Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • घट्टकै भरमा चलेको जिन्दगी
घट्टकै भरमा चलेको जिन्दगी
नेपालकागज
नेपालकागज मंगलबार, वैशाख १२, २०८०

सन्तोष महतारा, रेसुङ्गा । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग बढेसँगै  परम्परागत प्रविधि लोप हुँदै गएका छन् । तर, गुल्मीका दुर्गम बस्तीमा अझै पनि कुटानी–पिसानीका लागि परम्परागत पानी घट्टको प्रयोग कायमै छ ।

जिल्लाको मालिका गाउँपालिकाका केही स्थानमा पानी घट्टको प्रयोगबाट अझै पनि कुटानी–पिसानी हुने गरेको छ । एकातिर यसले परम्परागत प्रविधि जोगाएको आभास हुन्छ भने अर्कोतिर दुर्गम बस्तीका नागरिकले झेल्नुपर्ने समस्या प्रस्ट हुन्छ ।

मालिकाको ह्वाङ्दी क्षेत्रमा हालसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन । एकझर पानी परे ह्वाङ्दीको सम्बन्ध जिल्ला सदरमुकाम तम्घास मात्र नभई गाउँपालिकाको केन्द्र अर्खबाङ्गसँग पनि टुट्छ । यस क्षेत्रका नागरिक हालसम्म पनि बिजुली र बाटोको सहज पहुँचबाट बञ्चित छन् । तर, लोप हुँदै गएको पानी घट्टको प्रयोगलाई भने स्थानीयवासी गर्व गर्दछन् ।

स्थानीय पानी घट्ट सञ्चालक धनवीर घर्तीले बाबुबाजेकै पुस्तादेखि सञ्चालनमा रहेको घट्ट हालसम्म यथावत् रहेको बताउनुभयो । “पानी घट्टमा पिसेको अन्नपात मिलमा भन्दा गुणस्तरीय हुन्छ”, उहाँले भन्नुभयो, “यहाँका सबैले घट्टमै पिसेको अन्नपात खान्छौँ ।” पछिल्लो पुस्तामा हराउँदै जाने चिन्ता रहेको उहाँले बताउनुभएको छ ।

स्थानीयवासी उपभोक्ता यमबहादुर विकले पानी घट्ट गरिबीको सारथी बनेको बताउनुभयो । कम मूल्यमा अन्नपातको कुटानी–पिसानी गरेर प्रयोग गर्न सकिने भएकाले घट्ट अत्यन्तै उपयोगी हुने गरेको उहाँ बताउनुहुन्छ । “हामीले पुराना प्रविधिलाई जोगाएका छौँ”, उहाँ भन्नुहुन्छ, “हामी आफैँले बनाएका घट्ट हाम्रा लागि सबैथोक हुन् ।” उहाँले आफूहरूकै सीपबाट घट्ट बनाएको बताउनुभयो । आगामी दिनमा यसलाई सुधारिएको घट्टका रुपमा विकसित गर्नुपर्ने विकले बताउनुभएको छ ।

मालिकाको यस क्षेत्रमा घट्टकै भरमा दैनिकी चलिरहेको छ । यहाँ खेतीकिसानी गरेर पानी घट्टकै भरमा दैनिकी क्रियाकलाप चलिरहेका छन् । यहाँका स्थानीयवासी पानी घट्टमा पिसेको अन्नपात गुणस्तरीय, लामो समयसम्म टिक्ने, खानामा मीठो र कुटानी–पिसानीका लागि सस्तो हुने बताउनुहुन्छ ।

