Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माइतीघरमा मन्त्री, सांसद पक्राउ पर्दा गृहमन्त्री छुटाउन गए, बालकुमारीमा प्रदर्शन गर्दा युवालाई गोली ठोके
माइतीघरमा मन्त्री, सांसद पक्राउ पर्दा गृहमन्त्री छुटाउन गए, बालकुमारीमा प्रदर्शन गर्दा युवालाई गोली ठोके
नेपालकागज
नेपालकागज मंगलबार, पुस १७, २०८०

काठमाडौँ । एउटा अचम्मको नाटक मञ्चन भएको छ । मन्त्री सांसद धोती दिवस मनाउन जाँदा पक्राउ परे तर गृहमन्त्री नारायण काजी श्रेष्ठ हात जोड्दै प्रहरी हिरासतबाट छुटाएर लगे । तँ कुट्या जस्तो गर म रोया जस्तो गर्छु भनेझैँ बिभिन्न नाटक अहिले काठमाडौँमा भैरहेको छ । केही दिन अघी कोरियामा रोजगारी पाउन ईपिएसको फारम भर्न पाउनुपर्छ भनेर प्रदर्शन गर्ने युवालाई सरकारले गोली ठोक्यो । या देशमा रोजगारी देउ हैन भने बाहिर गएर कमाएर घर परिवार पाल्छौँ भन्दै आन्दोलनमा उत्रिएका युवालाई अत्याधिक बल प्रयोग गरेर गोली लाग्दा तथा लाठी बर्साउँदा दुई होनहार २२-२३ वर्षका नवजवानको मृत्‍यु भयो । त्यस्तै आन्दोलनमा उत्रेका मन्त्री, सांसदलाई भने गृहमन्त्री आफै छुटाउन गए ।

अब घटना विवरण, किन परे त मन्त्री सांसद पक्राउ ? 

धोतीमा सजिएर ‘राष्ट्रिय धोती दिवस’ मनाउन निषेधित क्षेत्रमा निस्किएका जनमत पार्टीका नेता–कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ । मन्त्री नै गिरफ्तारमा परेकी छिन् । निषेधित क्षेत्र तोकिएको माइतीघर मण्डलामा धोती दिवस मनाएको भन्दै सोमबार प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित सामान्य प्रशासनमन्त्री अनिता साह र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानसहित ५३ नेता–कार्यकर्तालाई पक्राउ गरेर दिनभर नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा जनमत पार्टीका उपाध्यक्ष दीपककुमार साह, सचिव बिपी साह, प्रवक्ता शरदसिंह यादवलगायत पदाधिकारी तहका नेताहरू पनि थिए । पक्राउ परेका सबैलाई नेपाल पुलिस क्लबमा लगिएको थियो भने पक्राउको विरोधमा मन्त्री साहले क्लबभित्रै अनशन बस्ने चेतावनी दिएकी थिइन् ।

जनमत पार्टीको भ्रातृ संगठन विद्यार्थी जनमत संघको आयोजनामा बिहान ८ बजे ‘माइतीघर मण्डला’मा धोती दिवस मनाउने कार्यक्रम तय भएको थियो । प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम नगर्न भनेपछि जनमतका कार्यकर्ताहरू धोतीमा सजिएर बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भेला भएका थिए । राष्ट्रिय धोती दिवस लेखिएको ब्यानरसहित उनीहरू उपस्थित भएका थिए । आफू त्यहाँ पुग्नासाथ प्रहरीले सांस्कृतिक पहिरन लगाएर उभिएका नेता–कार्यकर्तामाथि धरपकड गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए ।

‘हामीले ०७१ सालदेखि नै जनवरी १ तारिखका दिन धोती दिवस मनाउँदै आएका छौँ,’ राउतले भने, ‘माइतीघरमा निषेधित भनेपछि साथीहरू आर्ट काउन्सिलमा जम्मा हुनुभएको थियो । जब म त्यहाँ पुगेँ, प्रहरीले धरपकड गर्न सुरु गर्‍यो । हाम्रो कुनै राजनीतिक र्‍याली थिएन । हामी सांस्कृतिक पहिरन लगाएर हिँडेका थियौँ । माइतीघरमा पुगेर एउटा तस्बिर मात्रै खिचाउने कार्यक्रम थियो । धरपकड भएपछि हामीले धोती दिवस मनाउन पाउनुपर्छ भनेर नाराबाजी गर्‍र्यौँ । त्यही क्रममा प्रहरीले हामीलाई पक्राउ गर्‍यो ।’

