Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • सर्वत्र चासोको विषय बनेको बर्दियाको गुलरिया नगरपालिकामा कसले मार्ला बाजी ?    
सर्वत्र चासोको विषय बनेको बर्दियाको गुलरिया नगरपालिकामा कसले मार्ला बाजी ?    
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी मंगलबार, वैशाख २७, २०७९

सन्दिप नाथ योगी, अनोज थारु, बर्दिया । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा, मौन अवधि सुरु हुन केही घण्टा, मिनेट मात्र छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको नगर प्रमुखमा कसले बाजी मार्ला भन्ने सर्वत्र चासो छ । गुलरिया नगरपालिकाका नगरप्रमुख (मेयर)का उम्मेदवारहरू मतदातासँग घरदैलोमा व्यस्त हुनुहुन्छ । विभिन्न राजनीतिक दलका उम्मेदवारले जनताको घरदैलोमा पुगेर मत मागिरहेको अवस्था छ ।

नेपाली कांग्रेसका तर्फबाट गुलरिया नगरपालिकाको नगरप्रमुखका उम्मेदवार मुक्तिनाथ यादव, नेकपा एमालेका तर्फबाट अमर बहादुर खड्का र नेकपा माओवादी केन्द्रका तर्फबाट गेहेन्द्र ढकाल हुनुहुन्छ ।

हामीले तीन ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्रका तर्फबाट गुलरिया नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारहरूसँग संक्षिप्‍त कुराकानी गरेका थियौँ । उक्त कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौँ । 


मुक्तिनाथ यादव

नेपाली कांग्रेसका तर्फबाट गुलरिया नगरपालिकाको नगरप्रमुखका उम्मेदवार
यादव गुलरिया नगरपालिकाको निवर्तमान नगरप्रमुख हुनुहुन्छ  

तपाईंले स्थानीय तहको पहिलो निर्वाचनबाट गुलरिया नगरपालिकाको मेयर भएर ५ वर्षको अवधिमा के कस्ता कामहरू गर्नु भयो ?  

सबैभन्दा पहिले तपाईँलाई धन्यवाद । मैले ५ वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माणमाको क्षेत्रमा कामहरू गरेको छु । जस्तै शिक्षा क्षेत्रको कुरा गर्नु पर्दा धेरै ठाउँमा मावि स्कुल सञ्चालन गराएको छु । जहाँ शिक्षक अपुग रहेको थियो । त्यो ठाउँमा आवश्यकता अनुसार शिक्षकहरूको भर्ना गरेको छु । 

हामी जनप्रतिनिधि आइसकेपछि विद्यालयका शिक्षकहरूको स्तरोन्नति वृद्धि गर्नको लागि शिक्षकहरूलाई तालिमको ब्यवस्था गर्‍यौँ । त्यसैगरी स्वास्थ्य क्षेत्रको बारेमा भन्नु पर्दा, गुलरिया नगरपालिकाको १२ वटै वडामा हामीले स्वास्थ्य सेवा केन्द्रको स्थापना गरेर सेवा सुबिधा बिस्तार गरेका छौँ । गुलरिया नगरपालिकाको ९ नम्बर वडामा ब्रेस्ट फिडिङ सेन्टरको ब्यवस्था गरेको छु । 

त्यसैगरी पब्लिकलाई छुने धेरै काम गरेको छु । तर काम हो सबैलाई खुशी गराउन सकिदैन । आफ्नै ४ जना सन्तानलाई त खुशी बनाउन सकिदैन । त्यसैले धेरै जना असन्तुष्ट पनि हुन सक्छन् तर मैले गुलरिया नगरपालिकामा नगरको बजेट अनुसार ५ वर्षमा धेरै कामहरू गरेको छु । मैले यहाँँको जनाताको लागि जीवन समर्पण गरेको छु र आगामी दिनमा जनताको काम र गुलरियाको बिकास मेरो लक्ष्य हो । 

गुलरिया नगरपालिकाको बाटाघाटाहरू स्तरोन्नति गरी पिच गरेको छु । गुलरिया नगरपालिका र सहरी क्षेत्रको मिलाएर करिव १ सय ५० किलोमिटर बाटोहरू पिच गरेको छु । 

तपाईं ५ बर्ष गुलरीया नगरपालिकाको मेयर भएर काम गरिसकेपछि फेरी त्यही पदमा किन दोहोरिन चाहनु भयो ?

