Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बर्दियाको मधुवन नगरपालिकाको मेयरका उम्मेदवारहरू यस्तो भन्नुहुन्छ...
बर्दियाको मधुवन नगरपालिकाको मेयरका उम्मेदवारहरू यस्तो भन्नुहुन्छ...
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी आइतबार, वैशाख २५, २०७९

सन्दिप नाथ योगी, अनोज थारु, बर्दिया । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा मधुवन नगरपालिकाका नगरप्रमुख (मेयर)का उम्मेदवारहरू जनतासँग घरदैलोमा व्यस्त हुनुहुन्छ । विभिन्न राजनीतिक दलका उम्मेदवारले जनताको घरदैलोमा पुगेर मत मागिरहेको अवस्था छ ।

नेपाली कांग्रेसका तर्फबाट मधुवन नगरपालिकाको नगरप्रमुखका उम्मेदवार तेज बहादुर भाट, नेकपा एमालेका तर्फबाट धर्म राज थापा र नेकपा माओवादी केन्द्रका तर्फबाट लक्ष्मी प्रसाद शर्मा हुनुहुन्छ ।

हामीले तीन ठूला दल कांग्रेस, एमाले, माओवादी केन्द्रका तर्फबाट मधुवन नगरपालिकाका नगरप्रमुख पदका उम्मेदवारहरूसँग संक्षिप्‍त कुराकानी गरेका थियौँ । उक्त कुराकानीको सम्पादित अंश ...

तेज बहादुर भाट
नेपाली कांग्रेसका तर्फबाट मधुवन नगरपालिकाको नगरप्रमुखका उम्मेदवार

म जनताको घरघरमा पुगे । मधुवनका जनताले मलाई धेरै माया, विश्वास गर्नुभएको छ । उहाँहरूले मसँग गुनासो पनि गर्नुभएको छ । भ्रष्टाचार भयो, अनियमितता बढी नै भयो । यसलाई रोक्न, मधुवनको सर्वाङ्गीण विकास गर्न यो पटक हामी तपाइलाई रोज्छौँ भन्नुभएको छ ।

मलाई जनताले नेताहरू यहाँ बाट जितेर गएपछि फर्किएर मुख देखाउन आउँदैनन् भनेर गुनासो गर्नुभएको छ । हेर्नुहोस् म त यही माटोमा जन्मिएको हो । यही माटोका लागि गर्ने हो । त्यसैले जनताको समस्यालाई मैले राम्ररी बुझेको छु । मतदाताले फर्किएर नआउने नेताहरूको प्रवृत्तिलाई राम्रो मानेका छैनन् । जितेर गएपछि मतदाताको गुनासो, समस्या नसुन्ने प्रवृत्ति झाँगिएको छ । यो कदापी राम्रो होइन ।

भ्रष्टाचार न्यूनिकरण मेरो पहिलो प्राथमिकता हो । नगरपालिकामा आएको बजेटलाई सदुपयोग गर्ने, भ्रष्टाचारमा शुन्य सहनशीलता, सम्पूर्ण वडामा समान रुपमा बजेट बिनियोजन गर्ने मेरा योजनाहरूको बारेमा मतदातालाई बुझाएको छु । विशेष गरी शिक्षा, स्वास्थ्य र खानेपानीको दीर्घकालिक योजना बनाएको छु ।

गाउँघरमा स्वास्थ्यसँग सम्बन्धित समस्याहरू रहेका छन । सुद्ध र स्वच्छ खानेपानीको अभाव रहेको छ । ति कुरालाई पनि समाधान गर्ने गरी मैले योजना बनाएर अगाडि बढेको छु । मैले जनतालाई युवा स्वरोजगारका कार्यक्रम, कृषि क्षेत्रमा आधुनिकीकरण, कम्लरी मुक्त कमैयाका समस्या लगायतका सम्पूर्ण योजनाहरूको बारेमा भनेको छु । उहाँहरु अत्यन्तै खुशी हुनुहुन्छ र भरोसा गर्नुभएको छ ।

मानव-वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्या तथा स्थानीय तहमा रहेका अन्य समस्यालाई रणनीतिक योजना बनाएर मधुवन र मधुवनवासीको सेवामा समर्पित रहने छु भनेर मतदातालाई भनेको छु । मतदाताले अत्यन्तै सकारात्मक प्रतिकृया दिनुभएको छ ।

लक्ष्मी प्रसाद शर्मा
नेकपा माओवादी केन्द्रका तर्फबाट मधुवन नगरपालिकाको नगरप्रमुखका उम्मेदवार

म घरदैलोमा जाँदा मलाई जनताले अत्यन्तै विश्वास, माया गर्नुभयो तर उहाँहरूको एउटै गुनासो के थियो भने नेताहरू निर्वाचनको बखत मात्रै आउँछन्, अरु बेला हाम्रा समस्या सुन्न किन आउँदैनन् भनेर मलाई गुनासो गर्नुभयो । मैले जनतालाई भनेको छु कि मलाई यती माया गर्नुभयो म आभारी छु र यदि मलाई विश्वास गर्नुहुन्छ भने म नियमित सेड्युल (तालीका) बनाएरै हजुरहरूसँग भेट्न, समस्या सुन्न मात्र नभएर समाधान गर्न आउँछु भनेर प्रतिवद्धता जनाएको छु ।    

