Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बढैयातालको विकासमा एमाले बाधक होइन साधक हो : एमाले बर्दिया अध्यक्ष लालबहादुर श्रेष्ठ
बढैयातालको विकासमा एमाले बाधक होइन साधक हो : एमाले बर्दिया अध्यक्ष लालबहादुर श्रेष्ठ
अनोज थारु
अनोज थारु शुक्रबार, असार ३१, २०७९

बर्दिया । नेकपा एमाले बर्दियाका अध्यक्ष तथा बढैयाताल गाँउपालिकाका पुर्व अध्यक्ष लालबहादुर श्रेष्ठले बढैयातालको विकासमा एमाले बाधक नभएर साधक भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले नेपाल कागजसँग कुरा गर्दै नेकपा एमाले बर्दियाको विकासमा दत्तचित्त भएर लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, "बढैयाताल र समग्र बर्दियाको विकासमा एमाले सधैं अग्रपंक्तिमा छ । समाज र राष्ट्र निर्माणमा हामी सदैब अगाडि छौँ ।"

त्यस्तै उहाँले बुधबार, असार २२, २०७९ गते नेपाल कागज पत्रिकामा "बढैयातालमा राजनीतिक प्रतिशोध साँध्न नीति तथा कार्यक्रममा अवरोध पुर्‍याइयो: अध्यक्ष त्रिपाठी" शीर्षकमा प्रकाशित समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, "समाचार प्रकाशित हुनु, यहाँको समस्याको बारेमा उठान हुनु अत्यन्तै सुन्दर र सकारात्मक पक्ष हो । तर समाचार निष्पक्ष हुनुपर्छ । उक्त समाचारमा एमालेसँग पनि प्रतिक्रिया लिइनुपर्थ्यो । नेपाल कागज जस्तो गरिमा बोकेको प्रतिष्ठित अनलाइन पत्रिकाले निष्पक्ष रुपमा सूचना प्रवाह गरोस, मेरो सुभकामना छ र मेरो ब्यक्तिगत चाहना पनि छ ।"

उहाँले अगाडी भन्नुभयो, "बढैयातालमा अहिले कार्यरत कर्मचारीहरुलाई हटाउने कुत्सित योजनाको बिरोध गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको हो । लोकतन्त्रमा बिपक्षीको उचित सम्मान हुनुपर्छ, उचित छलफल तथा सहकार्य गरेर मात्र अगाडि बढ्न सकिन्छ । हामी बहुमतमा छौँ, त्यसैले बहुमत कार्यपालिका सदस्यहरूको सुझावलाई लिएर पालिकाको सत्तासीन पक्ष अगाडि बढ्नुपर्छ ।"

उहाँले अगाडि भन्नुभयो, "प्रशासनिक कार्यलाई व्यवस्थापन गर्ने जिम्मा कार्यालयको प्रशासकीय अधिकृतको हो । हामी राजनीति गर्ने मान्छेले प्रशासनको कुरामा धेरै दखल गर्न मिल्दैन थियो । त्यसर्थ समयमै नमिलेका कागजातहरुलाई व्यवस्थित गर्ने काम प्रशासनिक प्रमुखको हो । नमिलेका कुराहरूको सन्दर्भमा समयमै मलाई जानकारी गराएको भए मैले निर्वाह गर्नुपर्ने भुमिका पूरा गर्थे ।"

अध्यक्ष श्रेष्ठले भन्नुभयो, "बढैयातालमा रहेका ९ वडा मध्य ७ वडा सहित उपाध्यक्षमा विजय हासिल गरेको एमाले बहुमतमा छ भन्ने कुरा वर्तमान सत्तासीनलाई थाहा हुँदहुँदै पनि समन्वयात्मक तरिकाले बढैयातालको समष्टिगत विकासको लागि मिलेर जानुपर्ने ठाउँमा अल्पमतले बहुमतसँग सरसल्लाह नगरी एकोहोरो पेल्न खोज्नु अपमान गर्नुपनी बिरोध हुनुका कारण हुन । हामी चाहन्छौँ, सबै मिलेर सरलता र सहजताका साथ पालिकाको विकास गरौँ ।"


उहाँले भन्नुभयो, "कागज पत्र नमिलेको कारण महालेखा परिक्षकको प्रतिबेदनमा बेरुजु देखिएको हो । प्रशासन भित्रका केही कर्मचारीहरुले सबै कर्मचारीहरुको सबै बिवरण दिने क्रममा बदमासी गरेका कारण महालेखाको अन्तिम रिर्पोट नभएर ३५ दिने प्रारम्भिक रिर्पोटमा बेरुजु देखिएको हो । अहिले राजनितिक प्रतिशोधको आधारमा कर्मचारीलाई हटाएर आफ्नो मान्छे राख्ने योजना सहित प्रपञ्च रचिएको अवस्था छ । हिँजो समायोजन भएर आएका अधिकांश कर्मचारीहरु छन् । अब तपाईं भन्नुस हिँजो समायोजन भएका कर्मचारीहरुको पनि बेरुजु देखिनु महालेखाको कमजोरी हो कि यताको कमजोरी हो ? त्यसकारण त्यसमा थोरै कागज नपुगेको हो, डकुमेन्ट नपुगेको हो । त्यसैलाई उहाँहरुले राजनितिक प्रपोगण्डाको रुपमा फैलाउन खोज्नु भएको हो । देशभरीका ७५३ स्थानीय तहमध्य प्राय सबै ठाँउमा कर्मचारीहरुको केही केही बेरुजु देखिएका छ्न । तपाईं बर्दियाका सबै ठाँउमा हेर्नुस त, बाँकेमा हेर्नु, देशभरी हेर्नुस । बेरुजु देखाएको त नियम नमिलेर हो, बेरुजुलाई पुन परिक्षण गरिन्छ, त्यसको रिर्पोट लिइन्छ, कसैले तलव खाएको पनि कहिँ बेरुजु हुन्छ ? हुँदैन । त्यसकारण त्यो सब गलत आरोप हो ।"

