Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • न्यायालयमा हुने विवाद सदाका लागि अन्त्य गरौँ
न्यायालयमा हुने विवाद सदाका लागि अन्त्य गरौँ सम्पादकीय
अर्पणा योगी
अर्पणा योगी बुधबार, जेठ १९, २०७८

न्यायालयमा हुने विवाद सदाका लागि अन्त्य गरौँ   

संबैधानिक इजालस गठनका बिषयमा बार र बेन्च बीचको जुहारीले न्यायालयलाई पुन: विवादमा ल्याएको छ । राज्यका तीन अंग मध्यको एउटा महत्वपूर्ण अंग न्यायालयमा कहिले न्यायाधिस नियुक्तिमा कहिले बेन्च तोकिँदा हुनजाने पटक पटकको विवादले न्यायालय प्रतिको जन-बिश्वास त गुम्छ नै एतिहासिक काल खण्डमा निरङ्कुश शासनका विरुद्धमा समेत कुनै शक्तिको प्रभावमा नपरी निष्पक्ष न्याय दिन सफल आफ्नो साख समेत हराएर जाने देखिन्छ ।

न्यायालयको यो एतिहासिक साख बचाई राख्ने दायित्व सम्पूर्ण न्यायमूर्तिको रहेता पनि मुख्य भूमिका भने यसको सर्वोच्च पदमा आशिन प्रधानन्यायाधीश मै रहेको हुन्छ । यो किन पनि हो भने कानुनि राज्यको स्थापना र संवैधानिक सर्वोच्चताको बाटोमा राष्ट्रलाई गुडाउने मूल संस्था न्यायालय नै हो र सोका लागि सबै भन्दा जिम्मेवारी प्रधानन्यायाधीशलाई संविधानले नै दिएको छ । राज्य, अन्य संघ संस्था वा व्यक्तिबाट पिडितहरु न्याय खोज्न जाने अन्तिम ठाउँ नै न्यायालय हो । तर यति महत्वपूर्ण संस्था बारम्बार बिबादमा तानिँदा यसले जनविश्वास गुमाउने गर्दछ ।

त्यसमा पनि आज राज्यका अन्य महत्वपूर्ण अंग मध्ये व्यवस्थापिका (संसद्) नरहेका कारण कार्यपालिकिय अंगलाई बेलगाम घोडा झैँ अगाडि बढ्न बाट बचाई नियन्त्रण र सन्तुलन कायम राख्नैका लागि समेत न्यायालय सक्षम रहनु पर्दछ । न्यायालयले फैसला मात्र होइन न्याय दिने हो तर बेला बखत उठ्ने यस्ता बिबादले इजालसको निष्पक्षता र विश्वसनीयता माथि नै गम्भीर प्रश्न खडा गरिदिन्छ ।

लामो इतिहास रहेको न्यायालयको साख बचाउनका लागि समेत न्याय मुर्तिहरुले प्रचलित कानुन, पुराना नजिर र मान्यतालाई बिचार गरि आफ्नो विवेकको प्रयोग गर्नु पर्दछ र हिँजो आज जनबोलीमा बढी सुन्न आएको सेटिंगको गम्भीर आरोपलाई गलत भएको प्रमाणित गर्नका लागि पनि न्यायिक मनको प्रयोग हुनु आवश्यक छ ।

साथै बिगतमा (विश्वनाथ उपाध्याय प्रधानन्यायाधिश हुँदा ) महत्वपूर्ण संवैधानिक निर्णयका बिषयमा वरिष्ठतालाई आधार बनाई बेन्च स्थापना हुनेगरेको नजिर हामीमाझ रहेकैले सोमा समेत बिचार पुर्याउनै पर्दछ । अहिले देखिएको विवाद पनि केहि हदसम्म सोहि बिषयमा केन्द्रित भएको पाइन्छ ।

न्याय सम्पादनमा नंग र मासुको सम्बन्ध रहेको बारले पनि व्यक्तिगत प्रतिशोध र बैचारिक आस्थालाई नहेरी सहयोगी भूमिका खेल्नु पर्दछ । साथै न्यायिक निश्पक्षतामा कुनै शंका देखिए सहज छलफल र वार्ताबाट निकास खोज्नुपर्दछ । यसबाट यी दुई बार र बेन्च बिचको सम्बन्धमा मधुरता मात्र होइन संस्थाप्रतिको जनआस्था समेत बढ्न जान्छ ।

अहिले देखिएको विवादको मूल चुरो भनेको झगडिया पक्षले नै बेन्च तोक्ने होइन भन्ने बेन्चको आरोप र बरिष्टता मिची विवादास्पद न्यायाधिशलाई संवैधानिक इजलासमा नियुक्ति किन दिईयो भन्ने  बारको प्रश्न नै हो ।  

विवादित दुई न्यायाधिस तेज बहादुर के.सी र बम कुमार श्रेष्ठ उक्त इजलासबाट बाहिरिदिएको भए सायद यो बिषयले यति ठुलो रुप लिने पनि थिएन होला । तर पनि इजलासमा रहेका दुई न्यायमूर्ति आन्नद मोहन भट्टराई र दिपक कार्की उक्त इजलासमा नरहने निर्णयसंगै प्रधान न्यायाधिश चोलेन्द्र शम्सेर राणाले वरिष्ठताकै आधारमा पुन इजलास निर्माण गर्ने घोषणासंगै यो विषयले निकास पाउने देखिन्छ । आगामी दिनमा संवैधानिक इजलास गठन सम्बन्धि नियमावली मै संशोधन गरि ठोस आधार तय गर्ने सहमतिले आउने दिनमा यस्ता विवाद सदाका लागि अन्त्य हुने जनअपेक्षा रहेको छ  ।


प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १५:२८
#सम्पादकीय
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्