अनोज थारू, गुलरिया । केही दिन अघि नेपाल भारतका सीमाका अधिकारीहरूको गोप्य बैठक भयो । उक्त बैठकमा भारतमा हुन लागेको चुनावमा सहयोग मागिएको थियो । भारतीय पक्षका केही गुनासा थिए भने नेपाली पक्षले पनि गुनासाको सम्बोधन गर्दै आफ्नो पृजेन्टेसन दिएको थियो । भारतिय पक्षलाई राम्ररी थाहा थिएन जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी प्रवीण धिताल र सशस्त्रका एसपी चित्रांगत दहाल र कण्ठपुरको प्रस्तावित गुल्मका डिएसपी दिपक कोइरालाका संघर्षका कथा । जे होस नेपाली पक्षले पृजेन्टेसन मात्र नभएर करिब ६ केजी चरेस पक्राउ गरेर देखाइदियो । नेपाल प्रहरी र सशस्त्रमा जनशक्ति कम भएपनि नेपालि पक्षले गरेका वादा, वचन र सहयोगमा कहिल्यै दोहोरो भुमिका खेल्ने छैन भनेर ।
भारतीय पक्षका सुरक्षा अधिकारीहरूले धेरै पत्रकारलाई फोन गरेर के भएको हो भनेर चासो राखे । सायद उनिहरूलाई आफ्ना हाकिमलाई तुरुन्त सुचना प्रवाह गर्नुथियो । त्यसपछि नेपालकागजका राष्ट्रिय सुरक्षा तथा अपराध बिटमा काम गर्ने धेरै पत्रकारहरुका फोन बजे । सबैले मेरो नम्बर थमाइदिए छन । मैले मेरो लुम्बिनी प्रदेश व्युरो प्रमुखको नम्बर सेन्ड गर्दिय र उहाँलाई कन्फ्रेस्न्स कल गरेँ उनिहरुका बिभिन्न सेक्सनका अधिकारीका फोन आए । हामिले भनेउँ प्रहरीले सार्वजनिक गर्नेछ अनि तँपाइहरुलाई प्रहरी तथा सशस्त्र प्रहरीले रिपोर्ट दिनेछ । उनीहरु भन्न थाले भोलीको दिनमा के हामी तँपाइलाई चाहिदैन । प्रमुख योगीले भने, हामी बरु १ महिनामा समाचार एउटा मात्र लेख्छौँ सर तर हाम्रो सिद्धान्त डेफ्थ रिपोर्टिङ हो । रिबन काटेका, होली मिलन, तिज मिलनका लेख्दैनौँ बरु यसका राम्रा र नराम्रा पक्ष उजागर गर्छौँ सो काइन्ड्ली रेस्पेक्टेड सर । आई एम नट ह्युमिलिएटिङ यु प्लिज कन्ट्याक्ट योर काउन्टर पार्ट्स इन नेपाल । भारतका समाचार दिन्छौँ भन्नुभयो त्यसको लागि धन्यवाद, त्यसको लागि हाम्रा बिभिन्न एजेन्सी छन । नेपाल सरकारले नै उपल्ब्ध गराउँछ, तर हिन्दी राम्ररी बोल्न नसकेका लुम्बिनी प्रदेश व्युरो प्रमुख योगीले भने, 'सर i knew not even you, every thing that nature gave or produce will be or will help me, but i can`t give u the information because that is the biggest crime for my soul. I can't share u the information about our sovereignty and national security' अर्थात म मेरो देशको सुचना दिएर राष्ट्रिय तथा भौगोलिक अखण्डताको विरुद्धमा जान सक्दैन । यो मेरो आत्मालाई ठग्नु हो । उनिहरूले भने हामी एक दिन काम आउँछौँ जय हिन्द, मैले र मेरो टिमको तर्फबट कन्फ्रेस कलमा जय नेपाल अन्तिम शब्द थिए ।
आखिर प्रहरी र सशस्त्र प्रहरीले घटना सार्वजनिक गर्यो । नेपाली सुरक्षा निकायलाई जनशक्ति र स्रोत साधनको कमी छ नत्र विश्वमै राम्रो अनुसन्धान गर्न सफल भन्दै पुरस्कृत हेने थिएन ।
अब घटना विवरण