५ वर्षको  अवधिमा मैले धेरै कामहरू गरे तर अझै ती कामहरू पुरा भएका छैनन् । अहिले पनि ती शिक्षा, स्वास्थ्य र विकासको कामलाई निरन्तरता दिन आवश्यक भएको कारण मैले फेरी पनि मेयर पदमा उम्मेदवारी दिएको हुँ । 

त्यसैगरी सुकुमबासीहरूको समस्या पनि समाधान गर्न बाँकी रहेको छ । यि सबै कामहरू कसले ५ वर्षमा पुरा गर्न सक्छ ? त्यसैले गुलरिया नगरपालिकाको मोडालिटी परिर्वतन गर्नको लागि मैले फेरी गुलरिया नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको हुँ । मैले मेरो घोषणा पत्र मार्फत सम्पूर्ण कुराहरु भनेको छु ।
 
केही अधुरा कामहरू अझै बाँकी छन् । अनि एउटा यो ठाँउमा रोजगारीको समस्या पनि छ । त्यो रोजगारी सृर्जना गर्नको लागि यहाँ एउटा कागज उद्योग खोल्ने योजना रहेको छ । यहाँ कागज बनाउनको लागि कच्चा पदार्थ पनि पाइन्छ । चिनी मिलको पनि आवश्यकता छ । 

यो सबै योजनाहरू रहेका छन् तर यो नगरपालिकाको बजेटले मात्रै हुदैन । केन्द्र सरकारसँग पहल गर्नु पर्छ । भरखर त कांग्रेसको सरकार बनेको छ । पहिला त कम्युनिष्टकै सरकार थियो । त्यसैले पहल त गरेको हो नी । कम्युनिष्टले हुन दिएनन् । अब जित्ने आधार भनेको पब्लिक हो । मैले गुलरिया नगरपालिकामा धेरै राम्रा कामहरू गरेको छु । त्यसकारण मैले गरेको कामको मुल्यांकनको आधारमा जनताहरूले मलाई भोट दिनु हुन्छ र मलाई जिताउनु हुन्छ । 

म र मेरो पार्टी नेपाली कांग्रेस ढुक्क छौँ । हामीलाई जनताले विजय गराउनुहुनेछ ।

पार्टी भन्दा ब्यक्ति भन्ने कुरा जुन आइरहेको छ त्यो अलिक असान्दर्भिक कुरा हो । पार्टीले ब्यक्ती हेरेरै टिकट दिन्छ । पार्टी भनेको एउटा संगठन हो । पार्टी भन्दा ब्यक्ति ठुलो हुनै सक्दैन । पार्टीको एउटा बिधान हुन्छ, कार्यशैली हुन्छ, बिचार हुन्छ, अनुशासन हुन्छ त्यसैमा टेकेर हिड्नु पर्छ । पार्टी भनेको तपाईँलाई नि थाहा छ । सारा जनतालाई पनि थाहा छ । 

अब जनताहरुको आवश्यकता के छ यो गुलरिया नगरपालिकामा त्यसको आधारमा काम गर्छु । अनि पार्टीको घोषणा पत्रको एजेण्डा के छ त्यस अनुसार काम गर्छु ।

अमर बहादुर खड्का 
नेकपा एमालेका तर्फबाट गुलरिया नगरपालिकाको नगरप्रमुखका उम्मेदवार


तर्पाइले जित्ने आधार के छ ? गुलरिया नगरपालिकाका जनताले कस्तो प्रतिकृया दिएका छन ?

