Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • ईलाका प्रहरी कार्यालय ढोढरी,भग्रैया र कोठियाघाटबाट चिनी र मल तस्करी, प्रहरी नै संलग्न भएको दाबी
ईलाका प्रहरी कार्यालय ढोढरी,भग्रैया र कोठियाघाटबाट चिनी र मल तस्करी, प्रहरी नै संलग्न भएको दाबी
अनोज थारु
अनोज थारु मंगलबार, फागुन १५, २०८०

अनोज थारू, सुरज श्रेष्ठ (बर्दिया, नेपालगन्ज), लुम्बिनी प्रदेश ब्युरो) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३-४-५ र ६ नम्बर वडाका जंगलबाट बाट धमाधम चिनी तस्करी भैरहेको छ । सीमावर्ती नाकाबाट राती ७ बजे देखि १२ बजेको बिचमा र बिहान ४ देखि ७ बजेसम्म तस्करी हुने गरेको विश्वस्त स्रोतले नाम नखोल्ने शर्तमा बतायो । 

ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बखत बहादुर शाहीसँग यस विषयमा बुझ्न तथा निस्पक्षताको सिद्धान्त अनुसार फोन सम्पर्क गर्दा आफू मिटिङमा रहेको बताए । उनलाई मिटिङ सकिएपछि मिसकल दिन अनुरोध गरिएको थियो । तर उनले फोनमा मिसकल पनि गरेनन् न त पुन: पटक-पटक फोन गर्दा समेत उठाए । 

ईलाका प्रहरी कार्यालय ढोढरी मातहतका भग्रैया चौकी तथा कोठियाघाट चौकी नजिकैबाट जंगलै जंगल चिनी ओराली बजारहुँदै पुर्वपश्चिम राजमार्ग सम्म पुग्ने गरेको स्रोतको दाबी छ । उक्त चिनी बाँसगढी, बग्नाहमा त खपत हुन्छ नै नेपालगन्ज कोहलपुर दाङ सुर्खेत तथा काठमाडौं समेत पुग्ने गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय बर्दियाका तत्कालिन एसपी सुधीर राज शाहीले नाकामा कडाइ गर्दै ईमान्दारलाई प्रोत्साहित गर्ने तथा लाइन खानेलाई ठाउँका ठाउँ कारबाही गर्ने रणनीति लिएपछि सेटिङमा खसी, बोका, प्रतिबन्धित मरेको बैखा पंगास फेमिलाइन भन्ने अत्यन्त घातक क्यामिकल हालेका माछा मधुवनको हाटबजारसमेतमा हाकाहाकी बेच्दा समेत त्यहाँका इन्चार्ज थाहा नभए जस्तो गरेर बसेको भन्ने आरोप नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।

उनले भने, "हामीलाई १०० रुपैयाँ भन्दा बढीको सामान ल्याए कचकच गर्ने, घरायसी सामान ल्याउँदा समेत थर्काउने, झस्काउने त्रासमा राख्ने तर तिनै प्रहरीहरू नै रातभर चिनी, कपडा र मोटरसाइकल तथा सवारीसाधनका पार्टपुर्जा तस्करी गर्नेलाई नदेख्या जस्तो गर्ने ? यही हो न्याय ? स्रोतका अनुसार नेपाल तिरबाट ब्रीक्स नामक रक्सी र खुकुरी चुरोट पास हुन्छ भने उताबाट प्राय घरपाला रक्सी बनाउन प्रयोग गरिने दबाई र चिनी स्थानीय स्तरमै खपत हुन्छ भने त्यहाँबाट बग्नाह हुँदै देशका वभिन्न ठाउँमा मोटरसाइकलका पार्ट्पुर्जा तथा किराना सामान र बोइलर कुखुरा पास हुने गरेको स्रोतको दाबी छ ।

बर्दियामा सुधीर राज शाही आएपछि तस्करीका सामान मात्र नभएर ब्यक्तिहरू समेत पक्राउ परिरहेको अवस्था थियो भने अहिले आएका एसपीले यो प्रकरण मिडियामा आएपछि मिहिन र गोप्य रूपमा अनुसन्धान थालिसकेको जानकारी प्राप्त भएको छ । त्यसैले अहिले ढोढरी, भग्रैया र कोठियाघाटबाट तस्करले प्रहरीलाई लाइन नै बुझाएर उक्त क्षेत्रलाई गोल्डेन ट्राएंङगलको रूपमा प्रयोग गर्ने गरेको दाबी गरिएको छ ।

स्रोतका अनुसार एक बोरा ५० किलोको चिनीमा भन्सार छलेर तस्करी गरेर तस्करले ल्याएमा उसलाई १ हजार देखि १ हजार ४०० सम्म नाफाहुन्छ । स्रोतको दाबीलाई मान्नेहो भने बाघ लाग्ने जंगलमा सानो सानो बन्चरो लिएर सामुहिक रुपमा संगठित भएर संगठित अपराध गर्दै तस्करहरूले रातारात १०० देखि १ सय ५० बोरा चिनि तस्करी गरेर विभिन्न ठाउँमा खपत गराउने गरेको र भण्डारण गरेर देशका विभिन्न ठाउँमा पुर्‍याउन भुमिका खेल्ने र प्रहरी र सशस्त्र प्रहरीलाई महिनावारी बुझाएर लाइन खोलेर सबै मिलेर यस्तो सम्मको आपराधिक कृयाकलापमा स्थानीय प्रहरीको संरक्षणमा भैरहेको गोप्य स्रोतले बतायो ।

