Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
नेपालकागज
नेपालकागज शनिबार, जेठ २९, २०७८

काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले परिस्थितिको सामना गर्ने क्रममा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्न पनि निर्देशन दिनुभयो । प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने क्रममा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गराउनुभयो ।

कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा अग्रपङ्क्तिमा खटिएको नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवं नागरिकको जीउधनको सुरक्षामा अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सीमित साधन स्रोतका बाबजुद नेपाल प्रहरीले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको स्मरण गर्दै उहाँले आवश्यक व्यवस्थापनमा गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ विभाग र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभएको थियो । निरीक्षणपश्चात गृहमन्त्री अधिकारीले भर्चुअलमार्फत सातै प्रदेशका प्रहरी प्रमुखलाई समेत सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिनुभएको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनमा प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल प्रहरी थप व्यावसायिक र ऊर्जावान हुने विश्वास दिलाउनुभयो । प्रहरी महानिरीक्षक थापाले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको सन्दर्भ जोड्दै कोभिडको उपचार, निषेधाज्ञा कार्यान्वयन, कालोबजारी नियन्त्रण, विपद् व्यवस्थापन तथा मध्यावधि निर्वाचनको तयारीमा नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोबल विषयमा शोध र प्राप्त सुझावको कार्यान्वयन, प्रहरी कर्मचारीको आचारसंहिताको कार्यान्वयनलगायतका विषयले सङ्गठनको पद्धतिजन्य विकास र सूत्रबद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले जानकारी गराउनुभयो । उहाँले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकतापूर्वक अवलम्बन गरी कार्यान्वयन गरिएको जानकारी दिनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अधिकारीसमक्ष प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले नेपाल प्रहरीको विकासक्रम, वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।


प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्