Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दिया बढैयाताल ३ का वडाअध्यक्ष बलात्कार गरेर फरार, प्रहरीले ब्यापक खोजतलास गर्दै 
बर्दिया बढैयाताल ३ का वडाअध्यक्ष बलात्कार गरेर फरार, प्रहरीले ब्यापक खोजतलास गर्दै 
अनोज थारु
अनोज थारु मंगलबार, भदौ २१, २०७९

बर्दिया बढैयाताल वडा नं ३ का वडाअध्यक्ष बलात्कार गरेर फरार, प्रहरीले ब्यापक खोजतलास गर्दै 

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष लल्लन यादवले एक महिलामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेको छ । बलात्कार आरोपमा प्रहरीमा जाहेरी परेपछि वडाअध्यक्ष लल्लन यादव फरार भएका छन । 

वडाअध्यक्ष यादवलाई एक महिला (संकेत नम्बर ९ क)ले जबरजस्ती करणी गरेको भन्दै यही भदौ १७ गते शुक्रबार साँझ करिव ४ बजेतिर ईलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दर्ता गराउनुभएको छ ।

जाहेरी दर्ता भएपछि आरोपित वडाअध्यक्ष यादव अहिले फरार रहेका छन भने बर्दिया प्रहरीले उनको ब्यापक खोजी कार्य जारी राखेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरले विशेष टोली नै खटाएर वडाअध्यक्ष यादवको खोजी कार्य तीब्र बनाएको छ ।  

ईलाका प्रहरी कार्यालय मैनापोखरको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेको १५ दिन भित्र चोरी तथा डाँकामा संलग्न तथा लागूऔषध कारोबारीहरूलाई पक्राउ गरेर मातहतका क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न सफल हुनुभएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमल क्षत्री आफै यो घटनाको अनुसन्धानलाई लिड गर्दै वडाअध्यक्ष यादवलाई पक्राउ गर्न फिल्डमै उत्रिनुभएको छ ।    

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमल क्षत्रीले नेपाल कागजसँग भन्नुभयो, "पीडित महिलाले हामी कहाँ उजुरी दिएपछि प्रहरी परिचालन गरेर वडा अध्यक्ष यादवलाई तिव्र रुपमा खोजी कार्य जारी राखेका छौँ । पीडितलाई न्याय दिलाउन कुनै कसर हामीबाट बाँकी रहने छैन । अनुसन्धान अत्यन्तै संवेदनशिलताका साथ अगाडी बढाएका छौँ । आरोपी वडाअध्यक्षलाई कानुनको दायरामा ल्याएर पीडितलाई न्याय दिलाउन बर्दिया प्रहरी कटिवद्ध भएर लागेको छ ।" 

पीडित महिला (संकेत नम्बर ९ क)को मेडिकल स्वास्थ्य चेकजाँच गराएर जिल्ला प्रहरी कार्यालय बर्दियामा पठाएको प्रहरी निरीक्षक क्षत्रीले बताउनुभयो । 

निरीक्षक (इन्स्पेक्टर) कमल क्षत्रीले अगाडि भन्नुभयो, "पीडित महिलाको अझै मेडिकल रिर्पोट आउन बाँकी छ । उहाँ अहिले प्रहरी संरक्षणमा रहनु भएको छ ।" 

यस विषयमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बिरेन्द्र बहादुर शाहीले नेपाल कागजलाई प्रतिकृया दिँदै भन्नुभयो, "जबरजस्ती करणी अभियोगमा प्रहरी कार्यालयमा जाहेरी आएपछि प्रहरीले प्राथमिकतामा राखेर अनुसन्धान अगाडि बढाएको छ । पिडित महिला प्रहरीको संरक्षणमा हुनुहुन्छ । उहाँलाई काउन्सिलिङ (मनोपरामर्श) दिने देखी लिएर सम्पूर्ण कानुनबाट निर्देशित सुविधा उपलब्ध गराउँदै हामीले आफ्नो संरक्षणमा राखेका छौँ । उहाँलाई न्याय दिलाउन बर्दिया प्रहरी अत्यन्तै गहिरो र सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ । आरोपी वडाअध्यक्ष यादवको खोजी कार्यमा प्रहरीका विशेष टोलीहरू परिचालित छन ।" 

(महिलाको गोपनियताको रक्षार्थ हेतु पत्रकार आचार संहिता अनुसार नेपाल कागजले प्रयोग गरेको संकेत नम्बर ९ क, प्रहरीले प्रयोग गरेको संकेत नम्बर फरक हुनसक्छ ।) सहसम्पादक


प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ११:१५
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्