Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • राजनीति : आजको सन्दर्भ
राजनीति : आजको सन्दर्भ (बिचार)
नेपालकागज
नेपालकागज बुधबार, असार १, २०७९

राजनीति : आजको सन्दर्भ

-अंगद श्रेष्ठ

१०४ वर्षे राणा शासनको अन्त्यका लागि गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराजले आफ्नो जीवनको आहुती दिए । विभिन्न राजनैतीक आन्दोलनको परिदृश्य पश्चात २००७ सालमा प्रजातन्त्र आयो । २०१५ सालको आम निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्‍यो भने कम्युनिष्टहरुले केवल ४ सिटमा चित्त बुझाउनु परेको थियो । 

त्यती बेला पनि आपसी किचलो, नातावाद र आपसी द्वन्द्वको कारणले गर्दा शिशु प्रजातन्त्र वालिग हुन नपाउँदै राजा महेन्द्रबाट २०१७ साल पौष १ गते प्रजातन्त्रको अपहरण गर्ने काम भयो ।  तत्पश्चात, ३० वर्ष राजाको प्रत्यक्ष शासन चल्यो । 

भौतिक पूर्वाधारहरुमा विकास भएपनि शिक्षा,स्वास्थय लगायत मानिसको आधारभूत आवश्यकताहरु लाई पुरा गर्न त्यती बेलाका शासकहरुले कहिल्यै चाँसो लिएनन् । 

१०४ वर्षे राणा शासन र ३० वर्षे पञ्चायती व्यवस्थाको थिचोमिचोमा परेका जनताहरुको उन्मुक्तिको लागि २००४ सालमा कांग्रेस पार्टीको स्थापना गरियो । प्रजातन्त्रको लागि संगठीतरुपमा खोलिएको यो पार्टी भएता पनि यसले जनताको जनजीविकाको सवालमा, राष्ट्रियताको सवालमा आपसी संघर्षको कारणले कहिल्यै पनि राम्रो भूमिका खेल्न सकेन । 

यो सबै कृयाकलाप यसै पार्टी भित्र बसेर हेरी रहुन भएका पुष्पलाललाई सह्य भएन र स्व–अध्ययनबाट अंग्रेजीमा लेखिएको कम्युनिष्टको घोषणापत्रलाई नेपालीमा अनुवाद गरी २००६ बैशाख १० गते विधिवतरुपमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । 

यि दुवै पार्टीले नौलो जनवादी क्रान्ति र प्रजातन्त्रको पक्षमा बारम्बार राजनैतीक आन्दोलनहरु गरीरहे तर, चतुर राजा महेन्द्रको अगाडी केही सिप चल्न सकेको थिएन । 

२०३५ चैत्र २२ गते बुधवार पाकिस्तानका प्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई त्यहाँको सैनीक शासकले फाँसीको सजाय दिदा त्यस अमानवीय निर्णयको विरुद्ध विद्यार्थीहरुले पनि काठमाडौँमा भिषण विद्यार्थी आन्दोलन चर्काएका थिए । यस आन्दोलनको प्रभावले गर्दा नै २०३६ सालमा बहुदलिय व्यवस्था र निदर्लीय व्यवस्थाको वीच राजा विरेन्द्रद्वारा आम निर्वाचन गराउने घोषणा भयो । यद्यपि, बडो नाटकीय ढङ्गबाट निर्दलीय व्यवस्थालाई विजय भएको घोषणा गरियो । तरपनि,यो समय प्रजातन्त्र प्राप्तीको लागि सफलताको एक कदम थियो । 

यसरी नै प्रजातन्त्र प्राप्तीको लागि राजनैतीक आन्दोलनहरु चलिरहे तर सफलता हात पर्न सकिरहेको थिएन । “प्रगतिशिल शक्ति र प्रजातान्त्रिक शक्ति नमिले सम्म निरंकुश पञ्चायती व्यवस्थालाई फाल्न सकिदैन । यसर्थ, यि दुवै शक्ति मिल्नु पर्छ ।” भन्ने कमरेड पुष्पलालको भनाईलाई आत्मसात गर्दै लौह पुरुष गणेशमानको नेतृत्वमा ७ पार्टीको संयुक्त मोर्चा बनाई फागुन ७ देखि चैत्र २६ सम्म चलेको जनआन्दोलन सफल रह्यो ।

