Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • अदालतबाट सजाय पाएपछि फरार भएका अपराधी धमाधम पक्राउ गर्दै बर्दिया प्रहरी 
अदालतबाट सजाय पाएपछि फरार भएका अपराधी धमाधम पक्राउ गर्दै बर्दिया प्रहरी 
नेपालकागज
नेपालकागज शनिबार, भदौ १८, २०७९

अनोज थारू, हरि गुरुङ, बर्दिया । पछिल्लो समय बर्दिया प्रहरीले अदालतबाट सजाय पाएपछि फरार भएका अपराधी धमाधम पक्राउ गरिरहेको छ । न्यायपालिका (अदालत)बाट कसुर ठहरेर सजाय पाएपछि भागेका अपराधीहरू बर्दिया प्रहरीको फन्दामा परिरहेका छन ।

बिभिन्न ठाउँमा लुकिछिपी बसेका त्यस्ता अपराधीहरूलाई प्रहरीले खोजी खोजी पक्राउ गर्दै अदालतमा बुझाउँदै गरिरहेको छ ।

हिँजो शुक्रबार भाद्र १७ गते (२०७९।०५।१७) बिहान ०६:०० बजे ०८ वर्ष कैद सजाय पाएपछि फरार भएका ४४ वर्षीय मुक्ति थारूलाई ईलाका प्रहरी कार्यालय बनियाभार बर्दियाबाट खटिएको प्रहरी टोलीले बारबर्दिया नगरपालिका वडा नम्बर ०१ मा रहेको आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरेर जिल्ला अदालत बर्दियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

थारूलाई बर्दिया जिल्ला अदालतको लगत नं. १६२८, मिति २०७५।०२।०४ गतेको फैसला आदेशले ०८ वर्ष कैद सजाय तोकेको थियो । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतको प्रहरी निकायले ४ वर्ष ३ महिना १५ दिन पछि लुकिछिपी बसेका फरार अपराधी मुक्ति थारुलाई पक्राउ गर्न सफल भएको हो । हाल थारूलाई जिल्ला अदालत बर्दियाको आदेशमा कारागार चलान गरिएको छ ।

त्यस्तै नकबजनी चोरी मुद्दामा ८०,१०० जरिवाना र १ महिना ५ दिन कैद सजाय जिल्ला अदालत बर्दियाबाट पाएपछि फरार भएका अपराधी समिर चौधरीलाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला अदालत (न्यायपालिका) बर्दियाको फैसलाले लगत कट्टी नं. १०४४ ले कैद सजाय र जरिवाना तोकेपछि फरार भएका समिर चौधरीलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा सोनपुर बजारबाट पक्राउ गरेको हो ।

राजापुर नगरपालिका वडा नम्बर ०१ टिउनी बस्ने २६ वर्षीय समिर चौधरीलाई मिति २०७९।०५।१५ गते बर्दिया जिल्ला अदालत समक्ष उपस्थित गराइएकोमा जिल्ला अदालत बर्दियाको आदेशले बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डेप्युटी सुपेरिटेण्डेण्ट अफ पोलिस) डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो । 

त्यस्तै २०७९-०४-३० गते शरीर बन्धक तथा जबर्जस्ती करणी जस्तो गम्भिर मुद्दामा जिल्ला अदालत बर्दियाबाट ८ वर्ष कैद सजाय पाएपछि फरार रहेका बलात्कारी कधही चमारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला अदालत बर्दियाले २०७८-०३-२९ गते बर्दियाको गुलारिया नगरपालिका वडा नम्बर १० बस्ने चमारलाई ८ वर्ष कैद सजाय फैसला गरेपछि उनी फरार थिए । 

फरार रहेका बलात्कारी चमार १ वर्ष १ महिना २ दिन पछि पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रमुखको रुपमा कमाण्ड एन्ड क्राइम कन्ट्रोलमा गहिरो दख्खल राख्ने प्रहरी अधिकारीको रूपमा प्रहरी संगठन भित्र छबी बनाउन सफल प्रहरी उपरीक्षक (सुपेरिटेण्डेण्ट अफ पोलिस) एसपी बिरेन्द्र बहादुर शाहीले जिल्लाको नेतृत्व लिएपछि उहाँको टिमको सक्षम अनुसन्धानका कारण लामो समयदेखि फरार भएर कानुन भन्दा टाढा भागेका जघन्य अपराधमा संलग्नहरू धमाधम पक्राउ परिरहेका छन ।

यस विषयमा पुर्व डिआइजी वीरशरण थापासँग जिज्ञासा राख्दा बर्दिया प्रहरीको बारेमा टिप्पणी गर्दै भन्नुभयो, "फरार अपराधीहरू कानुनको दायरामा ल्याउनु प्रहरीको मस्ट इम्पोर्टेन्ट् टास्क हो किनभने अदालतले अपराधी तोकेपछि उसले सजाय भुक्तान गर्दैन भने त्यो समाजको लागि पनि घातक हो र अपराध गरेर सजाय पाएका अपराधी कानुनको दायरामा नआएर सजाय भुक्तान नगरेमा पिडीतले न्याय नपाएको अनुभुती गर्छन् तसर्थ बर्दिया प्रहरीको यो कार्यले सम्पूर्ण बर्दिया प्रहरी सफल र चुस्त अनुसन्धान र कानुन कार्यन्वयनमा अब्बल छ भन्ने दर्शाउँछ ।"


प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १२:३६
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्