Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन, किताब नै नभए कसरी पढ्नु ?
कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन, किताब नै नभए कसरी पढ्नु ?
नेपालकागज
नेपालकागज शनिबार, जेठ २१, २०७९

दुर्गा देवकोटा, टीकापुर । कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । 

अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । 

नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भएको हो । विद्यार्थीले नयाँ पाठ्यपुस्तक पढ्न पाउनुपर्ने भए पनि अझै हातमा पुस्तक नपुगेको विद्यार्थी वसन्त विकको गुनासो छ । 

“किताब छैन, किताब नभएकाले विद्यालयमा नियमित पढाइ हुन सकेको छैन”, विकले भन्नुभयो, “किताब नै नभए कसरी पढ्नु ? विद्यालयमा गए पनि किताब छैन भन्दै शिक्षकले पनि पढाउँदैनन् । गएका साथीहरु पनि समयअगावै घर फर्कन्छन् ।”

टीकापुरका सुरेश चौधरी कक्षा ९ मा पढ्नुहुन्छ । उहाँले पनि अझै पाठ्यपुस्तक हातमा पाउनुभएको छैन । पाठ्यपुस्तक नभएर उहाँले पनि पढ्न पाउनुभएको छैन । 

“स्थानीय तह निर्वाचनलगत्तै जेठ महिनाबाट विद्यालयमा पढाइ सुरु भयो । पढाइ सुरु भएको २० दिनसम्म पनि हामीले पाठ्यपुस्तक पाएका छैनौँ”, चौधरीले भन्नुभयो, “यसले त पछिल्ला कक्षामा पनि असर पार्छ । समयमै पढ्न नपाए कोर्स पूरा हुँदैन । अनि हामीलाई घाटा लाग्छ ।”

विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नहुँदा शिक्षक के, कसरी शिक्षण गर्ने भन्ने कुरामा अन्यौलमा छन् । शिक्षकमा ढिलो गरी पाठ्यपुस्तक आए कोर्ष पछाडि धकेलिन्छ कि भन्ने चिन्ता बढेको पशुपतिनाथ आधारभूत विद्यालयका शिक्षिका शान्ति बुढाले बताउनुभयो । 

“कोर्स पछाडि धकेलिने देखिएको छ । अन्य कक्षामा धमाधम पढाइ भइरहेको छ”, शिक्षक बुढा भन्नुहुन्छ, “समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सबैले पहल गरिदिनुपर्छ । बालबालिकाको समयमै पढ्न पाउने अधिकार सुरक्षित हुनुपर्छ ।”

पाठ्यपुस्तक नहुँदा पनि विद्यार्थीलाई व्यस्त राख्न केही न केही क्रियाकलाप गर्न जरुरी छ । हातमा पाठ्यपुस्तक नहुँदा उनीहरुलाई व्यस्त राख्न शिक्षकले पाठ्यक्रमका आधारमा उनीहरुलाई अन्य सन्दर्भ पुस्तक शिक्षण गरिरहेको जनजागृति मावि सीतापुरका प्रधानाध्यापक मुक्तिप्रसाद भण्डारी बताउनुहुन्छ । 

“विद्यार्थीको पढाइलाई सहयोगी हुने खालका अन्य क्रियाकलापमा व्यस्त राख्ने, अन्य किताब अध्ययनमा सघाउने काम गरिरहेका छौँ’’, प्रधानाध्यापक भण्डारीले भन्नुभयो, “जसले उनीहरुको अध्ययनमा बाधा नपुगोस्, पढाइमा रुचि लागि रहोस् भन्ने उद्देश्य हो ।”

कोर्स नै परिवर्तन भई विविध कारणले पुस्तक छपाइमा ढिलो भएकाले समयमै पुस्तक नपुगेको बताइएको छ । 

टीकापुर नगरपालिका शिक्षा शाखाले विद्यालयमा पठाइएका स्वअध्ययन सामग्री प्रयोग गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । “विद्यालयमा उपलब्ध पाठ्यक्रमअनुसार शिक्षण गर्न सकिन्छ । विद्यालयमा भएका अन्य पुस्तक पढ्न लगाएर पनि विद्यार्थीलाई सिर्जनशील बनाउन सकिन्छ ।”

“हामीले हरेक विद्यालयमा स्वअध्ययन सामग्री उपलब्ध गराएका छौँ । यस्तो समयमा ती सामग्री प्रयोग गरेर विद्यार्थीलाई व्यस्त राखौँ”, शिक्षा अधिकृत अवस्थी भन्नुहुन्छ, “अझै पुस्तक कहिले पुग्छ भन्ने यकिन छैन । त्यसैले अभिभावकले पनि घरमा बालबालिकालाई पुराना किताव भए पनि पढ्न लगाउनुपर्छ ।” 

पाठ्यपुस्तक उपलब्ध नभए पनि पाठ्यक्रम र अन्य सहयोगी सामग्रीको आधारमा कक्षामा पठनपाठन गर्न अभिभावकको समेत सुझाव छ । 

किताव नभएर बालबालिका आत्तिएकाले पाठ्यक्रमका आधारमा उनीहरुलाई विद्यालयमा रुचि लाग्ने खालका क्रियाकलापमा ब्यस्त राख्नुपर्ने अभिभावक झरना विक बताउनुहुन्छ । “पुस्तक कहिले विद्यालयसम्म आउने हो अझै यकिन छैन । विद्यार्थीको हातमा पाठ्यपुस्तक समयमा उपलब्ध नभए पनि पाठ्यक्रमका आधारमा विभिन्न क्रियाकलापमा व्यस्त बनाई राख्नुपर्छ ।”


प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्