स्थानीय उपभोक्ता ८४ वर्षीया दिलमाया घर्तिमगर आफूले स्मरण गर्ने दिनदेखि नै पानी घट्ट लोकप्रिय भएको बताउनुहुन्छ । उहाँले आफूहरूभन्दा अघिल्ला पुस्ताले नै पानी घट्टको भरमा दैनिकी चलाएको स्मरण गर्नुभयो । “पानी घट्टबाहेक अरूमा पिसेको अन्नपात कहिल्यै प्रयोग गरिन्”, उहाँ भन्नुहुन्छ, “हाम्रो गाउँमा घट्टबाटै दैनिकी चलेको छ ।” उहाँ उपभोक्ताले निकै सस्तो कुटानी–पिसानी गर्न पाउनुभएको छ ।

अर्का स्थानीय उपभोक्ता ७७ वर्षीया देउमती घर्तीले पानी घट्ट सस्तो, अन्न ढिलोसम्म टिक्ने र स्वादिष्ट हुने बताउनुहुन्छ । अनेत्र बिजुली र बाटो पुगेर विकास भएपछि पानी घट्ट हराएको उहाँले स्मरण गराउनुभयो । “विकास भएपछि पुराना प्रविधि हराउँदै जाने रहेछन्”, उहाँले भन्नुभयो, “यहाँ विकट भएर घट्ट रहे पनि पछिसम्म टिकाउनुपर्छ ।”

ह्वाङ्दी क्षेत्रका स्थानीवासी पानी घट्टमा अन्नपात कुटानी–पिसानी गर्दा सस्तो र स्वादिष्ट हुने बताउनुहुन्छ । बिजुलीबाट चल्ने मिलको तुलनामा आधाभन्दा बढी सस्तो मूल्यमा पानी घट्टमा कुटानी–पिसानी हुन्छ । साथै पानी घट्टमा पिसेको अन्नपात वर्ष दिनसम्म राख्दा पनि स्वादिष्ट हुने गर्दछ ।

स्थानीय उपभोक्ता टोपबहादुर घर्तीले घट्टमा पिसेका मकै, कोदो र गहुँ लामो समयसम्म राख्दा पनि निकै स्वादिष्ट हुने बताउनुभयो । “घट्टमा पिस्दा निकै सस्तो र स्वादिष्ट हुन्छ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधिभन्दा आफैँले बनाएको घट्ट लाभदायी हुनेगर्दछ ।” उहाँले घट्टमा पिसेको पीठो खाना निकै मीठो हुने बताउनुहुन्छ ।

अर्का स्थानीय विष्णुबहादुर घर्तीले पनि पानी घट्टमा पिसेको अन्नपातलाई अहिलेका आधुनिक मिलसम्म तुलना गर्न नसकिने बताउनुहुन्छ । घट्टमा पिसेर लामो समय राख्दा पनि किराहरु नलाग्ने उहाँले बताउनुभयो । “घट्टमा पिस्दा आर्थिक भार बढ्ने कुरा भएन”, उहाँले भन्नुभयो, “स्वास्थ्यका लागि पनि अन्नपात निकै लाभदायक हुन्छ ।” उहाँले सकेसम्म घट्टमा पिसेको अन्नपात प्रयोग गर्नु राम्रो हुने बताउनुभयो ।

स्थानीय घट्ट सञ्चालक सुन्तले विकले खोला सुक्दै गएकाले घट्ट चल्न समस्या भएको गुनासो गर्नुभयो । “पानी सुक्दै गएपछि घट्ट चलाउन समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “वर्षायामको समयमा मात्र चलाउँदै आएका छौँ ।” पानी घटेपछि हिउँदमा घट्ट चलाउन नसकिएको उहाँले बताउनुभयो । तुलानात्मक रुपमा हेर्दा पानी घट्टमा पिसेको खाना राम्रो हुने भए पनि पानी अभावले समस्या बल्झिँदै गएको छ ।

