Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • पर्यटकीय आकर्षण बन्दै घ्याम्पेडाँडा–रानीकोट: प्रसिद्ध १० वटा आकर्षक हिमाल र काठमाडौंँ उपत्यका हेर्न सकिने डाँडा
पर्यटकीय आकर्षण बन्दै घ्याम्पेडाँडा–रानीकोट: प्रसिद्ध १० वटा आकर्षक हिमाल र काठमाडौंँ उपत्यका हेर्न सकिने डाँडा
नेपालकागज
नेपालकागज आइतबार, जेठ ३०, २०७८

पर्यटकीय आकर्षण बन्दै घ्याम्पेडाँडा–रानीकोट: प्रसिद्ध १० वटा आकर्षक हिमाल र काठमाडौंँ उपत्यका हेर्न सकिने डाँडा

रमेश गिरी, भक्तपुर । केही वर्ष अगाडिसम्म ओझेलमा परेको सूर्यविनायक नगरपालिका गुण्डुको घ्याम्पेडाँडा रानीकोट क्षेत्र अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

आन्तरिक पर्यटकको चाँप निकै बढ्दै गएपछि यस क्षेत्रमा रहेका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको उत्खनन्, संरक्षण, पुनर्निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार जुटेको छ ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडामा ऐतिहासिक एवं परम्परागत सम्पदा संरक्षणको क्रममा घ्याम्पो निर्माण हुने भएको छ । आज नगरपालिकाका प्रमुख वासुदेव थापाले घ्याम्पो निर्माणको शिलान्यास गर्नुभयो । घ्याम्पेडाँडामा घ्याम्पो लोप भइसकेको अवस्थामा परम्परागत रुपमा नगरपालिकाले घ्याम्पो स्थापना गर्न लागेको उहाँले बताउनुभयो ।

घ्याम्पेडाँडा नामले प्रसिद्ध भएपनि घ्याम्पो नहुँदा यहाँ आउने पर्यटकले घ्याम्पो खै ? भनेर सोध्ने गरेपछि स्थानीयवासीको रु पाँच लाखको जनश्रमदान र नगरपालिकाले रु. २० लाख लगानी गरी ठूलो घ्याम्पो निर्माण गरी नामअनुसारको पहिचान दिन लागेको उहाँले बताउनुभयो । 

नगर प्रमुख थापाले भन्नुभयो, “सूर्यविनायक नगरपालिका क्षेत्र, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिकोणले धेरै सम्भावना बोकेको क्षेत्र हो, त्यसैले नगरपालिकाले हराएको इतिहास खोज्ने र ब्युझाउने काम गरिरहेको छ, हामी यो क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिहेका छौँ ।” त्यसअवसरमा वडा नं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले पाँचतले मन्दिरको शैलीमा पाँच वटा ठूला खुट्किला राख्दै माथि चोकमा ठूलो घ्याम्पो निर्माण गर्न उपभोक्ता समिति गठन गरेको बताउनुभयो । राति पनि आकर्षक रुपमा घ्याम्पो देखिने गरी त्यसको वरिपरि बत्ती जडान गरिने भएको छ । 

स्थानीय ज्येष्ठ नागरिक ८७ वर्षीय कमदबहादुर तामाङ्गले घ्याम्पेडाँडाको पहिचान बल्ल खुल्न लागेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले धेरैवर्ष पहिला काभ्रेपलाञ्चोकको ¥र्याले गाविसदेखि रानीकोट, घ्याम्पेडाँडालगायतका बासिन्दा यही बाटो भएर सदरमुकाम भक्तपुर बजारसम्म गएर आवश्यक सामग्री खरिद गरी भारी बाकेर आवतजावत गर्दा तिर्खा मेटाउन स्थानीयवासीले माटोको घ्याम्पोबाट पानी पिउने व्यवस्था गरेकाले यो ठाउँको नाममा घ्याम्पेडाँडा रहन गएको बताउनुभयो । 

भारी बोकेर ओहोरदोहोर गर्नेहरुलाई थकाई मार्दै घ्याम्पोको चिसो पानी खाएर जाने व्यवस्था गरिए पनि विकाससँगै यो बाटोको प्रयोग कम हुँदै गएपछि घ्याम्पोको अस्तित्व मेटिदै गएको स्थानीय वासिन्दाको भनाइ छ ।

