Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • बर्दिया प्रहरीको लागूऔषधविरुद्धको र्‍यापिड एक्सन: ब्राउन सुगरसहित कारोबारी पक्राउ
बर्दिया प्रहरीको लागूऔषधविरुद्धको र्‍यापिड एक्सन: ब्राउन सुगरसहित कारोबारी पक्राउ
नेपालकागज
नेपालकागज मंगलबार, साउन १७, २०७९

(हरि गुरुङ, अनोज थारू) । बर्दिया प्रहरीको लागूऔषधविरुद्धको र्‍यापिड एक्सन: ब्राउन सुगरसहित कारोबारी पक्राउ

तबिर : मातहतका प्रहरी अधिकारीहरूलाई समन्वयात्मक छलफलमा निर्देशन दिनुहुँदै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शाही 

हरी गुरुङ, अनोज थारू, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले गुलरियाको एक गाउँबाट करिब २ ग्राम ब्राउन सुगरसहित लागूऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ ।

करिब डेढ देखि २ ग्राम ब्राउनसुगर भनिएपनी उक्त लागूऔषधको आधिकारिक परिमाण केही समयमा थाहा हुने प्रहरी स्रोतले जानकारी दिएको छ । 

तस्बिर : गुलरिया नगरपालिका वडा नम्बर ११ सुरजीगौडीको नर्सरी जंगलबाट पक्राउ परेका नरोद्धिन गद्दी । उनीसँगै नर्सरी जंगलबाटै राकेश श्रीवास्तव समेत पक्राउ परेका छन । राकेश श्रीवास्तव कारोबारी हुन भने नरोद्धिन गद्दी दुर्व्यसनी हुन । 

हाम्रा विश्वस्त प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर ११ सुरजीगौडीका नरोद्धिन गद्दी र राकेश श्रीवास्तव रहेका छन ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो २:२७ मा सुरजीगौडीको नर्सरी जंगलबाट पक्राउ गरेको हो ।

विश्वस्त हाम्रा प्रहरी स्रोतका अनुसार उक्त नर्सरी जंगलबाट उक्त पक्राउ परेका ब्यक्तिहरूले गुलरिया, मैनापोखर र तुलापुरसम्मका युवाहरुलाई १ ग्रामको ६ देखि ८ हजार सम्ममा लागूऔषध ब्राउनसुगर बेच्ने गरेका थिए । 

उनीहरुले भारतबाट १ ग्रामको ३ हजार ५०० देखि ४ हजार सम्ममा किनेर ल्याउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

कुनै घरको छोरा वा छोरी लागूऔषध दुर्व्यसनमा फस्नु नै उक्त परिवारको सर्वनास हुनु होतसर्थ बर्दिया प्रहरी नेतृत्व तथा यहाँंका अधिकारीहरुले 'लागूऔषधविरुद्धको र्‍यापिड एक्सन' अभियान चलाउनु नै आफैमा प्रशंसनीय कार्य हो भन्नुमा सायदै दुई मत नहोला । तसर्थ बर्दिया प्रहरीको कदमको आरोहलाई बर्दियावासीले हृदयंगम गर्दै टोल, छिमेक र समाजमा भएका कुलतजन्य कृयाकलापको बारेमा समयमै प्रहरीलाई सुचना दिएर सहयोग गर्नुपर्ने समयले माग गरिसकेको छ । यो समस्या आज छिमेकीको घरमा होला तर भोलि निश्चयपनी मेरो तँपाइको र हाम्रो घरमा समेत यो समस्या आइपर्न सक्छ । बर्दिया प्रहरी नेतृत्व र बर्दिया प्रहरीका सम्पूर्ण अधिकारीहरुको रणनीतिक कार्यनिती तथा कामकारबाहीमा रचनात्मक सहयोग गरेर प्रहरीको मनोबल उच्च राख्न बर्दियावासीको भुमिका अपरिहार्य रहेको छ । -सह-सं टिप्पणी