मैले जनतालाई आफ्नो योजना भनेको छु । ५ वर्षमा कृषि, शिक्षा, स्वास्थ्य र उद्योगमा मेरो योजनाहरू केन्द्रित हुनेछन । हामीले व्यवस्था बदलेका छौँ अब अवस्था बदल्ने पालो आएको छ । कृषिमा केन्द्रित रहेर जनताको जीवन स्तरमा सुधार ल्याउने हाम्रो योजना रहेको छ ।

मधुवनका ९ वटै वडामा साना उद्योग सञ्चालन गर्ने, स्थानीय सरकारको स्वामित्व रहने गरी एउटा ठुलो उद्योग सञ्चालन गर्ने, नगरपालिका भित्र रहेका सबै वडाका बेरोजगार युवाहरूलाई केन्द्रित रहेर रोजगार सिर्जना गर्ने योजनाको बारेमा घरदैलोमा पुगेर मतदातालाई बुझाएको छु ।

जनताको बिचमा जाँदा मलाई धेरै सुझाव दिनुभएको छ । उक्त सुझावलाई मैले कार्यन्वयनको चरणमा लग्छु । मैले मतदाताको बिचमा आश्वासन बाँडेको छैन । जति गर्न सक्छु त्यति भनेको छु र गरेर देखाउने पनि छु । मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरणका उपाय अवलम्बन गर्दै राष्ट्रिय निकुन्ज सँग जोडिएका ३ वडाका सीमामा छेकबार, तारबार गर्ने योजनाहरूको बारेमा मतदातालाई भनेको छु । उहाँहरु म प्रति अत्यन्तै सकारात्मक हुनुहुन्छ । 

धर्मराज थापा
नेकपा एमालेका तर्फबाट मधुवन नगरपालिकाको नगरप्रमुखका उम्मेदवार

म प्रति मतदाताहरू अत्यन्तै सकारात्मक भएको मैले पाए । म घरदैलोमा जाँदा जनताको एउटै गुनासो थियो कि जनप्रतिनिधिहरू भोट मात्र माग्न आउँछन् तर हाम्रा दुखसुख समस्या परेका बेला आउँदैनन् भनेर । उहाँहरूले भन्नुभयो कि तपाइ जत्तिको एजुकेटेड (शिक्षित) मान्छे मधुवनको मेयरको रुपमा आयो भने धेरै राम्रो हुनेछ ।

तसर्थ मधुवनको समग्र विकास गर्नुस्, हामी तपाइलाई पूर्ण विश्वास, माया र भरोसा गर्छौँ । तर जितिसके पछि हाम्रो दुःख र समस्याको समाधान गर्नु पर्छ र समय मिलाएर भेट्न आउनुपर्छ भनेर मलाई भन्नुभएको छ । मैले जिते पछि यहाँका जनताको साथमा साथ मिलाएर हातमा हात मिलाएर अघि बढ्नेछु ।    

मैले घरदैलोमा गएर मतदातालाई आफ्नो योजनाहरूको बारेमा बुझाएको छु । मेरा दीर्घकालीन र अल्पकालीन दुई वटा लक्ष्यहरु छन । सर्व प्रथम गुरु योजना बनाएर दीर्घकालीन लक्ष्य अनुरूप रिङ्ग रोड बनाउने अवधारणा अगाडि सारेको छु । त्यस्तै पञ्च वर्षीय योजना अन्तर्गत आधुनिक खालको अस्पताल बनाउने योजना छ । एमडी सम्मको चिकित्सकको दरबन्दी खडा गर्ने, स्वास्थ्यमा जनतालाई सहज पहुँच दिने, कृषिमा आधुनिकीकरण, भूमिगत सिँचाइको योजना, किसानहरूलाई सहयोग हुने खालका कार्यक्रम ल्याउने मेरो उद्देश्य रहेको जनतालाई भनेको छु । जनताले अत्यन्तै सकारात्मक रुपमा मलाई र मेरा योजनाहरूलाई स्विकार्नुभएको छ ।

मधुवनमा निशुल्क एम्बुलेन्स, दीर्घ रोगीलाई निशुल्क स्वास्थ्य बिमा योजना, अल्पकालीन योजना अन्तर्गत सर्प दंश उपचार केन्द्र बनाउने, आधुनिक शिक्षा प्रणाली लागू गर्ने, उद्योगका माध्यमबाट रोजगार सृजना गर्ने मेरा योजनाको बारेमा मतदातालाई अवगत गराएको छु ।

म सामाजिक क्षेत्रमा समेत काम गर्ने व्यक्ति हो, म साना किसान सहकारी मध्यमा नेपालकै सबै भन्दा ठुलो सानोश्री साना किसानको माध्यमबाट पनि मैले जनतालाई सेवा गर्दै आएको थिए । यहाँका जनताको वास्तविक समस्याको बारेमा म जानकार तथा भुक्तभोगी भएकोले मधुवन र मधुवनका जनताको विकास, समृद्धिको लागि अहोरात्र खटिनेछु । यिनै कुराहरू घरदैलोमा जनतालाई भनेको छु । मलाई उहाँहरूले विश्वास गर्नु भएको छ ।  


 


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १९:१३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्