सूर्यविनायकदेखि घ्याम्पेडाँडा रानीकोटसम्म जान सरकारले ज्यालाका रुपमा दिएको चामल, पिठोलगायतका खाद्यान्न लिएर महिनौं लगाएर स्थानीयवासीले कुटो, कोदालो, कोदालीकै भरमा यो सडकको गोरोटे बाटो खोलेको तामाङ्गले बताउनुभयो ।

अहिले स्थानीय, प्रदेश र संघीय सरकारको बजेटबाट सूर्यविनायकबाट घ्याम्पेडाँडा हँुदै रानीकोटसम्म जाने सडक पक्की भएको छ भने पक्की हुन बाँकी सडक यसै वर्ष कालोपत्र गर्ने तयारी गरिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

पूर्वमन्त्री महेश बस्नेतको पहलमा सूर्यविनायक क्षेत्रमा आएको करोडौंको बजेटले विकास निर्माण तिब्र भएको स्थानीय बताउँछन् । पैदल हिड्न मुश्किल हुने ठाउँमा मोटर बाटो पुगेको, प्रत्येक खोलामा पुल बनेको र सुनसान ठाउँ पर्यटकीय गन्तव्य बनेको छ ।

गुण्डु बसपार्कबाट घ्याम्पेडाँडा जाने सडक पनि यसवर्ष पक्की गरिने भएको छभने रु. ४० करोडको लागतमा निर्माण भइरहेको बालकुमारी, पनौती सडक खण्ड पनि यही आसपास भएर जाने भएको छ ।

नगरपालिकाले धार्मिक पर्यटनको विकास गर्न वडा नं. १ देखि १० सम्म रहेको शिव मन्दिरहरुमा पुग्ने गरी पदमार्गसहित शिव परिपथ निर्माणको काम अगाडि बढाएको छ ।

नगरपालिकाले रानीकोटमा रहेको बाघ भैरवको छिनेको टाउको यस वर्ष जोडेको छ । मङ्सिर पूर्णिमामा भव्य मेला लाग्ने धार्मिक आस्थाको बाघ भैरवको २०७२ को महाभूकम्पले छिनेको टाउको यसवर्ष नगरपालिकाको रु. १० लाखको बजेटमा जोडेको हो । 

पर्यटकीय गन्तव्य बन्दै गएपछि घ्याम्पेडाँडादेखि रानीकोटसम्म ठूला साना गरी १० वटा होटल सञ्चालनमा आएका छन् भने अरु होटल निर्माणको क्रम जारी रहेको छ । जिप जिप सफारीको परीक्षण सम्पन्न भएको पर्यटन व्यवसायी एवं होटेल हाइल्याण्डका सञ्चालक रामसुन्दर बकेँ बताउनुहुन्छ ।

दश वर्ष अगाडि राससमार्फत घ्याँम्पेडाँडा र रानीकोटको ऐतिहासिकताकाबारेमा समाचार सम्प्रेषण भएपछि यहाँको मुहार फेरिएको उहाँको भनाइ छ । त्यसपछि रानीकोटको संरक्षणमा स्थानीयदेखि सरकारसम्मले चासो दिएको उहाँले बताउनुभयो । 

रानीकोट दरबार क्षेत्रको पुरातत्व विभागले उत्खनन् गरी अन्वेषण गरिरहेको छ भने वाग्मती प्रदेश सदस्य शशीजङ्ग थापाको पहलमा प्रदेश सरकारबाट आएको रु. एक करोडको बजेटले रानीकोट गढी १२५० सिँढी, आकर्षक पुरातात्विक द्वार, बार लगाएर संरक्षणको सम्पन्न गरिएको छ ।

यहाँबाट प्रसिद्ध १० वटा आकर्षक हिमाल र काठमाडौंँ उपत्यका हेर्न सकिने भएकाले घ्याम्पेडाँडा–रानीकोट आफैँमा दृश्यावलोकन स्तम्भ र प्राकृतिक सौन्दर्यको खानी भन्ने गरिन्छ । 

नगरपालिकाले हालै घ्याम्पेडाँडाको ५० मिटर माथि जङ्गलको बीचमा चुच्चे ढुङ्गा पत्ता लगाएर यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यहाँ पुग्न पदमार्ग निर्माण गरेको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

यसक्षेत्रको विकासका लागि सङ्घीय सरकारसँग नगरपालिकाले रु दुई करोड बजेट माग गरेको भन्दै उहाँले नगरपालिकाले यसवर्ष थप बजेट हालेर संरक्षण गर्ने बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्