गुलरिया नगरपालिका जनता अत्यन्तै सकारात्मक छन । उहाँहरु अत्यन्तै खुशी हुनुहुन्छ । गुलरियालाई बुझेको, यहाँको वास्तविक समस्यालाई समाधान गर्न सक्ने समृद्ध गुलरियाको योजनालाई सफल बनाउन सक्ने नेतृत्वकर्ताको रुपमा यहाँको जनताहरूले मलाई लिनुभएको छ । सोही अनुसारको उहाँहरूबाट सफलताको शुभकामना सहितको प्रतिकृया मैले पाएको छु । 

म हरेक मतदाताको घरमा जाँदा उहाँहरूले मलाई जितको टिका लगाइदिनुभएको छ । मेरो जित्ने आधार मेरा जनता हुन, गुलरिया नगर भित्र बस्ने गुलरियाको सम्पूर्ण विकास चाहने तथा गुलरियालाई माया गर्ने नगरवासी हुन । त्यस्तै मेरो योजना, मैले लागू गर्ने रणनीतिक, कार्यनीतिक गुरु योजनाहरू जसले आउने ५ वर्षमा गुलरियाको मुहार फेर्नेछ, यि कारणहरूले मेरो विजय निश्चित छ ।

म रोकेर नरोकिने, झुकाएर नझुक्ने, अञ्जुलीले छोपेर नछोपिने सूर्य हुँ जो गुलरियालाई समृद्ध बनाउन उदाएको छ । अब जनताले मलाई छाप लगाउन मात्र बाँकी छ ।

म घरदैलोमा जाँदा जनताले जनप्रिय नेता चाहियो भनेर भनेका छन् ।   

तर्पाइले योजना छन त भन्नुभयो तर योजना के छन ?

गुलरिया नगरपालिका भित्र अनियमितता, भ्रष्टाचार हुन नदिने, न्यूनिकरण गर्ने, भ्रष्टाचारमा शुन्य सहनशीलता मेरो प्रमुख एजेण्डा हो । नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने, सुशासन कायम गर्ने, जनता प्रतिको जवाफदेहिता मेरो कार्यकालमा हुनेछ । मैले सबैलाई समान व्यवहार गर्नेछु । 

सम्पूर्ण मतदाता मेरा लागी समान छन र पक्षपात नगरेर समग्र विकास, जनताको समस्याको समाधान मेरो प्राथमिकतामा छन । बिकास निर्माणका काम, सर्वसुलभ, स्वच्छ खानेपानीको व्यवस्था, विधुतको समस्या समाधान गर्ने, सुकुम्बासी समस्या समाधान, अव्यवस्थित बसोबासको व्यवस्थापन, सुन्दर सफा नगर, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, कृषिमा आधुनिकीकरण, गुलरिया बजारलाई नमुनाको शहर बनाउने मेरो प्रतिबद्धता तथा लक्ष्य हुन । पर्यटन प्रवर्द्धन, सिँचाइको व्यवस्थापन, समृद्ध गुलरिया सुखी गुलरियावासी मेरो प्रमुख कार्ययोजना हुन । 

मलाई सफल, सक्षम, सबल र जनप्रिय नेताको रुपमा आफ्नो मनमुटुमा मतदाताले राखेको मैले पाएँ ।

हेर्नुस् बर्दियाको गुलरिया नगरपालिका आफैमा सम्भावनाको खानी हो । यहाँ मात्र भिजन भएको सबल नेता चाहिएको छ । यहाँ पर्यटनको ठुलो सम्भावना छ, विश्वकै दुर्लभ कृष्णसार हाम्रै नगरमा छ । हाम्रो नगर भित्र धेरै अवसरहरू छन्, ति अवसरलाई गुलरियाको र गुलरियावासीको जीवनस्तर बदल्न, यहाँको विकास गर्न प्रयोग गर्नु पर्ने होइन र ?

