्सीलाई सिट संख्या तोकेर चलाउन अनुमति
काठमाडौं उपत्यकामा खुकुलो पारीएको निषेधाज्ञामा के गर्न पाइने - के नपाईने ? सवारीसाधनमा जोर–बिजोर र सार्वजनिक ट्याक्सीलाई सिट संख्या तोकेर चलाउन अनुमति
नेपालकागज
नेपालकागज सोमबार, असार ७, २०७८

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा मंगलबारबाट खुकुलो गराउने निर्णय गरेको छ । बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । 

असार ८ गते मंगलबारबाट खुकुलो निषेधाज्ञामा के गर्न पाइने - के नपाईने ?

तीनवटै जिल्ला प्रशासनबाट यसअघि विभिन्न वस्तु, सेवा तथा व्यक्तिका सवारीसाधन चलाउन जारी गरिएका पास पनि खारेज गरिएको छ । निजी सवारीसाधनमा जोर–बिजोर र सार्वजनिक ट्याक्सीलाई सिट संख्या तोकेर चलाउन अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्था, सहकारी, रेमिट्यान्सलगायतका क्षेत्रलाई कम जनशक्ति र आलोपालो गरेर निर्बाध सञ्चालन गर्न दिइनेछ । शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालय पनि आलोपालो र न्यूनतम जनशक्तिबाट सञ्चालन गर्न पाइनेछ ।

सपिङ मल, फेन्सी, गरगहना पसल, खेलकुद सामग्री, स्टेसनरी, विद्युतीय उपकरण, निर्माण सामग्री, टायल, मार्बल फर्निचरलगायतका व्यापार/व्यवसाय बारअनुसार तथा चारपांग्रे निजी सवारी र ट्याक्सीलाई जोर–बिजोर एवं सिट संख्या निर्धारण गरेर सञ्चालन गर्न बैठकले अनुमति दिएको हो । यो निर्णयले सटरमा व्यापार व्यवसाय गरेर दैनिक जीविकोपार्जन गर्ने तथा ट्याक्सी चालकलाई राहत मिलेको छ ।

सभा/सम्मेलन, भौतिक रूपमा उपस्थित भएर गरिने सबै किसिमका पठनपाठन, मन्दिरमा दर्शनार्थी आउजाउ, फुटपाथ पसल, सैलुन, ब्युटीपार्लर, क्लब, जिमखाना, जुलुस, जात्रा, महोत्सव, भोजभतेर, होटल, पार्टी प्यालेस, सिनेमा हललगायत भीड हुने क्षेत्रमा लागेको निषेधाज्ञा भने यथावत् रहनेछ ।

स्वास्थ्य र उपचारजन्यलगायत केही क्षेत्रलाई निर्बाध र दैनिक उपभोग्य र अत्यावश्यक सेवाको सूचीमा राखिएका अन्य ढुवानीका सवारीलाई राति ८ बजेदेखि बिहान ११ बजेसम्म गुड्न दिइनेछ । सार्वजनिक र निजी निर्माणजन्य सामान बोकेका गाडी राति ९ बजेदेखि बिहान ५ बजेसम्म गुड्न सक्नेछन् ।


सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङका पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सुन पसल, भाँडा, भान्साजन्य सामग्री, विद्युतीय घरायसी सामान, अटोमोबाइल शोरुम/स्पेयर्स पार्ट्स, मोबाइल तथा कम्प्युटर पसल आइतबार, मंगलबार र बिहीबार ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । हार्डवेयर, बिजुली, सेनिटरी, टायल, मार्बल, फर्निचर, कार्पेटलगायतका पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न सकिनेछ ।

यसअघिको आदेशमा उल्लेखित खाद्यान्नलगायत दैनिक उपभोग्य भान्साजन्य पसल बिहान ११ बजेसम्म र अत्यावश्यक वस्तुको अनलाइन, टेक–अवे र होम डेलिभरी सेवा बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रावधानलाई निरन्तरता दिइएको छ । निजी चारपांग्रे सवारीसाधन (कार/जिप/भ्यान) मा ४ जनासम्म र ट्याक्सीमा ३ जनासम्म राख्न पाइने छ ।


प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्