Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • पुष्पा शर्मा जसलाई बर्दियाको बढैयाताल गाउँपालिकाले १३ महिना देखि श्रम शोषण गर्दैछ...
पुष्पा शर्मा जसलाई बर्दियाको बढैयाताल गाउँपालिकाले १३ महिना देखि श्रम शोषण गर्दैछ...
अनोज थारु
अनोज थारु मंगलबार, असार २८, २०७९

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा करार पदमा कार्यरत कर्मचारी पुष्पा शर्माले १३ महिना देखि तलब पाउनुभएको छैन । तलब मात्र होइन अहिले उहाँले कर्मचारीले पाउने सेवा सुबिधा समेत पाउनुभएको छैन । 

बढैयाताल गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा समाजिक परिचालिकाको रुपमा काम गर्दै आउनुभएकी पुष्पा शर्माले जनजागरण महिला संघमा २०६८ साल माघ १ गते सामाजिक परिचालिकाको रुपमा नियुक्ती पाउनुभएको थियो ।

त्यतिबेला वडा नागरीक मन्च, नागरीक सचेतना केन्द्र गठन लगायत बस्तीबस्तीमा गएर उपभोक्त समिति गठन गर्ने र योजना छनौट प्रक्रियामा सहजिकरण गर्ने जस्ता कामहरु लामोसमय देखि गर्दै आउनु भएको थियो । 

काम गर्दै जाँदा गरीवी निवारणका लागि उद्यम बिकास कार्यक्रम अन्तर्गत बढैयाताल गाँउपालिकाले तह चौथो र पाँचौको लागि २०७७ कार्तिक २५ गते कर्मचारी आवश्यकता संम्बन्धी सूचना जारी गरेको आधारमा शर्माले आफ्नो योग्ता, क्षमता र अनुभवको आधारमा चौथो तहमा नाम निकाल्नु भयो । 

पुष्पा शर्माले २०७७ साल पुस १ गते गाँउपालिकाबाट नियुक्ति पाइसेकपछि सामाजिक परिचालिका र ३ नम्बर वडा कार्यालयको आर्थिक फाँट सम्हाल्दै आउनुभएको थियो । 

तर २०७८ सालको साउन देखि आजको दिन सम्म गाँउपालिकाबाट कुनै किसिमको सेवा सुबिधा तलब भत्ता पाउनुभएको छैन । 

बढैयाताल गाँउपालिकामा १ सय २४ जना करार कर्मचारीहरु रहेका छन् । त्यसमध्य पुष्पा शर्माको नाम ५९ औँ नम्बरमा रहेको छ । तर सबै करार पदका कर्मचारीहरुले तलब भत्ता पाए पनि उहाँलाई दिइएको छैन । 

उहाँले नेपाल कागजसँग कुरा गर्दै भन्नुभयो, "२०७८ साल असार १० गतेको गाँउसभाबाट बिभिन्न साखामा करार पदमा कार्यरत रहेका कर्मचारीहरुलाई २०७९ साल असार मसान्त सम्म करार समय अवधि थप गर्ने र नेपाल सरकारले तोकेको तलब लगायत पोशाक र अन्य सेवा सुबिधा दिनेगरी करार सम्झौता गर्न गाँउपालिकालाई निर्देशन दिने भनि निर्णय भएको छ । उक्त निर्णय अन्य सबै कर्मचारीमा लागू भयो तर मेरो सन्दर्भमा लागू गरिएन । मेरो पारिश्रमिक किन रोकियो ? मलाई बिनाकारण हटाइयो । मलाई हटाएको लिखित रुपमा जानकारी आउनु पर्थ्यो तर जानकारी गराईएन ? अदालतले काम गर्न दिनु भनेपछि काम त गरिरहेको छु तर आजसम्म तलब पाएको छैन । मनको पीडा मनमै छ हजुर । मेरो गल्ती के हो ? मलाई अन्याय किन गरियो ?"

उहाँले भन्नुभयो, "गाउँसभा बैठक बसेको ठिक २१ दिन अर्थात २०७८ साल असार ३१ गते उद्यम बिकाससँग संम्बन्धी कामकाज नगरेको र उद्यम बिकास सहजकर्ता लोकराज महतरा र कार्यालय प्रमुखलाई ब्यवास्ता गर्दै वडा नं ३ कार्यालयको कामकाज गर्दै आएकोले निजको काम सन्तोषजनक नभएको भन्दै २०७८ असार मसान्त पछि करार सम्झौता थप नगर्न भनि जिल्ला प्रशासन कार्यालय बर्दियामा पेश गरीएको पत्र पाएपछि बल्ल तलब नपाउनुको कारण मैले बुझेँ । त्यसो हो भने मबाट कुनै कमीकमजोरी भएको थियो भने मलाई पत्र दिनुपर्थ्यो । मेरो गल्तीको बारेमा भन्नुपर्थ्यो तर एक्कासि मलाई काम गर्न दिइएन ।" 


