म एक सहकारी जालसाँझी पीडित : बेहना
बर्दिया । केही दिन अघि प्रधानमन्त्रीले म पनि सहकारी पीडित हुँ भन्नुभयो । सहकारी केन्द्र नेपालले शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएको सामाजिक सञ्जाल मार्फत थाहा पाएँ ।
उहाँले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा समेत गरे । प्राधिकरण बनाएर अघि बढ्ने उनले बताए । प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै सुरु हुने उहाँको भनाइ छ ।
सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यससम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्रीले भन्नुभएको थाहा पाएँ । सहकारीलाई त्यसको मूलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पुँजीवादी बैङ्कजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाइसकेपछि विकृति देखिएको उनको तर्क मलाई अत्यन्तै सत्य लाग्यो ।
म हबिब बेहना, मलाई पढ्न लेख्न त आउँदैन तर बर्दियाको नमस्ते सहकारीले डुबाएको मेरो जिन्दगी सहकारी भन्ने बित्तिकै बारम्बार झस्किरहन्छु ।
मेरो जग्गा नमस्ते सहकारीमा राखेँ त्यो जग्गा रातारात कसरी व्यक्तिको नाममा पुग्यो त्यो आफैँमा जालसाझी हो, उक्त जग्गा विभिन्न व्यक्तिका नाममा गएको छ । सहकारीमा रहेको जग्गा कसरी व्यक्तिको नाममा पुग्यो यो प्रश्न मेरो प्रधान मन्त्रीज्युलाई ।
जालसाँझी गरेर मेरो नामको जग्गा सहकारीमा राखिएको जग्गा जुन अहिले भागेर फरार व्यक्तिबाट त्यसले छोडेका अवशेषमा कसरी गयो ? के यो जालसाँझी होइन ?