स्थानीय उपभोक्ता रेखा खड्काले पानी घट्टलाई पछिल्लो पछिल्लो पुस्तासम्म निरन्तर टिकाइराख्न आवश्यक रहेको बताउनुभयो । तर, दिगो सञ्चालनका लागि कसैले ध्यान नदिँदा पानी घट्ट विस्थापित हुने चिन्तामा खड्का हुनुहुन्छ । “बिजुली मिलमा महँगो पर्छ र अन्न छिट्टै बिग्रन्छ”, उहाँ भन्नुहुन्छ, “पानी अभावले घट्ट हराउने चिन्ता हामीमा छ ।” पानीका मुहान सुक्दै गएकाले अन्य मूलको पानी मिसावट गरेमा मात्र घट्ट निरन्तर चल्ने सक्ने उहाँको भनाइ छ ।

मालिकाको यस क्षेत्रमा बिजुली नपुग्दा समस्या छ । बिजुली आएपछि विकासका आयाम फेरिने आशामा स्थानीयवासी हुनुहुन्छ । तर, बिजुली नआउँदा अन्य प्रविधि भित्र्याउन नसकेपछि पानी घट्टको बाध्यता कायम रहेको हो । बिजुली नआउँदा आफूहरू अन्धकारमा बस्नुपरेको स्थानीय पुतली विकले बताउनुभयो । “बिजुली नहुँदा अन्य विकास पनि भएन”, उहाँ भन्नुहुन्छ, “पानी घट्ट राम्रो हो तर हाम्रो बाध्यता पनि हो ।” उहाँले पानी घट्टलाई जोगाइराखेर अरू विकास हुन जरुरी रहेको बताउनुभयो ।

अर्का स्थानीय मुगा विकले पनि दलित र जनजाति बस्ती भएकाले पछाडि परेको बताउनुभयो । आफूहरूलाई खानेपानीको समेत अभाव भएको उहाँले गुनासो गर्नुभयो । पानी घट्ट सञ्चालन गर्नु बाध्यता भएको भन्दै उहाँले सहज बिजुली र बाटोको पहुँच हुनुपर्ने बताउनुभएको छ । विकास भएपछि व्यवस्थित तरिकाले पानी घट्ट चलाउने उहाँको भनाइ छ ।

स्थानीय घट्ट सञ्चालकले पानी घट्टको संरचना सुधारको माग गर्नुभएको छ । सञ्चालक धनवीर घर्तिमगर, टोपबहादुर घर्तिमगर र सुन्तले विकले घट्टको संरचना सुधार गर्नुपर्ने माग गर्नुभयो । “खरको छानामुनि निकै जीर्ण संरचनामा घट्ट सञ्चालन छ”, उहाँहरू भन्नुहुन्छ, “यसको सुधार हामीलाई आवश्यक छ ।” उहाँहरुले संरचना सुधार भएमा सहजता हुने बताउनुभयो ।

मालिकाको ह्वाङ्दी क्षेत्रका एक सय १० घरधुरीका एक हजार सात सय परिवार सदस्य पानी घट्टको भरमा छन् । यस वडामा अहिले पनि छवटा पानी घट्ट सञ्चालनमा छन् । विकासका अन्य आयाममा परिर्वतन नहुँदा पानी घट्टको प्रयोग कायमै छ । यहाँ नागरिक मुख्यगरी बिजुली, सडक र पानीको अभावमा बल्झिरहेका छन् । यसमा हालसम्म स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन ।

मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पानी घट्टलाई पछिल्लो पुस्तासम्म देखाइराख्नुपर्ने बताउनुहुन्छ । उहाँले गाउँपालिकाका अन्य वडामा पनि पानी घट्टका लागि बजेट विनियोजन गरेर व्यवस्थित गरिने बताउनुभयो । 

“दुर्गम बस्तीमा विकासका पूर्वाधार पुर्‍याउन हामी लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “विकासका साथसाथै परम्परागत पानी घट्टलाई पनि टिकाउँछौँ ।” अघिल्ला पुस्तादेखि सञ्चालनमा रहिआएका पानी घट्टलाई सङ्ग्रहालयका रुपमा राखेर भए पनि पछिल्ला पुस्तालाई देखाउने अध्यक्ष अर्यालको भनाइ रहेको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्