Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • कण्ठपुर सशस्त्रका केही अधिकारीहरूको संरक्षणमा माछा देखी राँगासम्म तस्करी, सर्वसाधारणलाई भने रोक्ने सास्ती दिने  
कण्ठपुर सशस्त्रका केही अधिकारीहरूको संरक्षणमा माछा देखी राँगासम्म तस्करी, सर्वसाधारणलाई भने रोक्ने सास्ती दिने  
अनोज थारु
अनोज थारु सोमबार, माघ १, २०८०

अनोज थारू, राजेश कुर्मी, रन्जित शाह । नेपाल सरकारले प्रतिबन्ध लगाएको मरेको बैखा (पंगाँस) माछा, राँगा, भैँसी, खसी बोका भारतबाट ल्याएर देशका बिभिन्न ठाउँमा पठाउने गरेको खुलासा भएको छ । खुलेआम भारतको बलेगाउँबाट कण्ठपुर हुँदै केही व्यापारी र सशस्त्र प्रहरी कण्ठपुरको चलखेलमा आउने गरेको छ । यस्तो किसिमको गम्भिर अपराध गर्नुनै संगठनलाई धब्बा लगाउने हो । राती १२ देखी बिहान ४ बजे भित्रमा राँगा ल्याउने बर्दियाका जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्दै मरेका माछा बिक्रीवितरण गर्ने सम्मका अपराधीक कृयाकलाप कण्ठपुर तथा पचासा नाका मार्फत हुने गरेको स्रोतको दाबी छ । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी)ले अहिले गरेको कामले सशस्त्रका कनिष्ठ अधिकारीहरू अत्यन्तै खुशी छन भने आत्मविश्वास बढेको छ । आइजीपी राजु अर्यालले गुनासो सुन्ने डेस्क स्थापनादेखी सिपाही सम्मले आफुलाई परेको पिरमर्का र अन्यायको बारेमा सिधै हटलाइन नंबरमा सम्पर्क गर्न सक्छन् । यस्तो राम्रो काम गर्ने आइजी लगायत सिमा सुरक्षाको कमाण्ड सम्हाल्नुभएका डिआइजी गणेश ठाडा मगर, लुम्बिनी प्रदेश बाहिनिका डिआइजी अभि खत्री, एसएसपी गंगाराम श्रेष्ठले पटक पटक दिएको निर्देशनलाई पालना नगरेको अवस्था अहिले कण्ठपुरमा देखिन्छ ।

