Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • आशिष सामाजिक सेवा नेपाल जो नेपाली चेलीको घर बन्न पुग्यो
आशिष सामाजिक सेवा नेपाल जो नेपाली चेलीको घर बन्न पुग्यो देशमा चेलीबेटी बेचबिखन न्यूनीकरणका लागि क्रियाशील संस्था हो आशिष सामाजिक सेवा नेपाल
नेपालकागज
नेपालकागज शनिबार, वैशाख २२, २०८१

आशिष सामाजिक सेवा नेपाल जो नेपाली चेलीको घर बन्न पुग्यो

सन्दिप योगी, काठमाडौँ । यो जीवनको रंगम्ञ्चमा धेरै नायक नायिका हुन्छन् जसले काम गर्दै जान्छ प्रचारको पछाडि लाग्दैनन् तर पनि पत्रकारको भूमिका त्यस्ता सामाजिक संस्थाको काम सेवा भावलाई बाहिर ल्याउनु हो । सधैँ नराम्रो खबर मात्र हुँदैन कति खबरले उत्साह बढाउँछ । जीवनका चक्रहरू चल्दै जान्छ, तन मन र इमानले काम गर्ने संस्थालाई प्राय हामीले देखी राख्थ्यौँ तर ध्यान दिन चुक्यौँ । नेपथ्यबाट चियाएर पर्दाको सानो सुर्को हटाएर हेर्ने हो भने केही समाजसेवीहरूको नाम लिनै पर्ने हुन्छ । हामीले पत्ता लगाउँदा उक्त संस्थाको नाम आशिष सामाजिक सेवा नेपाल रहेछ र उसको बारेमा अनुसन्धान गर्दै जाँदा युवराज विकसँग कुरा भयो । हामीले अनुरोध गरेपछि उहाँले आखिर के हो त आशिष सामाजिक सेवा नेपाल र के कार्य गर्छ तथा गरेको छ भन्ने नालीबेली कोट्याउँदा हामीले थपायौँ समाजको सेवा कसरी नदेखिएर गरिन्छ । तर आज हामी ती नदेखिएका पाटा उजागर गर्छौँ । नेपालमा चेलीबेटी बेचबिखन र मानव तस्करी ठुलो सामाजिक समस्या बन्दै आएको छ । दशकौँ अघिदेखि नेपाली चेलीलाई विभिन्न प्रलोभन देखाएर भारतका वेश्यालयमा बेचिने क्रम अझैसम्म चलिरहनु राज्यकै लागि ठुलो चुनौती हो ।

सीमा नाका हुँदै दिनहुँ जसो छोरी चेलीहरु बेचिनु, वैदेशिक रोजगारीको प्रलोभन देखाएर खाडी तथा अफ्रिकी मुलुकसम्म पुर्‍याएर जबरजस्ती यौन व्यवहारमा संलग्न गराइएका खबर सार्वजनिक हुनुले चेलीबेटी तथा मानव बेचबिखन नेपालका लागि विकराल समस्या र कहिल्यै नमेटिने कलङ्क बन्न पुगेको छ । देशमा चेलीबेटी बेचबिखन न्यूनीकरणका लागि क्रियाशील संस्था हो आशिष सामाजिक सेवा नेपाल जसको प्रतिनिधित्व बुटवलको हेड अफिसबाट युवराज विकले गर्नुहुन्छ  । 

युवराज बिक भन्नुहुन्छ, "बेचिएका चेलीहरूले भोग्नुपरेका शारीरिक, मानसिक र यौन शोषणका वेदनाहरू कहाली लाग्दा हुन्छन्, जसको छाप मानसिक रूपमा ती नेपाली छोरीहरूको शरीर भन्दा गहिराइमा घाउ आत्मा र दिमागमा रहन्छ, त्यसलाई परामर्श सेवा दिएर, सिप सिकाएर आफैँ आफ्नो अस्तित्वको बोध गराउँदै स्वावलम्बी बनाउनुपर्छ । नेपालमा गरिबी, बेरोजगारी र अशिक्षा नै मानव बेचबिखनको एउटा जड हो । चेलीबेटी बेचबिखनको केही कारण भनेकै बेरोजगारी समस्या हो । जीविकोपार्जनका विभिन्न विकल्प खोज्ने क्रममा चेलीबेटीहरू नराम्ररी अपराधीको चङ्गुलमा फस्ने गरेका छन् । जसको अस्मिता जोगाउन हामीले भारत जाँदा परामर्श सल्लाह तथा उमेर नपुगेकाहरूको पारिवारिक मिलन गराउँछ ।"   