तस्बिर : जिल्लाको शान्ती सुरक्षाकोबारेमा छलफल गर्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका सुरक्षा अधिकारीहरु । जिल्ला प्रहरी कार्यालयका हाम्रा स्रोतका अनुसार लागूऔषध बेचबिखन तथा ओसारपसारमा संलग्नका विरुद्ध एसपी शाही र जिल्लामा कार्यरत राजापत्रांकित श्रेणिका सुरक्षा अधीकारीहरुले कडा निती अख्तियार गरेका छन ।  

सो कारोबारको गोप्य सुचना प्रहरीलाई प्राप्त भएपछी निगरानी बढाइएको थियो । यसै क्रममा जंगलभित्रबाट कारोबारीहरुलाई बर्दिया प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिइ चेकजाँच गर्दा लागूऔषध फेला परेको थियो । 

यी लागूऔषध कारोबारीहरुको नेक्ससको अनुसन्धान बर्दिया प्रहरीले सुरु गरेको स्रोतको भनाइ छ । 

उनिहरुसँग लागूऔषधको परिमाण थोरै भेटिएपनि दिनमै १५ देखि २० जना सम्मका युवाहरूलाई लागूऔषध खैरो हेरोइन ब्राउन सुगर बेच्ने गरेका थिए । 

जेबमा डेढ देखि २ ग्राम लागूऔषध भेटिएपनी ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगर दैनिक रुपमा उनिहरुले बेच्ने गरेको स्रोतको भनाइ छ ।

हाम्रा विश्वस्त स्रोतका अनुसार बर्दिया प्रहरी नेतृत्व प्रहरी उपरीक्षक (एसपी) बिरेन्द्र बहादुर शाही, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदी लगायत बर्दिया प्रहरीका अधिकारीहरुले लागूऔषध कारोबारीविरुद्ध र्‍यापिड एक्सनमा कारबाही चलाउने अभियान चलाएका छन ।

बर्दियामा युवाहरुमा लागूऔषध सेवनको लत भुसको आगो सरह भित्रभित्रै सल्किरहेको अवस्थालाई मध्यनजर गर्दै प्रहरी नेतृत्वले कारोबारी पक्राउ गर्न बिशेष टोली नै खटाएको छ ।

तस्बिर: समुदाय प्रहरी साझेदारी अन्तर्गत गुलरिया नगरपालिकाका  सरोकारवालाहरु तथा समुदायसँग समन्वयात्मक् छलफल गर्दै बर्दिया प्रहरी । समुदायसँग नजिक भएर काम गर्दैछन बर्दियाका प्रहरी अधिकारीहरु ।  

भारतीय सिमासँग जोडिएकाले बर्दियाका गाउँगाउँमा लागूऔषध सेवनकर्ताको संख्या बढ्दो अवस्थामा छ । 

यो समस्याले अत्यन्तै अपत्यारिलो ढंगले समाजमा खुट्टा पसारिरहेको अवस्थामा बर्दिया प्रहरीले देखाएको सक्रियता प्रशंसनीय छ ।

यी कारोबारीहरुका कारण देशका कर्णधार भनेर ब्याख्यित युवा पुस्ता लागूऔषधको चंगुलमा चुर्लुम्म डुबेको अवस्था छ । 

बर्दिया प्रहरीले पछिल्लो समयमा गरेका र्‍यापिड एक्सन अन्तर्गतका अपरेसन यस प्रकार छन 

 

गत साउन १४ गते बर्दिया प्रहरीले लागूऔषध 'खैरो हेरोइन' ब्राउन सुगर सहित २ जना लाई पक्राउ गरेको थियो ।

मधुवन नगरपालिका -०८ कुसुम्बाघाट क्षेत्रको जंगलमा अबैध लागूऔषध (ब्राउन सुगर) कारोबार भईरहेको छ भन्ने विषेश सूचनाको आधारमा बर्दिया प्रहरीले १.६० ग्राम ब्राउन सुगरसहित मधुवन नगरपालिका वडा न. ८ गाउँ नं. ६ बस्ने दोर्णराज गुरुङ र बेद प्रसाद जैसीलाई पक्राउ गरेको थियो ।

त्यस्तै गत साउन ३ गते नै ३ जना लागु औषध(ब्राउन सुगर) कारोबारीलाई बर्दिया प्रहरीले पक्राउ गरेको थियो ।

