Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
बढैयाताल गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
अनोज थारु
अनोज थारु आइतबार, साउन १, २०७९

बाँके । बर्दियाको बढैयाताल गाउँपालिकाको ११औँ गाउँसभाबाट नीति तथा कार्यक्रम पास भएको छ । 

यस अघि नियुक्त भएका कर्मचारी दरबन्दी कटौती गर्ने बिषयलाई लिएर पालिकाको निति तथा कार्यक्रम पारित हुन सकेको थिएन । 

सबैको सहमति पछि गाउँ सभाको बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । 

“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वधार : बढैयाताल गाँउपालिकाको समृद्धिको आधार” भन्ने मुल नारा सहित आर्थिक बर्ष २०७९/८०को नीति तथा कार्यक्रम बढैयाताल गाँउपािलकाका अध्यक्ष हिमालय त्रिपाठीले प्रस्तुत गर्नु भएको थियो ।

बढैयाताल गाँउपालिका भित्रका परम्परागत पेशा, ब्यवसाय, कृषि, आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक आस्थाहरुसँग जोडिएका पहिचानमा आधारीत पर्यटकिय स्थलहरुलाई संरक्षण प्रर्वद्धन र ब्यवसायिकरण गरी पालिकाका जनताहरुको जनजिविकालाई सहज बनाउदै समृद्ध गाँउपालिकाको जग बनाउने उद्देश्य सहित २६ पेज ३०६ बुंदे नीति तथा कार्यक्रम गाँउ सभामा प्रस्तुत गरीएको थियो । 

पालिकाको नीति तथा कार्यक्रममा बिशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऐतिहासिक धार्मिक र सांस्कृतिक पक्षलाई मुख्य प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । 

आगामी आर्थिक बर्षको शैक्षिक गुणस्तर सुधारको लागि सामुदायिक बिद्यालयमा अभिभावक र गाँउपालिका अध्यक्ष शिक्षा कार्यक्रम लागु गर्ने, दिगो रुपमा शैक्षिक क्षेत्र सुधारको लागि शिक्षा रेडियो कार्यक्रम संन्चालनका साथै बिद्यार्थीसंग गाँउपालिका अध्यक्ष कार्यक्रम लागु गर्ने, बिद्यार्थीको संख्या अनुपातमा शिक्षक दरबन्दी मिलान गर्ने, शहिद, बेपत्ता, द्धन्द पीडित,जेहेन्दार छात्र छात्रालाई छात्रबृद्धिको ब्यवस्था गर्ने, शिक्षामा तहगत प्रधानाध्यापक मिलान गर्ने, सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमको शिक्षालाई प्रोत्साहन र ब्यवस्थापन गर्ने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन । 

त्यस्तै, कृषि क्षेत्रमा एक वडा एक उत्पादनको नीति अवलम्बन गरी एक वडा एक हाट बजार कार्यक्रम अगाडी बढाइने, कृषि पेशालाई सम्मानित तथा मर्यादित बनाउनको लागि “गाँउपालिका अध्यक्ष युवा उद्यमी कृर्षक प्रबद्र्धन कार्यक्रम” संचालन गर्ने, अति बिपन्न किसानहरुलाई ५० प्रतिशत अनुदानमा साना कृषि औजार बितरण गर्ने, बेरोजगार युवाहरुलाई सिटिइभिटिबाट मान्यता प्राप्त ब्यवासायिक तालिम दिने, एक वडा एक कृषि÷पशु प्राबिधिक कार्यक्रमलाई अगाडी बढाउने,पशुको नस्ल सुधार गरी पशुजन्य उत्पादकत्व बिस्तार गर्दै आधुनिक पशु बधशाला निर्माण गर्ने जस्ता योजनाहरु नीति तथा कार्यक्रममा समावेश छन । 

त्यसैगरी सबै तहका स्वास्थ्य संस्थाहरुबाट तोकिए बमोजिम निशुल्क औषाधी बितरण गर्नुका साथै आर्युबेद, योग तथा होमियोप्याथिक लगायत चिकित्सा प्रणालीलाई बिस्तार गरी जेष्ठ नागरीकहरुलाई घरघरमै गई स्वास्थ्य सेवाको ब्यवस्था मिलाउने, ६५ बर्ष माथिका सबै जेष्ठ नागरीक, अति अशक्त, अपाङ्गता भएका गरीब, बिपन्न, द्धन्द पिडित, मुक्तकमैया कमलरी परिवारलाई निशुल्क स्वास्थ्य बिमा गर्ने, थारु समुदायको बरघर प्रथालाई कानुनी मान्यता दिएर विकाससँग बरघर र टोल बिकास संस्था भन्ने नारालाई यसै बर्षदेखि बिकास कार्यक्रममा जोड्ने कार्यक्रमहरु पनि नीति तथा कार्यक्रममा समावेश छन । 

प्रत्येक वडामा एक वडा एक खेलमैदानको अवधाराण लागु गरी गाँउपालिकामा एउटा रंगशालाको लागि संघ र पद्रेश सरकारसंग समन्वय गर्ने, स्थानीय भाषा, धर्म, संस्कृति, भेषभुषा, सामाजिक परम्परा, रितीथिती एंव बिभिन्न धार्मिक प्रतिष्ठानलाई समेटिने जस्ता योजना तथा कार्यक्रम अध्यक्ष हिमालय त्रिपाठीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा समावेश छन । 

बढैयाताल गाँउपालिकाको कार्यपालिकाको बैठकबाट न्यायिक समितिको संयोजकमा पालिकाको उपाध्यक्ष सहित ३ सदस्यीय समिति गठन गरीएको छ भने गाँउपालिकाको आर्थिक बर्ष २०७९।०८० को आर्थिक बजेट अझै कार्यपालिकामा पेश भएको छैन ।    
  


प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १०:३७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्