Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • बर्दिया बढैयातालको निर्लज्ज हाँसोमा रुमल्लिएको पुष्पा शर्माको कथा र व्यथा
बर्दिया बढैयातालको निर्लज्ज हाँसोमा रुमल्लिएको पुष्पा शर्माको कथा र व्यथा
अनोज थारु
अनोज थारु बिहीबार, भदौ ९, २०७९

बर्दिया बढैयातालको निर्लज्ज हाँसोमा रुमल्लिएको पुष्पा शर्माको कथा र व्यथा

अनोज थारू, हरि गुरुङ, बर्दिया । कथा भन्दैछौँ हामी व्यथा, दुख र अपमानले सजिएको । कथा पुष्पा शर्माको जसको व्यथा र आँखाका डिलमा छल्कन नसकेका आँसुको । कथा अपमानको कालकूट विषको जसले पलपल अन्याय गरिरहेको छ ।

हो बढैयाताल गाउँपालिकाकी कर्मचारी पुष्पा माथि समग्र पालीकाको नेतृत्व, कर्मचारीतन्त्रले निर्लज्ज तरिकाले रावण हँसाइमा श्रम मात्र होइन, इमान, प्रतिष्ठा र मर्यादाको चरम सीमा नाघ्दै दाइँ हाल्दै दोहन गरिरहेको छ ।

तर जनताको इमान, जबान र श्रमको सम्मान गर्दै संसारका श्रमिक एक हौँ भन्ने नारा लिएर उदाएको नेकपा माओवादी केन्द्र पार्टीकै नेतृत्वले आज पुष्पा माथि भइरहेको अन्यायको बारेमा थाहा नपाएझैँ बसिरहेको छ ।

ती नेतृत्वलाई तिनकै पार्टीको नीति र सिद्धान्तले गिज्याइरहेको थाहै भएको छैन । हुन त यहाँ कुनै पार्टी विशेषलाई हामीले सबै दोषको भारी बोकाउन चाहेका होइनौ । मात्र झकझक्याउँदै न्यायका लागि हस्तक्षेपको आशा राखेका छौँ ।

हामी यो रिपोर्टमा कुनै राजनीतिक पार्टीलाई दोषी देख्दैनौँ । यो देशका राजनीतिक दलहरूले मुलुकलाई लोकतान्त्रिक गराउन खेलेको भूमिकालाई सदैव गर्वका साथ आत्मसात गर्छौँ ।

तर यति भन्नसक्छौँ यस अघिको एमाले नेतृत्वको गाउँपालिका सरकारका पालामा अन्याय सुरु भयो र आज सबैले आशा र भरोसाको नजरले हेरिरहेको पार्टी नेकपा माओवादी केन्द्रको गाउँपालिका सरकारको नेतृत्वले सो अन्याय संस्थागत गर्दै छ ।

आखिर को हुन पुष्पा शर्मा जो समग्र देशका दुई ठूला स्वाभिमानी तथा आफ्नै गर्भिलो इतिहास बोकेका पार्टीको गाउँपालिका सरकार भएकै बेला श्रमको दोहन, श्रमको शोषणमा परिन ।

हामी यो भन्न चाहन्छौँ तपाईँका, मेरा हाम्रा नानीबाबुहरूले सानै उमेरमा यसरी राजनीतिकरणको शिकार हुनु नपरोस् । भन्छन् नि, "गरिबको साइँली बोलिदिने कोही छैन ।"

आवाज विहीनको आवाजलाई नसुन्ने बहिरो गाउँपालिका सरकारलाई बर्दियाका पत्रकारज्यूहरू, मिडियाहरूले आवाज बनेर ढोकामा ड्याम ड्याम हान्दै पुष्पाको व्यथा र कथा सुनिदेऊ भन्दै कराइरहेका छन तर अहँ कोही अगाडि आएको छैन ।

आफैमा इतिहास बोकेको, महान जनयुद्ध लडेर आएको पार्टी नेकपा माओवादी केन्द्रको गाउँपालिका नेतृत्वले न्याय दिलाउन सक्छकी भन्ने झिनो आश पुष्पामा बचेको छ । हेरौँ अगाडि के हुन्छ ?