बढैयाताल गाउँपालिका -०२ फुटाहाको भारतीय सिमाना नजिक लागूऔषध (ब्राउन सुगर) को कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा बर्दिया प्रहरीले बाँसगढि नगरपालिका -०३ बस्ने उमेश खत्री, कृष्ण प्रसाद थारु, सुनिल थारुलाई ३ ग्राम ३९० मिलि ग्राम लागूऔषध (ब्राउन सुगर) सहित पक्राउ गरेको थियो ।

तस्बिर: पक्राउ परेका मधुवन नगरपालिका वडा नं.-५ बस्ने ललित बहादुर गुरुङ्ग, समीर सार्की र मधुवन नगरपालिका वडा नं.-६ बस्ने किरण बंशी मगर । उनिहरु बढैयाताल गाउँपालिका वडा नं.- ८ दशगजा नजिकैबाट ५५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन । 

त्यस्तै हिजो साउन १६ गते बेलुका बर्दिया प्रहरीले बढैयाताल गाउँपालिका वडा नं.- ८ दशगजा नजिकैबाट ५५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका वडा नं.-५ बस्ने ललित बहादुर गुरुङ्ग, समीर सार्की र मधुवन नगरपालिका वडा नं.-६ बस्ने किरण बंशी मगर रहेका छन । 

बर्दिया प्रहरीले पछिल्लो समय व्यापक रुपमा लागूऔषधविरुद्ध कडा नीति अपनाउँदै कारोबारी रोक्न शून्य सहनशीलताको अवधारणालाई अगाडि बढाएको उसले गरेका कामकारबाही तथा क्रियाकलापबाट उजागर हुन्छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बिरेन्द्र बहादुर शाहीसँग प्रतिक्रिया माग्दा उहाँले भविस्यका कर्णधार युवाहरुमा लागूऔषधले पारेको प्रभावका कारण समाज र राष्ट्रलाई नै ठूलो क्षति भएको बताउनुभयो । उहाँंले लागूऔषधको कारोबारलाई रोक्न मातहतका निकायलाई कडा निर्देशन दिइएको बताउनुभयो ।

उहाँले नेपाल कागजसँग भन्नुभयो, "लागूऔषध दुरुपयोगको रोकथामका लागि कारोबारीलाई पक्रन विशेष अभियान चलाएका छौँ । दुर्व्यसनले सामाजिक, आर्थिक, मानसिक र मनोबैज्ञानिक रुपमा युवाहरुलाई बिक्षिप्त बनाएको छ । देशका युवालाई लागूऔषधको चंगुलबाट बचाउन नेपाल प्रहरी दत्तचित्त भएर लागेको छ र सफल पनि भएको छ ।"

कुनै घरको छोरा वा छोरी लागूऔषध दुर्व्यसनमा फस्नु नै उक्त परिवारको सर्वनास हुनु हो तसर्थ बर्दिया प्रहरी नेतृत्व तथा यहाँंका अधिकारीहरुले 'लागूऔषधविरुद्धको र्‍यापिड एक्सन' अभियान चलाउनु नै आफैमा प्रशंसनीय कार्य हो भन्नुमा सायदै दुई मत नहोला । तसर्थ बर्दिया प्रहरीको कदमको आरोहलाई बर्दियावासीले हृदयंगम गर्दै टोल, छिमेक र समाजमा भएका कुलतजन्य कृयाकलापको बारेमा समयमै प्रहरीलाई सुचना दिएर सहयोग गर्नुपर्ने समयले माग गरिसकेको छ ।

यो समस्या आज छिमेकीको घरमा होला तर भोलि निश्चयपनी मेरो तँपाइको र हाम्रो घरमा समेत यो समस्या आइपर्न सक्छ । बर्दिया प्रहरी नेतृत्व र बर्दिया प्रहरीका सम्पूर्ण अधिकारीहरुको रणनीतिक कार्यनिती तथा कामकारबाहीमा रचनात्मक सहयोग गरेर प्रहरीको मनोबल उच्च राख्न बर्दियावासीको भुमिका अपरिहार्य रहेको छ । -टिप्पणी- सहसम्पादक 


प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  २१:०७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्