वि.सं.२०४८ सालमा आम निर्वाचन सम्पन्न भयो । जुन निर्वाचनमा ११३ सिट ल्याएर नेपाली कांग्रेसले बहुमत प्राप्त गर्‍यो र सरकार बनाउने अधिकार पायो । तर,दुर्भाग्य नेपाली कांग्रेस भित्रको ३६से र ७४रे भनिएर चिनिएको बीचको शक्ति संघर्षको कारण प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले संसद विघठन गरिदिनु भयो । फलस्वरुप, मध्यावतीमा निर्वाचनमा जानु पर्ने अवस्था सिर्जना भयो । 

मध्यावती निर्वाचन २०५१ मा नेकपा एमाले पहिलो दलको रुपमा अगाडी आयो र एमालेका अध्यक्ष मनमोहन अधिकारीले आफ्नो नेतृत्वमा अल्पमतको सरकार गठन गरी पहिलो कम्युनिष्टको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गर्नु भयो । प्रधानमन्त्री मनमोहनको पालामा “आफ्नो गाँउ आफै बनाऔँ”, नौ स र बृद्ध भत्ता जस्ता राम्रा नीति र विचारहरु कार्यान्वयन भए । जसले गर्दा एमालेको अल्पमतको सरकारलाई असहयोग गर्ने, काम गर्ने वातावरण विथोल्ने प्रयासहरु शुरु भए । यस्ता प्रवृतिलाई ठिक पार्दै नयाँ जनमत प्राप्त गर्न प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघठन गरिदिनु भयो । संसद विघठन गर्ने प्रधानमन्त्रीको अधिकारलाई कुन्ठित पार्दै, सम्माननीय सर्वोच्च अदालतले २०५२ भाद्र १२ गते जुन फैसला गर्‍यो त्यस फैसलाले नै देशमा अस्थिरता ल्याउने काम शुरु गर्‍यो भन्ने बुझाई रहेको छ । 

त्यस यता यस्ता यावत घटना परिघटनाहरु नेपालको राजनीतिमा घटिरहे । वि.सं.२०६४ र २०७० मा संविधान सभाको लागि निर्वाचनहरु भए ।  वि.सं.२०७२ साल असोज ३ गते अत्यन्त कठिन अवस्थामा नेपालले संविधान प्राप्त गर्‍यो । जुन संविधानले समाजवादलाई निश्चित गर्दै जनताको जनजिविकालाई सुनिश्चित गर्ने गरी लिपिवद्ध गर्न सफल रह्यो । यद्यपि, यि सबै महत्वपूर्ण अधिकारहरु प्राप्ति गरीरहँदा हामी व्यक्तिगत शक्ति प्राप्त गर्ने, आपसी द्वन्द्व, एक ले अर्का लाई नमान्ने, देश भन्दा पार्टी, पार्टी भन्दा व्यक्ति माथि र तत् अनुसारको व्यवहारहरु प्रस्तुत हुन थाले । सत्ताको छिनाझपटी चरमरुपमा हुन थाल्यो । आफ्नो अनुकूल नहुंदा सरकार ढाल्ने बनाउने खेलहरु भए । जसलेगर्दा नेपालको राजनीतिमा पनि एक प्रकारको अनैतीक परिदृश्यहरु देखिन थाले । 

शक्तिमा जानको लागि छिमेकी राष्ट्रको सहयोग लिने, सांसद खरीद बिक्रि हुने, निर्वाचनमा आर्थिक चलखेल प्रशस्त हुने आदी कारणले मानीसहरुमा राजनीति प्रति नै विस्तारै वितृष्णा जाग्न शुरु भयो । 
वि.सं.२०५४ सालको आम निर्वाचन पश्चात विविध कारणले समयमै निर्वाचन हुन सकेन । समयको लामो अन्तराल पश्चात यानी २०७४ (२० वर्ष पछि) सालमा आमनिर्वाचन हुँदा सत्ता युवाहरुमा हस्तान्तरण या पुस्तान्तरण हुन सकेन । 