आशिष सामाजिक सेवा नेपाल विगत १७ वर्षदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि कार्य गदै आइरहेको मुनाफा रहित सामाजिक संस्था हो । यस संस्थाले लैङ्गिक हिंसा तथा मानव बेचबिखन र त्यसको उच्च जोखिममा रहेको चेलीहरूको रोकथाम तथा सशक्तीकरण, व्यावसायिक पुनर्स्थापना एवम् शिक्षाको अवसरको सिर्जना गरी उनीहरूकै सक्रियतामा सामाजिक विकास तथा चेतनाको स्तरमा अभिवृद्धि गर्ने कार्यक्रमहरू गदै आइरहेको छ ।

उद्धार गरिएका महिला तथा बालबालिकाको पुनर्स्थापना गरी सिप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने व्यवसाय सञ्चालनमा सहयोग गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसको केन्द्रीय कार्यालय 
बुटवल–२ रुपन्देहीमा रहेको छ । 

आशिष सामाजिक सेवा नेपालको परिकल्पना र सोँच यस्तो छ.....  
 मानव बेचबिखन मुक्त, शिक्षित एवम् आत्म निर्भर समाज ।
तथा लक्ष्य यस्तो छ ।  
 लैङ्गिक हिंसा र बेचबिखन प्रभावित तथा त्यसको उच्च जोखिममा रहेका 
चेलीहरूको सशक्तीकरण, व्यवसायिक पुनर्स्थापना एवम् शिक्षाको अवसरको 
सृजना गरी उनीहरुकोै सक्रियतामा सामाजिक विकास तथा चेतनाको 
अभिवृद्धि गर्ने । 
एवं ध्येय यस्तो छ .... 
 मानव बेचबिखन तथा लैङ्गिक हिंसा लगायत सामाजिक असमानता तथा 
कुरीतिका विरुद्ध सुसूचित आत्मनिर्भर एवं व्यावसायिक महिलाहरू । 
 
आशिष सामाजिक सेवाको लक्षित वर्ग 
मानव बेचबिखन प्रभावित चेलीहरू , मानव बेचबिखनको उच्च जोखिममा भएका चेलीहरू, लैङ्गिक हिंसाबाट प्रभावित चेलीहरू,आर्थिक समस्याबाट प्रभावित विद्यार्थीहरू

आशिष सामाजिक सेवा नेपालको कार्यक्षेत्र यस्तो छ .... 
 १. रुपन्देही - (बुटवल बसपार्क, सुनैली, ककरहवा लुम्बिनी), नवलपरासी - महेशपुर, चितवन - भरतपुर, पर्सा - वीरगन्ज,ठोरी, सर्लाही - मलंगवा, कैलाली - धनगढी,गौरीफन्टा, रौतहट - गौर, बाँके– नेपालगन्ज जमुनाहा, बर्दिया - गुलरिया,लौकैया,कपिलवस्तु - कृष्णनगर,कञ्चनपुर - महेन्द्रनगर,गड्ढा चौकी 
 
संस्थाद्वारा सञ्चालित कार्यक्रमहरू ..... 
सीमा निगरानी र परामर्श सेवा तथा सचेतनामूलक कार्यक्रम, सिप विकास तालिम केन्द्र सञ्चालन, व्यवसाय र महिला स्वरोजगार सहयोग कार्यक्रम
छात्रवृत्ति सहयोग कार्यक्रम, शिक्षक सहयोग कार्यक्रम, प्रभावित महिला तथा किशोरीहरूलाई कानुनी सहायता, सचेतना, वकालत तथा पैरवी, समन्वय तथा सहकार्य 
 
१.सीमा निगरानी तथा परामर्श सेवा 
यस संस्थाले मानव बेचबिखन रोकथामको लागी रुपन्देही, पर्सा, नवलपरासी, 
रौतहट, सर्लाही, कपिलवस्तु, बाके, बदिर्या,कैलाली र महेन्द्रनगरमा गरी जम्मा 
११ वटा जिल्लामा १३ वटा सूचना तथा परामर्श केन्द्र स्थापना गरी विभिन्न 
ट्राभल्स एजेन्सी हुँदै भारत तर्फ जान लागेका महिलाहरूलाई मानव बेचबिखन 
सम्बन्धी परामर्श सेवा सञ्चालन गरिएको छ । 
अन्त्यमा समग्रतामा युवराज विक जस्ता पुरुषहरुको आवश्यकता यो समाजलाइ चाहिएको छ समाजले खोजेको छ । यस्ता युवराजहरू धेरै जन्मिन सकुन । जब जब यस्ता बौद्धिक जाग्छन तब परिवर्तनको स्तम्भ समाज बन्न जान्छ र यो कार्य गर्ने, गरिरहेका गर्दैगरेका ती सम्पूर्ण आशिष नेपालका हातहरूलाइ हार्‍दिक धन्यवाद । 


प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १३:५९
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्