यस विषयमा उद्योग वाणिज्य संघ बर्दियाका वरिष्ठ उपाध्यक्ष तथा ग्याँस बिक्रेता संघ लुम्न्बिनी प्रदेश सचिव ईन्द्र कुमार श्रेष्ठले तस्करी बन्द गराउन प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धान ब्युरो लगायत नेपाली सेनाको खुफिया एजेन्सी डिएमआइलाई परिचालन गरेर तस्करी गराएर अर्थतन्त्र धरासायी पार्न जो कोही भए पनि कारबाहीको दाएरामा ल्याउन पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "यस्ता सुचना हामी माझ आएका थिए तर नेपालकागजले प्रमाण सहित गरेको स्टिङ अपरेसन हेर्दा प्रहरी र सशस्त्रको संरक्षण बिना यस्तो कार्य संगठित रुपमा हुन नसक्ने बताउँदै सरोकारवालाको ध्यानाकर्षण गराउने बताउनुभयो । हाम्रा व्यापारी साथीभाई राजस्व तिरेर सामान ल्याउने तर केही कुपात्रहरूले भन्सार छली गरेर ल्याएर विभिन्न प्रकारका सामान ओसारपसार गर्ने हो भने देशकै अर्थतन्त्र हल्लिन्छ । यो अक्षम्य अपराध हो । यी भिडियोका आधारमा छानबिन समिति गठन गर्न माग गर्दछु र हाम्रा व्यापारी वाणिज्य संघका सबै सदस्यलाई म यो कार्य गरेर देखाउँछु र आगामी निर्वाचनमा सही नेतृत्व चयन गरेर साथ दिएमा बर्दियाको तस्करीको नेक्सस सञ्जाल भत्काउने प्रण र कसम लिन्छु ।"

ईलाका प्रहरी कार्यालय ढोढरी मातहतमा पर्ने धनौरा चौकी तथा कोठियाघाट चौकी नजिकैबाट तस्करी हुने गरेको स्टिङ अपरेसनमा देखिन्छ । उक्त स्टिङ अपरेसन प्रेस काउन्सिल नियमावली अनुसार स्रोतको रक्षा गर्ने पत्रकारको पहिलो धर्म निभाउँदै सार्वजनिक नगरेतापनी सम्बन्धित सरोकारवाला निकाय प्रेस काउन्सिललाई उपलब्ध गराउने निर्णय भएको छ । यता धनौरा चौकीका इन्चार्ज र कोठियाघाटका इन्चार्ज आफ्नो मातहतमा नपर्ने भन्दै दाबी गरेका छन् भने उक्त क्षेत्र ईलाका प्रहरी कार्यालय ढोढरी मातहत पर्छ । घुमाउरो पाराले भन्दा स्रोतका अनुसार एसपीलाई खेलाएर पैसाको खोला बगिरहेता पनि यो विषय प्रहरीको डरले बाहिर ल्याउन सबै डराएको अवस्था छ ।

एक किसानले भने बिहान ५ बजे देखि माछा, आलु प्याज खुर्सानी बेच्न भारतीय व्यापारीको लस्कर सीमाबाट आउँछ । के यो प्रहरीको संरक्षणमा गरिएको होइन ? के यो ईलाका प्रहरी कार्यालय ढोढरीका इन्स्पेक्टर साबको कमाण्ड एण्ड कन्ट्रोलको कमजोरी होइन ? एसपी तस्करलाई समात्ने इन्स्पेक्टर संरक्षण दिने यहि हो हाम्रो देशको नियती ? 

नोट -यो रिपोर्ट तयार पार्दा अहिलेका नेपाल प्रहरी जनपथका एसपी प्रविण धिताल र सशस्त्रका एसपी चित्रांगत दहाल रहेका थिएनन् । तत्कालिन अवस्थामा जिल्ला प्रहरी कार्यालयमा एसपी सुधिर राज शाही थिए भने सशस्त्रका प्रमुख हर्क शाही थिए । यश अघि पनि नेपालकागजले समाचार प्रकाशण गरेपछि राजापुर भन्सार कार्यालय बर्दियाका प्रमुखको नेतृत्वमा सशस्त्र प्रहरी सहायक निरीक्षक मंग्रु चौधरीको कमाण्डमा गएको टोलीले सोही ठाउँबाट १०३ केजी जहर हालेर मारिएको नेपालमा प्रतिबन्धमा परेको सिद्रा माछा करिब १ लाख ३ हजार र बैखा पंगास माछा सहित अन्य सामानहरू सोही क्षेत्रबाट पक्राउ गर्न भन्सारको राजस्व गस्ती टोलीले भेटाउन सफल भएका थिए भने एसपी सुधिर राज शाहीले त ४ जना तस्करलाई तस्करीका सामान सहित पक्राउ गरेर अनुसन्धानका लागि भन्सार कार्यालय बुझाएका थिए । अहिले भने समाचार प्रकाशन प्रशारण भएपछि र सोही ठाउँबाट भन्सारको गस्ती टोलीले फेमलाइन भन्ने अत्ञ्तै खतरनाक क्यान्सरको मुल जरो रहेको क्यामिकल प्रयोग भएको करिब ६० केजी बैखा पंगास माछा पक्राउ गफ्न सफल भएको थियो । आफ्नो क्षेत्रमा भन्सार टोलीले बोइलर कुखुरा, नेपाल सरकारले नै प्रतिबन्ध लगाएको बैखा पंगास माछा र सिद्रा माछा गरि करिब २ लाख बराबरको तसकरीका सामान बरामद भएपछि त्यहाँका प्रहरी अधिकारीको अकर्मण्यता र अक्षमता छताछुल्ल भएको अवस्था छ । यश विषयमा ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरिक्षक तथा प्रमुखले आफू मिटिङ मा रहेको बताए।

अहिलेका एसपी प्रविण धिताल र सशस्त्रका चित्रांगत दहालले नाका अत्यन्तै कडा पारेका छन् ।


प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  २०:००
#बर्दिया #अपराध #सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्