फलस्वरुप,राजनीतिमा नयाँपन आउन सकेन र पुरातन हिसावले चल्न खोज्दा धेरै जोखिमहरु पनि व्यहोर्नु पर्ने स्थिती आयो । तथापी, हामीले विश्वको सबैभन्दा उत्कृष्ट संविधान पाएका थियौँ । जुन संविधानको प्रस्तावनामा “समाजवादप्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न” र भाग–१ को प्रारम्भिक को दफा ४ मा “समाजवाद उन्मुख”भन्ने अति महत्वपूर्ण शव्द लिपिवद्ध गर्न सफल भएका थियौँ । साथै, संसद विघठन गर्ने र बनाउने खेलमा सांसदहरु नफसुन र देशको विकासमा कटिवद्ध भई लाग्न सकुन भन्ने हेतुले संसद विघठनको परिकल्पना गरिएको थिएन । 

तथापी, राजनीतिको विभिन्न दाँउपेचमा संसद फस्न पुग्यो र असमयमै तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघठन गर्नुे पर्ने अवस्थामा पुग्नु पर्‍यो । बहुमतको सरकार हुँदाहुँदै संसद किन विघठन गर्नु पर्‍यो ? गर्नु पर्ने कारण के हुन ? आदि सारका कुराहरु आउदै जाला र इतिहासले यसको सहि निष्कर्ष देखाउला ।

संविधानले संसद विघठन गर्न नपाईने उत्कृष्ट कल्पना गरेको भएतापनि, प्रजातन्त्रमा संंसद विघठन गर्न पाउनु प्रधानमन्त्रीको नैसर्गिक अधिकार बन्दछ । विघठन वा पुर्नस्थापना गर्ने वा नगर्ने अधिकार सांसदहरुको सोंच र व्यवहारमा भर पर्दछ । संसदको पुर्नस्थापना सांसदहरुले संसदबाटै गर्नु पर्छ भन्ने मुल मान्यता संविधानको पनि हो । यसको अर्थ यो होईन की अरु कुनै निकायबाट संसदलाई व्युँताई दिने । यद्यपि, संविधानको अन्तिम व्याख्यता संवैधानीक अदालत हो तर संसद पूर्नस्थापना संसदबाटै हुनु पथ्र्यो भन्ने मान्यता स्थापित भएको भए अहिले आम निर्वाचन लगायत हरेक क्षेत्रमा जुनप्रकारको अनुशासनहिनता, संस्कारहिन व्यवहार र अराजकता देखिएको छ यस्तो अवस्थाबाट देश गुज्रिनु पर्दैन थियो भन्ने मात्र हो । 
प्रजातन्त्रको सुन्दरता भनेको स्वच्छन्दरुपमा स्वतन्त्रपूर्वक आफ्नो अधिकारको प्रयोग गर्न पाउनु हो । 

तर,अहिले समाज आर्थिक हिसावले, अवसरवाद प्रवृतिले र डनवादबाट धेरै प्रभावित भएको पाइएको  छ । के यस्तो सोँच र प्रवृतिले देश बन्छ ? हाम्रो समाज बन्छ जहाँ हामी बसेका छौ ? वर्तमानमा देखिएको प्रवृतिले कहिले हाम्रो देश बन्छ र विश्वको मानचित्रमा हामीले हाम्रो देश भनेर गर्वका साथ उद्घोष गर्ने अवसर प्राप्त हुन्छ ? किन बन्दैन एउटै परराष्ट्र नीति ? किन हामी एक हुन सक्दैनौ राष्ट्रियताको सवालमा ? किन एउटै आवाज बुलन्द गर्दैनौ छिमेकीहरुको अन्यायको विरुद्ध ? किन नेपाललाई शान्ति क्षेत्र घोषणा गराउने कार्यमा दत्तचित्त भई एकताका साथ यो प्रस्ताव विश्वको सामु लैजान सक्दैनौ ? कसले रोकेको छ ? यस्ताखाले प्रश्नहरुले जनताको मन भारी भएको छ । जनताहरु आतङ्कीत छन महङ्गीसंग, असुरक्षासंग, वेरोजगारीसंग र अहिलेको निर्वाचनको तौरतरिका संग । 