यती सम्मकी नेपालकागजका पत्रकारहरूको टिमले गरेको स्टिङ अपरेसनमा रहेको भिडियो हेर्दा सिद्रा माछा समेत आउने गरेको भेटियो । विपन्न र गरीब जनतालाई २०-५० रुपैयाँ मागेर सताउने तर आफु भने लाइन खाएर लाखौंँ रुपैयाँ उठाउने गरेको आरोप लागेको छ । कती सम्म भने कण्ठपुर सशस्त्र क्याम्पबाट सानो चोर् बाटो प्रयोग गरेर राँगा ल्याउने र क्याम्पबाट कालिका आउने चोर बाटोमा दसगजा नजिक भारतको सीमा बाट १००-१५० मिटर नेपालमा एउटा टिनको छाप्रो बनाइएको छ । उक्त छाप्रोमा भारतबाट ल्याएका राँगा काट्ने र नेपालगन्ज पठाउने गरेको विश्वस्त स्रोतको दाबी छ । स्रोतले दिएको भिडियोमा राँगा काटेर भागलगाउन लागेको त देखिन्छ नै जनावरका हड्डी, अस्तिपन्जर तथा टाउकोका हड्डी जम्मा गरेको देखिन्छ । अचम्मको कुरा त के छ भने हड्डि समेत भारत लगेर बेच्ने गरेको जानकारी प्राप्त भएको छ । जनावरको हड्डि सेरामिकको प्लेट बिभिन्न खाले मुर्ती, माला लगायतका वस्तुमा धुलो गराएर मिसाउन काम लाग्ने भएकोले रातारात ति राँगाका टाउकोहरू भारत लगेर बेच्ने गरेको खुलासा भएको छ । साना साना विपन्न वर्गकाले ल्याएको सामान नछोड्ने, जनतालाई दु:ख दिने तर सशस्त्र कण्ठपुरका केही अधिकारीले रातारात तस्करी गराउने गरेको आरोप समेत लागेको छ । सशस्त्र कण्ठपुरका प्रहरी जवान देखी कनिष्ठ सशस्त्र प्रहरीहरु आफ्नै हाकिमबाट पेलिएका छन । स्रोतका अनुसार त्यहाँका हाकिम डिएसपी मोहन केसी सशस्त्र प्रहरी बर्दियाका प्रमुखसँग अनुमती नलिएर राती एक दुई जनालाई लिएर घुमुवा शैलीमा रात रात भर हिँड्ने गरेको आरोप पनि लागेको छ । सशस्त्र कण्ठपुरमा शमशेरगन्ज ब्यारेकबाट डिएसपी आउने परम्परालाई तोड्दै कण्ठपुर सशस्त्र प्रमुख माथीकै पावर लगाएर सिधै आएकाले उनले सशस्त्र बर्दिया प्रमुख र समशेरगन्ज प्रमुखलाई समेत बाइपास गरेर नटेर्ने गरेको स्रोतको दाबी छ । हामीलाई प्राप्त प्रमाण अनुसार तल्लो दर्जाकालाई बोलाएर थर्काउने पेल्ने गरेकाले सशस्त्र प्रहरीहरूनै आफ्नै हाकिमबाट पीडित भएको गुनासो आएको छ ।     

त्यस्तै गोप्य स्रोतका अनुसार सशस्त्रका केही अधिकारीहरूले लाइन खाएर यस्तो दण्डनीय कार्य गर्ने गरेका छन् । हामीलाई प्राप्त भिडियो तथा गरिएको स्टिङ्ग अपरेसनमा कण्ठपुर सशस्त्रका केही अधिकारीहरूलाई पैसा (लाइन ख्वाएर) प्रतिबन्धित बैखा तथा सिद्रा माछा नेपाल आइपुग्ने गरेको खुलासा भएको छ । उक्त अधिकारीले भ्रस्टाचार गरेर संगठनको गरीमामा आँच पुर्‍याउने काम गरेको सबुत र स्टिङ अपरेसनबाट देखिन्छ ।  उक्त भिडियोमा हाम्रा स्रोत को आवाज र अनुहार देखिने भएकाले उनको सुरक्षाका कारणले पत्रकार आचार संहिता २०७३को दफा ४ को उपदफा ८ को १ अनुसार गोप्य स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्ने भएकाले स्रोकारवाला निकाय प्रेस काउन्सिलले मागेमा उक्त भिडियोहरू स्रोतको रक्षा गर्दै उपलब्ध गराइने छ ।

सस्तोमा माछा पाइने लोभमा सर्वसाधारण नागरिकले थाहै नपाएर ती माछा खाएर स्वास्थ नै जोखिममा राखेको अवस्था छ । मरेको भारतीय माछा प्रती किलो २६० पर्छ भने नेपाली माछा प्रती किलो ३५० पर्न जान्छ । सोही कारण सर्वसाधारणले अन्जानवस सस्तोमा पाइएको भन्दै थाहानै नपाएर बीस हालेर मारिएका तथा फर्मालिन जस्ता घातक क्यामिकल प्रयोग गरेर नेपाल ल्याइएको माछा बर्दियाको गुलरिया र मधुवनको हाटबजार र नेपालगन्जका होटेलमा खपत भाईरहेका छन । त्यस्तै भारतबाट भन्सार छली गरी ल्याएका राँगा काटेर मैनापोखर, गुलरिया, शितलाबजार कोहलपुर र नेपालगन्जसम्म पुग्ने गरेका छन ।  

