Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको दबाबमा कारबाहीमा परेका डिएसपी ओझालाई लैनचौरमा सरुवा गरेर पुरस्कृत गरियो
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको दबाबमा कारबाहीमा परेका डिएसपी ओझालाई लैनचौरमा सरुवा गरेर पुरस्कृत गरियो
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी बिहीबार, असोज ११, २०८०

काठमाडौं । स्थानीय तहको निर्वाचन राम्रोसँग सम्पन्न गर्न नसकेको भन्दै कारबाहीको सूचीमा रहेका डिएसपी चर्तुभुज ओझालाई लैनचौर वृत्तमा सरुवा गरेर पुरस्कृत गरिएको छ । विपक्षीमाथि चरम दमन गरेको र बाजुराको बुढीगंगा नगरपालिकामा ज्यान जाने गरी सुरक्षा व्यवस्था कमजोर बनाएको भन्दै उनलाई कारबाही गरिएको थियो ।

निर्वाचन आयोगले पनि बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपेन्द्रराज पौडेल र डिएसपी ओझालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, उनै ओझालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको दबाबमा लैनचौर पठाइएको स्रोतले जनाएको छ ।

उनी बाजुरामा रहेका बेला अखिलका केन्द्रीय सदस्य चेतन ऐडीको हत्या भएको थियो । तत्कालीन समयमा हत्यारा पनि फरार रहेका थिए । कोहीलाई युवासंघका नेताहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । ‘कार्यक्षेत्रमा निकै कमजोर रहेका डिएसपी ओझालाई ठमेल जस्तो संवेदनशील क्षेत्रको सुरक्षामा खटाइएको छ’, स्रोतले भन्यो ‘उनकै कारण काठमाडौं परिसरका भूपेन्द्र खत्री र कुमोद ढुंगेल असफल हुने खतरा छ ।’
गत वर्षको वैशाख ३० गते भएको मतदान कार्यमा सिडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझा तथा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरेका थिए । निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने ठहर गर्दै आयोगले उनीहरुलाई कारबाही गरेको थियो ।

डिएसपी ओझा जहाँ बसेपनि विवादमा आउने प्रहरी अधिकारी हुन् । बाजुराभन्दा अघि रौतहटको इप्रका गरुडामा बस्दा पनि उनी विवादित बनेका थिए । गरुडामा एक अपहरण प्रकरणमा उनी विवादमा आएका थिए । यस्तै विवादितहरूले परिसरमा कब्जा जमाइरहेका छन् ।

विगतमा काजमा आएका पवन भट्टराई अहिले सरुवा भएको स्थानमा पनि नगई बसेका छन् । दुई वर्षदेखि काठमाडौं परिसरमा काजमा रहेका डिएसपी भट्टराई गत वर्षको माघ १९ गते प्रहरी हेडक्वाटरले इटहरीमा दरबन्दी कायम गरेर सरुवा गरेको थियो । तर, भटराई इटहरी जान नमानेपछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत डिएसपी माधवप्रसाद काफ्लेलाई पठाइएको थियो ।

अहिले पनि उनको सरुवा रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको कन्ट्रोल शाखामा भएपनि उनी रात्रीकालिन डिउटी गर्ने भन्दै परिसरका बसेका छन् । उनको खास काम देखिएको छैन । तर, महाराजगन्ज वृत्तबाट भर्खरै परिसरमा पुगेका डिएसपी अंगुर जिसीले भने तीनकुनेमा चार जनाको हत्यारा ३० घण्टामै पक्राउ गरेर आफूलाई थप अब्बल प्रमाणित गरिदिए ।

एसएसपी भूपेन्द्र खत्री कोरिया गएको बेला परिसरको निमित्त प्रमुख भएका एसपी कुमोद ढुंगेलको कमाण्डमा डिएसपी जिसीको कामलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले खुलेरै प्रशंसा गरेका थिए । खत्री, ढुंगेल र जिसीलाई तुलनात्मकरुपमा व्यवसायिक प्रहरी अधिकृत मानिन्छ ।

 


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्