२०७९ सालको स्थानीयतहको निर्वाचन सम्म आईपुग्दा र निर्वाचनमा पैसोको खोलो वगेको देख्दा, जिम्मेवार नेतृत्वबाट नै गणतन्त्रको धज्जी उडाउने गरी दिएको अभिव्यक्ती देख्दा, नेताहरु नै नातावाद, कृपावाद र आसेपासेहरुलाई मात्र मौका दिएको देख्दा मनमा गणतन्त्रप्रति नै वितृष्णा जागेर आउछ । निर्वाचन स्वच्छ, भयरहित र धाँधलीरहित हुन सक्दै सकेन । के पैसा हुने ले मात्र वा बाहुवलीले मात्र निर्वाचनमा भाग लिने हो ? होईन भने सत्ताको पक्ष विपक्षमा रहेका सबै पार्टीले जसरी लिपुलेकलाई नेपालको नक्शामा समावेश गराउन एक्यवद्धता देखाएका थिए, त्यसरी नै निर्वाचनलाई मर्यादित र सबैको पँहुचमा पुर्‍याउने खालको नियम बनाउन किन एकता देखाउन नसक्ने ? विकास सदैव तल्लो सोपानबाट माथि तिर चढछ भने अनुशासन र संस्कार सदैव माथिबाट तलतिर सर्ने गर्छ । 

यदि ठिक समयमा जिम्मेवार नेताहरुले राजनीतिलाई सहि बाटोमा ल्याउन सकेनन् भने गणतन्त्र रहिरहन्छ कसरी भन्न सहिन्छ र ?

स्थानीय तह २०७९ को निर्वाचनमा एउटा पार्टीलाई हराउन अपवित्र गठवन्धनका खेलहरु भए । कहि नभएको जात्रा हाडीगाँउमा भने जस्तै, वामपन्थी भनाउदा पार्टीहरुले अर्को वामपन्थीलाई हराउन दक्षिणपन्थी पार्टीलाई बुइ चढाएको पनि देखियो । वामपन्थीहरु एकअर्कालाई देखिन नसहने अचम्मको परिदृश्यहरु पनि यही आँखाले देख्नु पर्‍यो । यद्यपि,गठवन्धनको फाईदा कसैलाई भयो भने त्यो नेपाली कांग्रेसलाई भयो । वामपन्थीहरु एकआपसमा लड्दै, घात अन्र्तघातको युद्धमा व्यस्त रहे, देशैभरी । यस्ता दूरावस्था वामपन्थीमा देखिनु पक्कैपनि लाजमर्नु कुरो हो । जबकि वामपन्थीहरु अनुशासीत हुनु का साथै राष्ट्रियता र जनताको जनजिवीका सवालमा एकजुट तथा सचेत हुनु पर्ने हो । सायद, माथिल्लो पंक्तिदेखि तल्लो पंक्ती सम्म पनि सच्चिनु पर्ने देखिएको छ । प्रशिक्षणको कमीले पनि कार्यकर्तालाई अराजक बनाउदो रहेछ । 

जनवादी केन्द्रीयतालाई मान्ने पार्टीहरुले केन्द्रीयता मात्र लादने प्रयास गर्‍यो भने पनि अराजकता निम्तिदो रहेछ । क्षमताविहिन आफ्ना मान्छेलाई स्थान दिदा पनि राजनीतिमा असहजता आउँदो रहेछ । निश्चितरुपमा राजनैतीक प्रशिक्षणको आवश्यक छ । स्थानीय निर्वाचनको परिदृश्यमा हरेक पार्टी भित्र एक प्रकारको अनुशासनहिनता, अन्तर्घातको खेल चरमरुपमा देखियो । उम्मेदवार चयन गर्दा बैज्ञानीक विधि अवलम्वन नगरी कहिकतै क्षमता भन्दा पनि चाकडी र अर्थले काम गरेको होकी भन्ने भान परेको पनि देखियो । आफ्नै पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने खेलहरु पनि भएको देखियो । 