नेपाली नागरिकको स्वास्थ्यमा गम्भीर खतरा हुनेभएकाले यस्ता माछालाई तथा राँगालाई नेपाल सरकारले प्रतिबन्ध लगाएको हो । ल्याउनै परेमा राजस्व तिरेर भेटनरीबाट क्वेरन्टाइन गरेर खसी, बोका, राँगा भैँसी ल्याउन पाईन्छ तर यसरी ल्याउँदा ४-५ वटा राँगाकै लाखौंँ रुपैयाँ भन्सार तिर्नुपर्ने भएकाले दैनिक नेपाल सरकारको राजस्वमा लाखौंँ रुपैयाँ छलेर सेटिङ्गमा काम गरिन्छ ।   

यस्ता खालका माछा, राँगाका मासु, खसी बोकाका कारण राजस्व छली मात्र नभएर आमा जनतालाई विभिन्न खालका दीर्घकालीन रोगहरू लाग्ने सर्वविदितै छ । बिख सरहका माछा खुलेआम हाटबजारमा बिक्रीवितरण हुँदा समेत सरोकारवालाले के हेरेर बसेको छ भन्ने गम्भीर प्रश्न त उठेको नै छ त्यो भन्दा गम्भीर कुरा प्रतिबन्धित ती माछा कसको संरक्षणमा सीमावर्ती क्षेत्र पार गर्दै बर्दियाको बजारमा र आम जनताको भान्सामा पुगेको छ भन्ने प्रश्नको जवाफ कोही सँग नभएको अवस्था छ ।

यता बर्दियाका माछा किसानहरूले अनुगमन गर्ने अधिकार प्राप्त निकाय तथा उपमेयरलाई अनुगमन गरिदिन अनुरोध गर्दै सक्रियता देखाउन आग्रह गरेका छन् । यस्तो प्रतिबन्धित माछा बिक्रीवितरण गर्नेगराउनेलाई भेटाइएमा कानुन बमोजिम ५० हजार सम्म जरिवाना तथा ३ वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ । त्यस्तै यसरी लाखौंँ रुपैयाँ खाएर कण्ठपुरको नाकाबाट के-के आइरहेको छ भन्ने गम्भिर प्रश्न उठेको छ । कतै हातहतियार तथा गोली त आएको छैन ? एउटा गोली नेपाल छिर्नु भनेको एउटा घर नष्ट गर्नुहो । त्यो एक गोलीले कसैको सिन्दुर पुछिन सक्छ, कसैको बुवाले आफ्नै छोरालाई अर्थिको काँध दिनुपर्ने हुन सक्छ । 

यो रिपोर्टको अन्त्यमा समग्रमा भन्नुपर्दा सशस्त्र प्रहरीले जनताको राजस्वबाट तलब खाएपछी काम नै गर्नु छैन तथा काम गर्ने ईमान्दारलाई झ्याँको झारिन्छ भने उक्त क्याम्प नराखेमा राम्रो होला कम्तिमा नेपाली जनताले खाडीबाट पठाएको, किसानले पसीना बगाएको, रोजगार बिहिन युवाले गोली खाएर पनि देशलाई राजस्व बुझाएर तँपाइलाई तलब दिनुपर्ने किन ? एक अर्धसैनिक बल कण्ठपुरको प्रमुख जस्तो ब्यक्ती आफ्नो स्वाभिमानलाई कुल्चेर २-३ जना आसेपासे लिएर बोर्डरमा हिँड्नु पर्ने अवस्था के ? भोलीका दिनमा सुरक्षाको प्रश्न आउला, यसरी हिँडिँदिँदा भोली सुरक्षा भएन भने फेरी त्यही क्षेत्रका प्रहरी जवान तथा कनिष्ठ प्रहरी, सशस्त्रका जवानको जागिर जानसक्छ । यती सम्म पनि नसोँचेर आफ्नो अर्धसैनिक बलको नाममा धब्बा लगाउने कार्य कसैलेपनी गर्नुहुँदैन ।  


प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १२:५४
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्