मिति २०८०।१२।१९ गते अन्दाजी ११:३० बजे बिशेष सुचनाको आधारमा यस कार्यालय मातहत प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी गस्ती टोली र सशस्त्र प्रहरीको सयुक्त गस्ती टोलीले नेपाल बाट भारत तर्फ जादैँ गरेकी जिल्ला दाङ लमही नगरपालिका वडा नं. ११ बस्ने बर्ष अन्दाजी ५२ की आशा राई लाई शंका मानि चेकजाँच गर्ने क्रममा निजको शरिर तथा हाते झोला भित्र खैरो रङ्गको प्लास्टिक टेपले बेरी लुकाई छिपाई राखेको अवस्थमा ५ केजी ९२९ ग्राम चरेस (लागु औषध) जस्तो देखिने कालो पदार्थ सहित निज महिलालाई फेलापारी रितपूर्बक नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
के हो त लागू औषध (नियन्त्रण) ऐन
लागू औषध (नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०४३ २०४३।७।२४
२. लागू औषध (नियन्त्रण) (दोस्रो संशोधन) ऐन, २०४४ २०४४।६।९
३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८ २०४९।१।८
४. लागू औषध (नियन्त्रण) (तेस्रो संशोधन) ऐन, २०४९ २०५०।२।३२
५. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५५ २०५५।१०।७
२०३३ सालको ऐन नं. २४
लागू औषधलाई नियन्त्रण गर्न बनेको ऐन
प्रस्तावना : सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्नको लागि लागू औषधको खेती, उत्पादन, निर्माण, खरीद–बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारी
समेतमा नियन्त्रण गर्न वाञ्छनीय भएकोले,
यो ऐन बनेको हो । तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले बनाइएको थियो । जुन पटक पटक समयानुकूल संसोधित भएका छन ।
१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ : (१) यस ऐनको नाम “लागू औषधि (नियन्त्रण) ऐन,
२०३३” रहेकोछ ।
(२) यस ऐनको विस्तार नेपाल राज्यभर हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. ऐनको प्रयोग ः(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा आदेशको विरुद्ध हुने गरी नेपाल राज्यबाट वा नेपाल राज्यभित्र कुनै लागू औषध निकासी वा पैठारी गरी विदेशमा बसी व्यापार गर्ने नेपाली नागरिक वा विदेशीलाई समेतमा यो ऐन लागू हुनेछ ।
(२) उपदफा (१) बमोजिम काम कारवाई गर्ने व्यक्तिलाई निजले सो काम कारवाई नेपाल राज्यभित्र गरेको सरह मानी यस ऐन बमोजिम कारवाई र सजाय गरिनेछ ।
नोट-"विषय वा प्रसंगले अर्को अर्थ नलागेमा नेपालको कानुनले लागूऔषध ब्राउन सुगर कारोबारीलाई हदै सम्मको कारबाही हुने लागू औषध (नियन्त्रण) ऐन, २०३३ मा उल्लेख छ, नेपालको कानुनले यसलाई जघन्य अपराध मानेको छ । भारतमा ब्राउन सुगरमा १-५ लाखमा धरौटिमा रिहा हुन्छ भने भारतमा गाँजा र चरेसमा अत्याधिक दण्दनिय कार्य मान्दै धरौटी खुल्दैन ।
भारतमा लोकसभा चुनाव नजिक आइरहेकोले, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालला भारतिय बित्तीय अनुगमन बिभाग ईडिले पक्राउ गरि जेल चलान गरेको छ । यस्ता बिभिन्न चुनौतीपूर्ण कामको लागी नेपालका सुरक्षा निकाय सँग सुरक्षा मागिएको छ ।