उहाँले अगाडि भन्नुभयो, "जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार यौजना छनौट प्रक्रिया देखि सबै कुरा राम्रो देखिएको भनिएको छ तर गाँउपालिकाको च.न.२८२५ मिति २०७८।३।३१ गतेको पत्रअनुसार उद्यम बिकास सहयोगी पुष्पा शर्मालाई करार सम्झौता थप नगर्ने निर्णय गरी पत्रचार गरेको लेखिएको छ । तर मैले नियुक्ति पाएदेखि नै ३ नम्बर वडा कार्यालयको आर्थिक फाँट सम्हाल्ने जिम्मेवारी दिइयो । अनि मैले जिम्मेवारी दिए अनुसार काम गर्दै आएँ । तर पछि उद्यम बिकाससँग संम्बन्धी कामकाज नगरेको र उद्यम बिकास सहजकर्ता लोकराज महतरा र कार्यालय प्रमुखलाई ब्यवास्ता गर्दै वडा नं ३ कार्यालयको कामकाज गर्दै आएकोले करार थप नगर्ने भनिएको छ । अब तपाईं आफै भन्नुस मलाई त ३ नम्बर वडाको काम दिइयो, दिइएको जिम्मेवारी पूरा गरेँ अहिले बिनाकारण दुख दिन अन्य आरोप लगाइयो । जीवन धान्न पाउनुपर्ने पारिश्रमिक समेत पाएको छैन ।"


पुष्पा शर्माले उच्च अदालत तुलसिपुर नेपालगंज ईजलासमा २०७८ चैत २० गते गाँउपालिकालाई बिपक्षी बनाई निवेदन दिएको बताउनुभयो । 

उच्च अदालत तुलसिपुर नेपालगंज ईजलासले पनि २०७९ साल बैशाख १३ गते निवेदकको आखिरी टुङ्गो नलाग्दा सम्म अन्य करारका म्याद थप भएका कर्मचारी सरह कामकाज गरेको अवधिको तलव भत्ता दिनु र साबिक देखि कामकाज गरेको पदमा कामकाज गर्न दिनु भनी देवानी कार्यबिधि (संहिता) ऐन, २०७४को दफा १५८ तथा उच्च अदालत नियमवली २०७३को नियम ४२ (१) बमोजिम बिपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ । अदालतले अन्तरिम आदेश जारी गरेपनि उहाँले अझै तलब पाउनुभएको छैन ।

पुष्पा शर्मा अहिले नियमित रुपमा ३ नम्बर वडा कार्यालयमा आएर कामकाज गरी रहनु भएको छ तर तलब भने अँझै पाउनु भएको छैन । 

उहाँका अनुसार १ बर्ष काम गरेको र १ महिनाको पेश्की गरेर प्रतिमहिनाको तलव २८,६१० का दरले १३ महिनाको तलव, ३ लाख ७१ हजार ९ सय ३० रुपैँया पाउनु पर्ने हो । 

यस बिषयमा अहिलेका नव निर्वाचित वडा नं ३ का वडा अध्यक्ष लल्लन अहिर संग कुराकानी गर्दा पुष्पा शर्माको बिषयमा कार्यापालिकाको बैठकमा कुरा उठाइ रहेको बताउनुभयो । 

त्यसैगरी वडा नं ३ का पुर्व वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीसँग कुराकानी गर्दा उहाँले आँफुलाई यस विषयमा कुनै जानकारी नभएको दाबी गर्नुभयो । 

यस बिषयमा बढैयाताल गाँउपालिकाका पुर्व अध्यक्ष लाल बहादुर श्रेष्ठसँग कुराकानी गर्दा उहाँले पुष्पा शर्मा लगायत सबै करार पदका कर्मचारीहरुको कार्यपालिकाको बैठकबाट, गाउँ सभाको बैठकबाट करार अवधि थपिएको तर त्यतिबेलाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीको गैर जिम्मेवारीपनको कारण यस्तो भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "तत्कालीन बढैयाताल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले करार सम्झौता गरदिनु पर्ने हो तर त्यही भन्दाभन्दै पछि उहाँको सरुवा भएका कारण तलब नखुवाएरै जानु भयो ।"

यता बढैयाताल गाँउपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत हाल राजापुर नगरपालिकामा कार्यरत अर्जुन सुबेदीसँग पुष्पा शर्माले तलब नपाउनुको कारण बारे जिज्ञासा राख्दा उहाँले उद्यम बिकाससँग संम्बन्धी कामकाज नगरेको कारणले करार सम्झौता थप नगरेको बताउनुभयो ।

स्थानीय निकायको जिम्मेवार पदमा बसेकाहरूले जेजस्तो स्पष्टीकरण दिए पनि पुष्पा शर्माको श्रमको शोषण भएकामा दुइ मत छैन । 

शर्मा अहिले पनि वडा नम्बर ३ मा काम त गरिरहनुभएको छ तर तलब बिहिन हुनुहुन्छ । 

जिम्मेवार निकायमा आसीन सम्बन्धित निकायका पदाधिकारीले बुझ्नुपर्ने हो की पुष्पाको पनि परिवार छ । उहाँको पनि आमाबुबा हुनुहुन्छ । 

महंगो यो संसारमा श्रम गरेर पनि श्रमको सम्मान नहुँदा, आफ्नो अधिकारले पाउनुपर्ने तलब सुबिधा नपाउँदा अपमानबोध हुन्छ । त्यो अपमानबोधता संग लड्दै पुष्पा अँझै वडा नम्बर ३ मै काम गरिरहनुभएको त छ तर उहाँले पाउनुपर्ने अधिकार भने अझै पाउनुभएको छैन ।


प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १७:१७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्