ति अवसर सँगै चुनौती पनि छन तिनै पहाड जस्ता चुनौती युक्त ढुंगालाई फोडेर मूर्तिकारले मूर्ति बनाए जसरी हामीले विकशित गुलरिया बनाउने हो । ति चुनौती र अवसरलाई सफलतामा ढाल्ने योजना बनाएको छु । यस् पटक मलाई विजयी गराउने गुलरियाका जनताले निश्चित गर्नुभएको छ । म गुलरियाको मुहार फेरेर देखाउँछु ।

गेहेन्द्र ढकाल

नेकपा माओवादी केन्द्रका तर्फबाट गुलरिया नगरपालिकाको नगरप्रमुखका उम्मेदवार 

गुलरिया नगरपालिकामा मेयर पदकै लागि धेरै जना उम्मेदवार हुनुहुन्छ । सबैले विजयी हुन्छु भन्नुहुन्छ, तपाईंलाई जनताले कस्तो प्रतिकृया दिएका छन ?

सबै भन्दा पहिले धन्यवाद छ यहाँलाई । गुलरिया नगरपालिकामा म जतिको उम्मेदवारले नजित्ने हो भने कसले जित्ने भन्ने प्रश्न छ । यो भन्दा अघिल्लो पटक पनि म उम्मेदवार थिए । एउटा सानो मतान्तरले मात्रै पराजित भएको हुँँ । त्यतिबेला म अलि नयाँ जस्तो थिए गुलरिया नगरपालिकाको लागि, अहिले ५ वर्षमा प्रत्येकको घर कुनाकाप्चामा पुगेको छु । सबैको सुख दुःखमा पुगेको छु । 

त्यसकारण यस पटक गुलरियाका गाउँगाँउमा एउटा हल्ला छ गेहेन्द्र ढकाललाई जिताउने सल्लाह छ, भन्ने मैले नारा सुनेको छु । प्रत्येक गाँउ टोलमा । त्यसकारण जनताहरूको यहाँ नगरवासीहरूमा प्रतिक्रिया भनेकै मलाई जिताउने सुनेको छु । त्यसको लागि गुलरिया नगरवासीहरूमा म आभार व्यक्त गर्न चाहन्छु ।

 
तपाईंले जित्ने आधारहरू के के हुन । तपाईंले आफ्नो घोषणा पत्रमा के के कुरा समेट्नु भएको छ ? 

म गुलरिया नगरपालिकामा मेयर पदको उम्मेदवार बन्दै गर्दा हाम्रो पार्टीको तर्फबाट केही प्रतिबद्धता जाहेर गरेका छौँ । गुलरिया नगरपालिकामा रहेको १० हजार बिगाहा खेतियोग्य जमिन, त्यसमध्ये एक हजार बिगाहा जमिनमा सामूहिक खेती प्रणालीलाई लागू गर्ने योजना बनाएका छौँ ।

हजारौँको सङ्ख्यामा रोजगारीको सिर्जना गर्ने बाटो देखेका छौँ । गुलरिया भित्र ४६ वटा सामुदायिक वन रहेका छन् । ती वनमा हामीले कुरिलो, अमला लागयतका थुप्रै जडिबुटीलाई उत्पादन गर्ने छौँ र उत्पादनलाई वृद्धि गर्दै रोजगारी सिर्जना गर्ने बाटो हामीले देखिराखेका छौँ । सर्जु नदि लगायत थुप्रै ताल तलैयाहरू र अन्य प्रत्येक वडामा भएका सबै प्रकारका तालतलैयालाई सदुपयोग गर्दै माछा पालन गरेर रोजगारी सिर्जना गर्ने योजना बनाएका छौँ । 

गुलरिया नगरपालिकामा रहेको एउटा मात्रै जिल्ला स्तरको अस्पताल जसको स्तरोन्नति गर्न आवश्यक छ । गुलरियाबासीहरू मात्रै नभएर बर्दिया जिल्लाभरीका नागरिकहरूको एउटा उपचार केन्द्रको रुपमा विकास गरेर उक्त अस्पताललाई आइसीयु सहितको सघन कक्ष सञ्चालन गरेर त्यसलाई स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएका छौँ । 