आज बर्दियाकी छोरीलाई अन्याय पर्दा बर्दियाका आमाबुबा स्वरुप नेतृत्वले यो अन्यायलाई रोक्छ वा रोक्दैन बस यत्ति हेर्नु छ । किनकि पुष्पालाई १५ महिनाको तलब र भत्ता दिने त कता हो कता निकाल्न ठूलो गम्भीर षड्यन्त्र मूलक प्रपञ्चको सुरुवात गाउँपालिकाबाट सुरु भइसकेको छ ।

उच्च अदालतले यथास्थितिमा काम गर्न दिनु र तलब भत्त दिनु भन्ने आदेश जारी गर्दा समेत बढैयाताल गाउँपालिकाले तलब दिएको छैन । प्रश्न गम्भीर छ । के न्यायपालिकाले न्याय दिँदा पनि पुष्पाले न्याय नपाउने हुन ?

 यो त भयो व्यथाको कुरा अब हामी चर्चा गरौँ पुष्पाको कथाको कुरा

के हो त कथा ? के हो त यथार्थ ? के हो त लुकेको र लुकाउन खोजिएको एक बर्दियाली छोरीको सङ्घर्षको अनवरत लडाइँ ?

यो पनि 
पुष्पा शर्मा जसलाई बर्दियाको बढैयाताल गाउँपालिकाले १३ महिना देखि श्रम शोषण गर्दैछ...
 

घटना विवरण : बर्दियाली छोरीको शोषण, अपमान र अश्रु ।
षड्यन्त्रको प्रपञ्चको भुमरीमा फसेको आवाज बिहिन पुष्पाको लडाइको कथा

बढैयाताल गाउँपालिकाले उच्च अदालतको आदेश विपरीत पुष्पा शर्मालाई १४ महिना देखि तलब सुविधा नदिएर अदालतको आदेशलाई समेत लत्याएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिकाकी कर्मचारी पुष्पा शर्मालाई गाउँपालिकाले १४ महिना देखि श्रमशोषण गर्दै आएको छ । स्थानीय सरकार गाउँपालिकाले दुखी, गरीब, बिपन्नलाई उकास्दै अन्यायमा परेकालाई न्याय दिन अग्रसर हुनुपर्ने थियो तर त्यसको ठ्याक्कै विपरित काम गरेर गाउँपालिकाले देखाएको छ ।

यस विषयमा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेसँग कुरा गर्दा, उहाँले उद्यम विकास सहयोगी तह चौथोका लागि लेबल टु को पुष्पा शर्माको योग्यता, क्षमता नपुगेको कारण अख्तियारमा मुद्दा परेपछि पहिलाको कार्यकारी अधिकृतले पद मुक्त गरेको दाबी  गर्नुभयो । 

उहाँको दाबीमा दम पुग्दैन, उहाँको कुरामा ओजन देखिदैन । के अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बढैयाताल गाउँपालिकालाई पुष्पा शर्मालाई काम गर्न नदिनु, तलब नदिनु भनेर लिखित पत्र पठाएको छ । यदि त्यस्तो पत्र पठाएको थियो भने अदालतमा उक्त पत्र किन गाउँपालिकाले देखाउन सकेन ? के अख्तियारमा उजुरी पर्‍यो रे भनेको हल्लाको भरमा गाउँपालिकाले कसैलाई निकाल्न पाउँछ ?

विधि र प्रक्रिया अनुसार यदि त्यस्तो भएको थियो भने पुष्पालाई पत्र आउनु पर्थ्यो, यदि त्यस्तो भएको भए गाउँपालिकाले उक्त पत्र सार्वजनिक गर्थ्यो, अदालतमा विपक्षी बनेको गाउँपालिकाले अदालतमा पत्र किन देखाएन व देखाउन सकेन ? यसबाट पुष्टि के हुन्छ भने पुष्पालाई षड्यन्त्र गरेर अपमान गरिएको हो । षड्यन्त्रको प्रपञ्च रचेर मान, मर्यादा र स्वाभिमान माथि खेलवाड गरिएको हो ।

उच्च अदालतले पनि पुष्पालाई काम गरेको पारिश्रमिक दिनु भनेर फैसाला गरिसकेपछि  गाउँपालिकाले उहाँलाई पारिश्रमिक दिन किन आनाकानी गरेको भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले अझै उच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएकोले उच्च अदालतले जे निर्णय गर्छ त्यसअनुसार पुष्पालाई सेवा सुविधा दिने बताउनुभयो ।

हालका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको यो कुरामा पनी दम नपुगेको देखिन्छ । अदालतले अन्तरिम आदेश दिएपछि किन तलब सुविधा दिइएन ? अन्तिम फैसला आएर तलब देउ है भनेर अदालतले निर्देशन दिँदा पनी किन निर्देशनको पालना गरिएन ?