अहिले हरेक पार्टीभित्र राजनैतीक कारवाहीका कुराहरु उठीरहेका छन । यो स्वभाविक पनि हो । यदि पार्टीको नीति नियम र फलामे अनुशासन भित्र कार्यकर्ताहरुलाई राख्न सकिएन भने संगठन चल्न सक्दैन । तर, अरुको मात्र दोष देख्ने आफ्नो नदेख्ने प्रवृति अभिभावक वा नेतृत्वमा देखियो भने त्यसले झन विकराल रुप धारण गर्न सक्छ भन्ने कुरामा नेतृत्वपंक्ती सचेत हुन आवश्यक छ । तथापी, पार्टीमा आवद्ध रहेका हरेक सदस्यहरुले पार्टीको नीतिनियम, विधिप्रकृया र अनुशासनलाई  अवलम्बन गर्नुपर्छ । हामीले अरुलाई खराब छ भनेर चोरी औंलाले ईगिंत गरीरहँदा तीनवटा औंलाले आफुलाई देखाईरहेको हुन्छ भन्ने कुराको हेक्का हामी सबैले राख्नै पर्छ ।  


हामीले नेपालको राजनीतिमा प्रत्यक्ष निर्वाचन प्रणालीको अधिकतम प्रयोग गरेर हेरी सकेका छौँ । अब यो निर्वाचन प्रणाली प्रति एकपटक गौर गरेर विश्लेषण र वहस गर्न जरुरी छ । समानुपातिक निर्वाचन प्रणालीको वारेमा धेरै जसो बौद्धिक व्यक्तित्वहरुको विचार र दृष्टिकोण सार्वजनिक भईसकेको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा अत्यधिक मात्रामा आर्थिक चलखेल, बाहुबलको प्रदर्शन भएको देखिएकाले निर्वाचनको परिणाम उल्टापुल्टा आउने र अहितकारी हुने देखिएको छ । 

यद्यपि, कुनै पनि प्रणाली आफैमा खराव हुँदैन । संसद, नीतिनियम, कानून आदि यि सबै अमुर्त कुरा हुन यसलाई मुर्तता दिनको लागि असल व्यक्ति र राम्रो सोँच चाहिन्छ । व्यक्तिले जबसम्म आफ्नो सोंचमा परिवर्तन ल्याउँदैन तबसम्म जुनै प्रणाली अवलम्बन गरेपनि सकारात्मक परिणाम हात लाग्दैन । तथापि, समानुपातिक निर्वाचन प्रणालीलाई स्थानीय तह देखि केन्द्रीय तह सम्मका निर्वाचनमा प्रयोग गरेर हेरौँ । 

यसर्थ, फ्रान्सको सैनीक सेवाबाट क्रमशः राजा बन्न सफल; युरोपमा फ्रान्सको साम्राज्य विस्तार गरी बेलायत माथि विजय प्राप्त गर्न लालायित नेपोलियन वोनापार्ट को नारकीय मृत्यु लाई स्मरण गर्न जरुरी छ । चेतना भया ।

लेखक अंगद श्रेष्ठ नेकपा (एमाले) बर्दियाका युवा नेता हुनुहुन्छ । उहाँ नेकपा (एमाले) बर्दियाको जिल्ला कमिटीको सचिवालय सदस्य तथा कार्यालय सचिव हुनुहुन्छ ।                       विकासको प्रचुर सम्भावना बोकेको बर्दिया जिल्ला (बिचार)


प्रकाशित मिति: बुधबार, असार १, २०७९  १३:४५
#बिचार
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्