Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • बाँकेमा जन्मिएकी ३१ वर्षीया बिनु बुढा मगर भन्नुहुन्छ, "ब्याट र बल प्रिय लाग्छ"
बाँकेमा जन्मिएकी ३१ वर्षीया बिनु बुढा मगर भन्नुहुन्छ, "ब्याट र बल प्रिय लाग्छ"
नेपालकागज
नेपालकागज शनिबार, जेठ २२, २०७८

तस्बिर- हेमन्त श्रेष्ठ

बाँकेमा जन्मिएकी ३१ वर्षीया बिनु बुढा मगर भन्नुहुन्छ, "ब्याट र बल प्रिय लाग्छ"

बाँकेमा जन्मिएकी ३१ वर्षीया बिनु बुढा मगर १६ वर्षयता खेलकुद क्षेत्रमा सक्रिय छिन् । आर्मी क्लबबाट फुटबल खेल्ने बुवाको प्रेरणाबाट उनी यो क्षेत्रमा आएकी हुन् । बिनु बुढा मगर (क्रिकेटर) सँग गरिएको कुराकानीको सम्पादित अंश :-

फुटबल र एथलेटिक्स हुँदै क्रिकेटसम्म आइपुग्दा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

स्कुल लेभलदेखि नै फुटबल खेल्थें । उतिबेला निकै रमाइलो थियो, यति मात्र नभएर म दौड र क्रिकेट पनि सानैदेखि खेल्थें । खेल क्षेत्रमा म एकदमै सन्तुष्ट छु ।

फुटबलबाट क्रिकेटमा युटर्न हुनुको कारण ? क्रिकेट ग्ल्यामर खेल भएर हो ?

रनिङ राम्रो भएकाले एथलेटिक्समा लागें । पाँचौं राष्ट्रिय खेलमा खेल्दा, एउटा खेलाडीले दुईटा छुट्टाछुट्टै गेम खेल्न नपाइने थाहा भयो । म पुलिसमा आबद्ध भएकीले एथलेटिक्स नै छानें । त्यसपछि क्रिकेटतिर रुचि बढ्दै गयो र सन् २००७ देखि क्रिकेटमा लागें । हामीले खेल्दा क्रिकेटमा कुनै ग्ल्यामर वा पैसा कमाउने वातावरण नै थिएन ।

क्रिकेटमा टर्न हुँदा केही अप्ठ्यारो भयो कि ?

सानैदेखि खेल्ने भएकाले मलाई त्यति गाह्रो भएन ।

ब्याट र बल तथा फुटबलको भकुन्डोमा कुन प्रिय लाग्छ ?

ब्याट र बल नै प्रिय लाग्छ ।

तपाईंले जीवनमा असफलताबाट के सिक्ने गर्नुभएको छ ?

पहिले भन्दा बढी मेहनत गर्नुपर्छ, के त्रुटि थियो त्यसमा ध्यान दिनुपर्छ, अगाडि अझैं राम्रो गर्छु भन्ने आँट लिनुपर्छ भन्ने कुरा सिक्ने गरेकी छु ।

ग्राउन्डमा एकदमै खुसी र दुःखी भएको क्षण ?

खेलमा विजय हुँदा खुसी लाग्छ । तर, राम्रो प्रदर्शन गर्दागर्दैं पनि पराजय हुँदा दुःख लाग्छ ।

तनावमा हुँदा व्यक्तित्व रूपमा तपाईं कस्तो महसुस गर्नुहुन्छ ?

तनावमा भएको बेला सकेसम्म आफ्नो व्यक्तित्वलाई ठीकठाक राख्ने प्रयास गर्छु ।

जीवनमा आमा हुनु वा राष्ट्रको गौरवशाली खेलाडी हुनुमा कुन कुराले बढी अर्थ राख्छ ?

खेल्ने बेला नतमस्तक थिएँ खेलाडी हुनुमा । जब म आमा बनें त्यसभन्दा ठूलो कुरा जीवनमा अर्को केही छैन भन्ने लाग्यो ।

समय व्यवस्थापन कसरी गर्नुभएको छ ?

श्रीमान्–श्रीमती दुवै सशस्त्र प्रहरी बलमा छौं । त्यसैले एक–अर्कालाई नजिकबाट बुझेका छौं । उहाँले नानी र मेरो करियरको ख्याल गर्नुहुन्छ । उहाँकै बलमा नानी र करियरमा ठूलो सहयोग पुगेको छ ।

महिला खेलाडीका लागि के आवश्यकता देख्नुहुन्छ ?

म्याच निरन्तर हुनुपर्‍यो । उनीहरू व्यस्त रहनुपर्छ । पहिलेको तुलनामा सुविधा पनि राम्रो छ । क्रिकेटबारे सोच्ने मानिस पनि बढेका छन् । तालिमलाई पनि निरन्तरता दिनुपर्‍यो जुन

सरकारले नै पहल गर्नुपर्छ । गेम हुनु दुई महिनाअगाडि मात्रै तालिम दिएर भएन ।

साभार: नारी पत्रिका


प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १४:१५
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्