Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • भारतले महाकाली थुनेर सडक निर्माण गर्दै: भारतीय विष्फोटका कारण नेपालको बाटो महाकालीले बगायो
भारतले महाकाली थुनेर सडक निर्माण गर्दै: भारतीय विष्फोटका कारण नेपालको बाटो महाकालीले बगायो सडक खन्दा ढुङ्गा महाकालीमा मिसिन गई खोलाको धार परिवर्तन
नेपालकागज
नेपालकागज सोमबार, जेठ ३१, २०७८

भारतले महाकाली थुनेर सडक निर्माण गर्दै: भारतीय विष्फोटका कारण नेपालको बाटो महाकालीले बगायो

दार्चुला । गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण ग¥यो । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका—१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरुद्ध भएको थियो । भारतीय सडक निर्माणको क्रममा महाकाली खोलामा पहाडै खसाल्दा नेपालतिरको बाटो अवरुद्ध भएको थियो ।

नेपाली सेनाले घोरेटो बाटो बनाइरहेकै बेला पटकपटक भारतले नेपाली सेनाको क्याम्प रहेको पारितिर विष्फोटक पदार्थ विष्फोट गरायो । नेपाली सेनालाई काम गर्न पटकपटक बाधा गरियो । सेनाकै क्याम्पभन्दा १०० मिटर तल भारतीय विष्फोटका कारण घोरेटो बाटो महाकालीले बगायो । गत मङ्गलबार पनि भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक मानसरोवर सडक खण्ड विस्तारको क्रममा शान्ति वन क्षेत्रमा पूरै पहाड भत्किदा व्याँस गाउँपालिका—२ को कल्जु सिमसिम पानी क्षेत्रको गोरेटो बाटो भत्किएको छ । झण्डै २५० मिटर बढी घोरेटो बाटो भारतीय सडक निर्माणको क्रममा भत्किएको छ ।

घोरेटो भत्किदा व्याँस—१ र २ को सम्बन्धविच्छेदको अवस्थामा पुगेको व्याँस—२ का अध्यक्ष धिरनसिह बुढाथोकीले बताउनुभयो । भारतले दशकअघिदेखि धार्चुला हुँदै लिपुलेक मानसरोवर जोड्ने सडक निर्माण गरिरहेको छ । महाकाली नदी किनारैकिनार भएर निर्माण भइरहेको सडकले नदी थुनिने सम्भावना बढेको छ । महाकाली खोला किनारैकिनार सडक निर्माणको क्रममा ढुङ्गा महाकालीमा फाल्दा खोलाकै धार परिवर्तन भइरहेको वडाध्यक्ष बुढाथोकी बताउनुहुन्छ । भारतले दसगजा नछाडेर नेपालतिरबाटै उपकरण लगेर सडक निर्माण गर्ने गरेको छ ।

धार्चुलाभन्दा माथिल्लो भू–भागमा भारतले खोलामा ढुङ्गा राखेर सडक निर्माण गर्दैछ । “खोलाभन्दा १० मिटर माथिबाटै सडक खन्दा ढुङ्गा महाकालीमा मिसिन गई खोलाको धार परिवर्तन भइरहेको छ”, बुढाथोकी भन्नुहुन्छ, “खोलामा ढुङ्गाको थुप्रो लागेपछि खोला नेपालतिर कटान गर्दै आफ्नो दिशा लिइरहेको छ ।”

पछिल्लो समय भारतले पुनः सडक विस्तारको क्रममा खोला थुन्ने प्रयास गरेको छ । भारतले दशकदेखि यसरी सडक निर्माण गर्दैछ । नेपालको क्षेत्रसम्म भारतले सडक निर्माणको क्रममा खोलामा ढुङ्गा फालेर खोला थुन्ने र धार परिवर्तन गराउने गरेको पाइएको छ । यसअघि पनि भारतले नेपालको महाकाली हुँदै स्काभेटर, डोजर नेपालको भूमिबाटै लगेर सडक निर्माण गरिरहेको थियो । मौराभेलभन्दा माथि बुदीसम्म ठाउँठाउँमा भारतीय सडक निर्माणको क्रममा आएका चट्टानहरु नेपाली भूभागमा प्रशस्त मात्रा देखिने गरेको व्याँसका स्थानीय दिपक खाती बताउनुहुन्छ ।

गत असारमा भारतले सडक निर्माणको क्रममा फालिएको ढुङ्गा खोलामा जम्मा हुँदा घाँटीबगर क्षेत्रको नेपाली भूमि कटान भएको थियो । सडक निर्माणका क्रममा भारतले खोलामा ढुङ्गा फालेर खोलाको धारै परिवर्तन गर्नु दादागिरी भएको व्याँसका स्थानीय बताउँछन् । भारतको सो सडक निर्माणको क्रममा जताततै स्थानीयले वारपार गर्ने गरी महाकालीमा ढुङ्गा फालिएका छन् । व्यासका वडाध्यक्ष बुढाथोकी भन्नुहुन्छ, “यो अहिलेको पहिरो मात्र हैन विगतमा पनि यस्तै ठाउँठाउँमा बाटो भत्काए पनि नेपाल सरकारले लगानी गरेर बाटो बनाउनु परेको थियो ।”