बढैयाताल गाँउपालिकामा बहुमत भएको नेकपा एमालेले पालिकाको नीति तथा कार्यक्रम ल्याउन किन नदिएको भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले भन्नुभयो, "गाँउपालिकाको नीति तथा कार्यक्रममा हाम्रो कुनै रोकटोक नभएको प्रष्ट छ । यो उहाँहरुको गलत आरोप हो । अहिलेको अध्यक्ष लगायत नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले के सोच्नु भयो भने हामी बाहेक यो गाँउपालिकाको सभामा कोई पनि छैन । अध्यक्ष भएपछि सबैकुरा हुन्छ भनेर कानुन र बिधिलाई मिच्ने, र बिधि र कानुनबाट नचल्ने प्रक्रिया उहाँहरुले सुरुवात गर्नु भयो । कुनैपनि साभामा, कार्यापालिकामा जाँदा त्यसका बिधि र प्रक्रियाहरु हुन्छन् तर उहाँहरुले एकैपटक असारको १० गते गाउँसभाको बैठक बोलाउनु भयो । १० गते भन्दा अगाडी उहाँहरुले नीति तथा कार्यक्रम, आर्थिक बजेट, आर्थिक ऐन र हाल सम्म कार्यरत कर्मचारीहरुको नवीकरण अथवा सम्झौता ल्याउनुभएन, यि ४ प्रस्ताव कार्यपालिकाको बैठकबाट टुंग्याएर अनि मात्रै गाँउ सभामा लैजानु पर्थ्यो । तर गाँउ सभामा कुनै पनि प्रस्ताव लग्नु भएन ।" 

उहाँले अगाडि भन्नुभयो, "हाम्रो माग के थियो भने नीति तथा कार्यक्रम पालिका प्रमुखले पढ्नु पर्थ्यो र आर्थिक बजेट उपप्रमुखले पढ्नु पर्थ्यो तर उहाँहरुले मात्रै नीति तथा कार्यक्रम एकैचोटी आफैले बनाएर ल्याउनु भयो, तर गाँउ सभामा पेश नगरेर बाहिर बाँडनु भयो । गाउँ सभामा त कुनै पनि प्रस्ताव उहाँहरुले लानु नै भा छैन ? त्यसैले हामी बिधि कानुन ब्यवस्था अनुसार चाहन्छौँ र कार्यपालिका, सभाको निर्णय नै बढैयाताल गाउँपालिकाको निर्णय हुन्छ । बाँकी पालिका अध्यक्षको अधिकारको निर्णय अध्यक्षले गर्दा हुन्छ । हाम्रो कुनै पनि आपत्ति छैन । अनि अर्को कुरा अहिले सम्म कुनै पनि वडाको योजना बिधिगत रुपमा छनौट भएर गाकै छ्रैन । वडा बाट पास भएर गाँउपालिकामा योजना जानु पर्ने होइन ? १० गते भन्दा अगाडी वडामा सर्वदलिय बैठक बसेर सर्बपक्षिय सुझाव लिएर गाँउपालिकामा पेश गुर्न पर्ने हो तर त्यो केहीपनि नभएर एकैचोटी अध्यक्षको खल्तीबाट योजना पास हुन्छ ? हो त्यही गैरकानुनी बाटोबाट नचल्नुस भनेको हो । तपाईं बिधिगत रुपले सबै प्रस्ताव लिएर आउनुुस भनेको हो । त्यसकारण उहाँहरु अलि अपरिपक्व भएकोले गैरकानुनी बाटोबाट हिँड्ने र भर्खरै निर्वाचित भएर आएकाले उहाँहरूलाई कानुनी जानकारी नभएको हो । त्यसकारण उहाँहरु सच्चिन आवश्यक छ । उहाँहरु सच्चिनु भएन, सुधार्नु भएन भने अहिले जुन निर्वाचित ब्यक्तित्व छन, नेकपा माओवादी र नेपाली कांग्रेसको समिकरणले जुन हर्कत गरीराख्नु भएको छ, त्यसले उहाँहरुलाई असफल बनाइरहेको छ । यदि सफल हुन चाहनु हुन्छ भने उहाँहरु कानुन अनुसार बिधि अनुसार चल्नु पर्‍यो । त्यो अनुसार चल्नु भयो भने नेकपा एमालेको तर्फबाट कुनै किसिमको अवरोध हुँदैन । हामी सक्छौँ भने कानुन र बिधिबाट निर्णय गराउछौँ सक्दैनौ भने स्वीकारेर अगाडी बढ्छौँ ।" 


प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ११:०२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्