प्रहरीले भने प्रदर्शनमा सहभागीहरू प्रहरीको घेरा तोड्दै अघि बढेपछि नियन्त्रणमा लिएको बताएको छ । तर, सरकारभित्रै रहेको दलको नेता तथा मन्त्री पक्राउ पर्नुले सरकारको विभेदपूर्ण चरित्र उदांगो गरेको राउतको आरोप छ । ‘हाम्रा केही साथीहरूलाई हात हालेर गिरफ्तार गरियो, उपाध्यक्ष दीपककुमार साहलाई घुँडामा चोट नै लाग्यो,’ राउतले भने, ‘यसलाई सकारात्मक तरिकाले लिने कुरा हुँदैन । नेपालमा विभिन्न जातजाति भेषभूषा छन् । सबैले राष्ट्रिय पोसाक दिवस मनाइरहँदा हामीले हाम्रो सांस्कृतिक पोसाक धोती लगाएर मनायौँ । सबैले आ–आफ्नो पोसाक लगाऔँ भन्ने मान्यता हो । तर, यहाँ धोती लगाउने स्वतन्त्रता छैन जस्तो देखियो ।’

बहालवाला मन्त्री, पार्टी अध्यक्ष र संसदीय समितिका सभापतिलाई नै यसरी पक्राउ गर्दा आमसर्वसाधारणलाई राज्यले गर्ने व्यवहारमाथि झन् शंका गर्ने ठाउँ उब्जिएको राउतको भनाइ छ । ‘क्याबिनेटकै मन्त्री, पार्टी अध्यक्ष, संसदीय समितिका सभापतिलाई यसरी पक्राउ गरेपछि हामीकहाँ कुन स्तरको लोकतन्त्र रहेछ,’ राउतले प्रश्न गर्दै भने, ‘यो त मधेशी भनेरै हेपेको हो कि ? जब कि निषेधित क्षेत्रमा हामी गएकै थिएनौँ । पछि प्रहरीले तितरबितर बनाएपछि त्यहाँ पुगिएको थियो । त्यहाँ फोटो खिचाउने कार्यक्रम मात्रै थियो ।’

पक्राउपछि गृहमन्त्री र प्रहरी प्रमुखलाई सभामुखको फोन

नेपालको संविधानमा कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने व्यवस्था छ । तर, प्रहरीबाट कुनै जानकारी नआएपछि सभामुख देवराज घिमिरे स्वयंले चासो राखेका थिए । सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरसँग फोन गरेर पक्राउबारे जानकारी लिएका थिए । ‘फोन सम्पर्कमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले हिरासतमै गएर माननीयहरूलाई छुटाउने बताउनुभयो । लगत्तै, भृकुटीमण्डप पुगेर गृहमन्त्रीले माननीयहरू छुटेको जानकारी दिनुभएको थियो भने आइजिपीले घटनाबारे जानकारी गराउनुभएको थियो,’ सञ्चारविज्ञ घिमिरेले भने । 

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सभामुख घिमिरेलाई फोन गरेपछि उनले यसबारे चासो लिएका थिए । ‘यो कुन प्रकारको अराजकता हो,’ भन्दै खानले पुलिस क्लबभित्रैबाट सभामुखलाई फोन गरेका थिए । त्यसपछि दिउँसो ३ बजेतिर गृहमन्त्री श्रेष्ठ स्वयं गएर उनीहरूलाई रिहा गराएका थिए । ‘गृहमन्त्रीज्यू आउनुभयो र ‘तपाईंहरू निषेधित क्षेत्रमा जानुहुँदैन थियो,’ भन्नुभयो,’ राउतले भने, ‘खासमा माइतीघरलाई निषेधित क्षेत्र यसरी महिनौँसम्म घोषणा गर्न मिल्दैन । सदन अहिले बन्द भएको छ । माइतीघर पनि निषेधित छ । जनताले आफ्नो आवाज कहाँ उठाउने, विरोध कहाँ गर्ने ? यो त जनतामाथि राज्यले गरिरहेको दमन नै हो ।’


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:२०
#सुरक्षा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्