साथै पुष्पा शर्मा अझै पनि ३ नम्बर वडा कार्यालयको आर्थिक फाँट सम्हाल्दै आएपनि प्रमुख प्रशासकीय अधिकृतले पुष्पालाई गाउँपालिकाको कुनैपनि काममा नलगाएको बताउनु भएको छ ।

अदालतको आदेश ठूलो की गाउँपालिकाका ? कति सम्म भने अदालतले कम गर्न दिनुभनेर भन्दा समेत काम गर्न नदिनु अदालतकै अपमान होइन र ?

यसैगरी पुष्पा शर्मालाई हटाउनकै लागि अहिले गाउँपालिकाले उद्यम विकास सहजकर्ता सहायक स्तर तह चौथोमा करार पदपुर्ति गर्न सूचना जारी गरीसकेको छ । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०७९ साल साउन ४ गते पुरानै उद्यम विकास सहजकर्ता अनुभवि भएका कारण थप निरन्तरता दिन सबै स्थानीय तहहरुलाई पत्र पठाएको छ, तर बढैयाताल गाउँपालिकाले भने पुष्पा शर्माको ठाँउमा भाद्र १ गते बुधबार नै उद्यम विकास सहजकर्ता सहायक स्तर तह चौथोमा करार पदपुर्ति गर्न सूचना जारी गरीसकेको छ । पुष्पा शर्मालाई निकाल्न उहाँको ठाउँमा अर्कै कसैलाई राख्न यो सुचना जारी गरिएको हो ।

यस विषयमा नेपाल कागजले बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीसँग कुरा गर्न खोज्दा ३ पटक सम्म फोन नउठेपछि उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीसंग कुरा गर्दा उहाँले पुष्पा कै ठाँउमा खोलिएको कुरा आफुले सुनेको तर यथार्थ भने थाहा नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, "करार कर्मचारी आवस्यकताको विषयमा कार्यपालिकाको बैठकबसी निर्णय गरेको भए मलाई थाहा हुन्थ्यो । प्रमुख प्रशासकिय अधिकृतको हस्ताक्षरीत बिज्ञप्ती आधिकारिक भएपनि मलाई यस विषयमा कुनै जानकारी छैन ।"

निष्कर्ष : शक्तिशालीको दमनमा परेकी छोरी

पुष्पाको ठाउँमा मेरो, तँपाइको, हाम्रो छोरी, चेली बहिनीले यसै किसिमको मानवीय उत्पीडन, तनाव र अपमान विरुद्धको लडाइ लड्नु नपरोस् । आज यो अपमानको सागरमा पुष्पा शर्मा पौडदैँ हुनुहुन्छ, भोलि अर्को पुष्पाले फेरि यस्तै लडाइ लड्नु नपर्ला भन्ने छैन । अन्यायको सुरुवात र आरोह पुष्पा हुन, अवरोहमा यस्ता धेरै पुष्पाले अझै दुख पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ । पुष्पा प्रतिनिधि पात्र हुन, सुरुवात हुन, बढैयातालले देखाएको चरित्रले अन्य धेरै पुष्पा जन्मिने छन जसले यसरी नै शोषण दमन अपमान भोग्ने छन । पुष्पालाई बढैयातालका नेतृत्वले निकाल्ने छन्, यो कुरा उनीहरूको पछिल्लो गतिविधिले उजागर गरिसकेको छ ।

अन्त्यमा दुई शब्द आज पुष्पा शर्मा माथि भएको अन्यायमा हामी मौन छौँ । भोलि अर्को पुष्पा यही घृणा, तिरस्कार, अपमान र आशुँको सिकार हुनु नपरोस ।
 


प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १४:५१
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्