त्यसैगरी गुलरिया भित्र रहेको थुप्रै पर्यटकीय स्थल जस्तै कृष्णसार लगायत सामुदायिक वन भित्र एग्रो टुरिजम अन्तर्गत पाल्न मिल्ने पशुहरूलाई पालन पोषण गर्दै बाहिरबाट आउने पर्यटकका निम्ति हामीले एग्रो टुरिजमको रुपमा विकास गर्नेछौँ । 

पार्कहरू निर्माण गर्दै आन्तरिक पर्यटनलाई बढावा दिदै स्थानीय स्तरका नागरिकहरूको आयआर्जनमा जोड दिनेछौँ । गुलरियामा एउटा अर्को समस्या भनेको नागरिकहरू स्वरोजगार बन्न खोज्दा सहज रुपमा ऋण प्रवाह भएको छैन । त्यसकारण हामीले आफ्नै स्वामित्वमा रहेको एउटा वित्तिय संस्था स्थापना गर्नेछौँ । र जो स्वरोजगार बन्न चाहन्छ त्यसलाई बिना धितोमा ऋण प्रवाह गरेर स्वरोजगार बन्ने ब्यवस्था मिलाउने छौँ । 

त्यसैगरी गुलरिया नगरपालिकाको वडा नं १, २, ३ र ४ मा बाख्रा पकेट क्षेत्र बिस्तार गरी त्यहाँ मानिसहरूलाई स्वरोजगारी सिर्जना गर्नेछौँ । र वडा नं ३, ९ र ११ वडामा भैँसी पालन पकेट क्षेत्र बनाएर विशेषगरी अहिर जातिहरूको लागि भैँसी दिएर स्वरोजगारी सिर्जना गर्नेछौँ । 

त्यसैगरी बर्दियाको गुलरियामा रहेको बबई बहुमुखी क्याम्पसलाई कृषिमा आधारित रहेको विश्वविद्यालयसँग जोडेर हामी त्यहाँ प्राविधिक तहहरू सञ्चालन गर्नेछौँ । जसले गर्दा प्राविधिक ज्ञान सिक्न चाहने विद्यार्थीहरूले सिप सिकेर आफूलाई एउटा दक्ष जनशक्तिको रुपमा उभ्याउनु हुनेछ । 

गुलरिया नगरपालिकालाई आवश्यक पर्ने कृषि, पशु लगायत विशेषज्ञहरू उत्पादन गरी आफ्नै ठाँउमा हामीले रोजगारी सिर्जना गर्ने योजना बनाएका छौँ । गुलरिया नगरपालिकामा ४६ वटा विद्यालयहरू रहेका छन् । जसमध्ये १२ वटा माध्यमिक विद्यालयहरू रहेका छन् । ती १२ वटा विद्यालयहरूलाई नमुना विद्यालयको रुपमा बिस्तार गर्नेछौँ । 

त्यहाँका विद्यालयहरूको क्षमतावान, प्रतिभावान् विद्यार्थीहरूलाई सोही अनुसारको प्रोत्साहन गर्ने योजना बनाएका छौँ । त्यसैगरी फुटबल, कराते, टेकवान्दोजस्ता खेललाई बढावा दिनेछौँ । त्यसैगरी ज्येष्ठ नागरिकहरूको लागि आश्रमको स्थापना गर्नेछौँ । 

गुलरिया नगरपालिकामा छात्राबासको ब्यवस्था नगरभित्र रहेका अनाथ बालबालिकाहरूको नगरबाट अभिभावकत्व ग्रहण गर्नेछौँ । म एकदम ढुक्क छु । सबै जनताहरू हाम्रो साथमा हुनु हुन्छ त्यसैले जित्छु भन्नेमा ढुक्क छु । हाम्रो जित सुनिश्चित छ । 


      


प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १८:०६
#बर्दिया #निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्