वर्षेनी भारतले सडक बनाउँदा, विस्तार गर्दा नेपालतिरको घोरेटो बाटो भत्किने गरेको उहाँले बताउनुभयो । अहिले कल्जु क्षेत्रमा भत्किएको बाटो भारतीय पक्षले नै बनाउने गरी उच्चस्तरीय पहल गरिनुपर्ने उहाँको भनाइ छ । सीमा क्षेत्रमा सडक निर्माणको क्रममा भारतले खोला थुनेर भइरहेको सडक निर्माणले भविष्यमा नेपालतिर खतरा हुने सङ्केत देखिएका छन् । बर्खाको समय खोलाबीचमा अड्किएका ठूला चट्टानले खोलाको बहाव नेपालतिर हान्ने र यसको असर देखा पर्ने भन्दै स्थानीय चिन्तित भएका हुन् ।

महाकाली खोलावारि नेपालतर्फको बाटो भत्काउने र खोलाको प्राकृतिक बहाब नै परिवर्तन गराएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्रचार  गरेको छ । गत बिहीबार प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढ जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गर्दै भारतको तर्फबाट नेपालतर्फ क्षति पुगेको अवगत गराउनुभएको छ ।

पत्रमा लेखिएको छ, ‘व्याँस गाउँपालिका—२ कल्जुखोला नजिकै त्यहाँको  सडक निर्माण गर्ने क्रममा जेलिटिन पट्काउँदा माथिबाट पहिरो खसेर महाकालीमा पानी जम्मा भई नेपालतर्फको  घोरेटो बाटो अवरुद्ध भएकाले जम्मा भएको पानी खोली बाटोको सहज आवागमनको लागि अनुरोध छ ।’

भारतीय प्रशासनलाई लेखिएको पत्रको पाँच दिनसम्म जवाफ आएको छैन । प्रजिअ जोशीले भारतको धार्चुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण पटकपटक महाकाली नदी नेपालतिर आउने र समस्या हुने गरेको विवरण गृह मन्त्रालयलाई जानकारी गराउनुभएको छ । उहाँले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएरै सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका त्यस्ता गतिविधि रोक्न पिथौरागढ जिल्ला अधिकारीलाई पत्राचार गरिएको जानकारी दिनुभयो । “लिखित मात्र हैन, फोनमार्फत पनि जानकारी भारतीय पक्षलाई गराएको छु, प्रजिअ जोशीले भन्नुभयो, “तर अहिलेसम्म गर्छु पनि भनेको छैन् ।”

स्थानीयलाई सास्ती

व्यास गाउँपालिका—२ को कल्जु सिमसिम पानी क्षेत्रमा झण्डै २५० मिटर बढी घोरेटो बाटो अवरुद्ध भएपछि स्थानीयवासीले सास्ती भोग्नु परेको छ । व्याँस गाउँपालिकाको दुई वडा जोड्ने घोरेटो बाटो अवरुद्ध भएपछि अहिले स्थानीयवासीले आवतजावतमा सास्ती भोग्नुपरेको हो ।

व्याँस गाउँपालिका—२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले भारतीय अहिले पनि सो क्षेत्रमा विष्फोटक पदार्थ विष्फोट गराउँदा नेपालतिरको थप बाटो क्षति हुने अवस्था आएको बताउनुभयो । शुक्रबार पनि थप पहिरो आएको छ । पूरै पहाड नेपालतिर पुगेको छ । महाकाली खोला पूरै नेपालतिर धार परिवर्तन गर्दै कटान गर्दैछ ।

स्थानीयले दुईदेखि तीन घण्टा थप पहाड हिंडेर मात्रै बाटोमा पुग्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो । बर्खा निरन्तर छ । अझै उता (भारत)तर्फ बाट पहिरो आइरहेको छ । भारतमा पनि सडक अवरुद्ध भएको छ । सडक सञ्चालन भएको छैन् । चट्टान खस्ने क्रम जारी रहेकाले निर्माणमा सास्ती भएको बुढाथोकीले बताउनुभयो ।
कल्जुभन्दा माथिल्लो क्षेत्रमा यकिन घोरेटो बाटोे कति भत्किएको भनेर हेर्न सकिने अवस्था छैन्, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट दुम्लीङका सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रसिह बोहराले भन्नुभयो, “हेर्न जान बाटो छैन् । अहिले यो बाटो पूर्णरुपमा अवरुद्ध छ । चट्टानी ढुङ्गाहरु खोलावारी आएका छन् ।”
 


प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्