Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बाँकेमा बाढी र डुबानबाट हुनसक्ने क्षति कम गर्न यस्तो छ पूर्वतयारी, २५ हजार घरपरिवारका डेढ लाख प्रभावित हुने पूर्वानुमान
बाँकेमा बाढी र डुबानबाट हुनसक्ने क्षति कम गर्न यस्तो छ पूर्वतयारी, २५ हजार घरपरिवारका डेढ लाख प्रभावित हुने पूर्वानुमान
नेपालकागज
नेपालकागज शनिबार, असार ५, २०७८

बाँकेमा बाढी र डुबानबाट हुनसक्ने क्षति कम गर्न यस्तो छ पूर्वतयारी, २५ हजार घरपरिवारका डेढ लाख प्रभावित हुने पूर्वानुमान

बाँके । बाँकेका स्थानीय तहले बाढी र डुबानबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी थालेका छन् । जिल्लामा राप्ती नदी, मानखोला र डुडुवाखोलामा आउने बाढीले ठूलो धनजनको क्षति गर्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क बनाउँदै पूर्वतयारी गरिएको छ । 

खजुरा गाउँपालिका विपद् व्यवस्थापन समितिले बाढी र डुबानविरुद्ध पूर्वतयारी थालेको छ । गाउँपालिका भएर बग्ने किरण, पेडारी, जेठीनाला र मानखोलाबाट विभिन्न वडामा हुन सक्ने क्षति तथा प्रभावबारे अनुमान गर्दै पूर्वतयारी थालेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्धार, राहत, खाना, बस्न र औषधि उपचारलगायत व्यवस्थापन गर्ने तयारी गरिएको जनाउँदै उहाँले गाउँपालिकाका राजनीतिक दल, नागरिक अगुवा, गैरसरकारी संस्थाका प्रतिनिधिलगायत सम्बद्ध सदस्यबाट प्राप्त सुझावका आधारमा गाउँपालिका व्यवस्थापनमा लागेको बताउनुभयो । 

खजुरा भएर बग्ने किरण, पेडारी, जेठीनाला र मानखोलाबाट जुनसुकै बेला पनि क्षति पुग्ने भएकाले खोला छेउको बस्तीका बासिन्दालाई सावधानी अपनाउन गाउँपालिका अध्यक्ष कक्षपतिले अनुरोध गर्नुभएको छ । 

राप्ती नदीमा आउने बाढीले हुन सक्ने क्षति न्यूनीकरणका लागि राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पनि आवश्यक पूर्वतयारी गरेका छन् । बाढीजन्य विपद्को उच्च जोखिममा रहेको राप्तीसोनारी गाउँपालिकामा राप्ती नदीले हरेक वर्ष डुबान तथा कटानको समस्या र जोखिम निम्त्याउने भएकाले बाढीजन्य प्रकोपबाट जोगिनका लागि जोखिमयुक्त स्थानको पहिचान गरी योजनाअनुसार काम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताउनुभयो । 

बाँकेमा यस वर्षको विपद्बाट २५ हजार घरपरिवारका डेढ लाख सर्वसाधारण प्रभावित हुने पूर्वानुमान गरिएको छ । त्यसैगरी मनसुनबाट करीब १० हजार घरपरिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोतसाधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्य रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । 

उहाँले बाढी तथा प्रकोपको पहिलो सामना गर्ने स्थानीय तह नै भएको जनाउँदै बाढीजन्य प्रकोपबाट हुन सक्ने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्नका लागि विशेष योजना निर्माण गरी कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाकोे विपद् जोखिम प्रतिकार्य योजनाअनुसार स्थानीय तहले पूर्वतयारी गरिरहेको जानकारी गराउँदै उहाँले जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पनि विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य गर्ने जनाउनुभयो । 


प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १३:०१
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्