Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बर्दिया कांग्रेसमा रहेको तानाशाही प्रवृति, अन्यायको विरुद्धमा स्वतन्त्र उम्मेदवारी : नारायण मल्ल 
बर्दिया कांग्रेसमा रहेको तानाशाही प्रवृति, अन्यायको विरुद्धमा स्वतन्त्र उम्मेदवारी : नारायण मल्ल 
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी आइतबार, वैशाख २५, २०७९

सन्दिप नाथ योगी, अनोज थारु, बर्दिया । कांग्रेस बर्दियाले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । 

कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ । 

नेपाली कांग्रेस बर्दियाले गत बैशाख १९ गते प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने तथा उनीहरूको समर्थक प्रस्तावक बस्ने नेता कार्यकर्ताहरूलाई कारबाही गरिएको जानकारी दिएको हो । 

उक्त विज्ञप्तिमा भनिएको छ, "नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहितको दफा ३४ को ४ क बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा अनुरोध छ ।"

नेपाली कांग्रेस बर्दियाका अनुसार राजापुर नगरपालिका वडा नम्बर १ का दुई जना, राजापुर नगरपालिका वडा नम्बर ७ का एक जना, राजापुर नगरपालिका वडा नम्बर १० का दुई जना, मधुवन नगरपालिका वडा नम्बर ३ का १० जनालाई कारबाही गरिएको छ । 

स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा उठेका उम्मेदवार र उम्मेदवारी दर्ता गर्दा उम्मेदवारका समर्थक र प्रस्तावकलाई कारबाही गरिएको छ ।

पार्टीको कारवाहीमा परेका कांग्रेसका नेताहरूले आ–आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

कांग्रेसको तर्फबाट यस अघिको स्थानीय निकाय निर्वाचनमा जित हासिल गरेका मधुवन नगरपालिका वडा नम्बर - ३ का निवर्तमान अध्यक्ष नै स्वतन्त्र उम्मेदवार बनेपछि पार्टीलाई घाटा हुने देखिएको स्थानीयवासीको दाबी छ ।  

यसै सन्दर्भमा हामीले मधुवन वडा नम्बर - ३ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका कारण कारबाहीमा पर्नुभएका नेपाली कांग्रेस मधुवनका युवा नेता नारायण मल्ल लगायतका नेता कार्यकर्ताहरू सँग कुराकानी गरेका छौँ ।बर्दिया कांग्रेसमा रहेको तानाशाही प्रवृति, अन्यायको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएको नारायण मल्लको दाबी छ । 

नारायण मल्ल 

मधुवन नगरपालिका वडा नम्बर -३ को वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार

म बागी उम्मेदवार होइन । मैले बर्दिया कांग्रेस भित्र एउटा पक्षले लाद्न खोजेको तानाशाही प्रवित्तिको विरुद्ध राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएको हुँ । म लगायत अन्य साथीहरूले सल्लाह गरेर कांग्रेस पार्टीबाट राजीनामा दिएका थियौँ पछि कारबाही गरेको भन्ने हल्ला चलाइयो । हेर्नुस् मेरो उम्मेदवारी पार्टी भित्र भएका केही व्यक्तिहरूले गर्न खोजेको अन्यायको विरुद्धमा हो । पार्टी भित्र रहेका केही व्यक्तिहरूले हैकम तथा दादागिरी शैली लाद्ने कोसिस गरेका छन त्यसको विरुद्धमा हामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हौँ । 

१४ औँ महाधिवेशनको बेला देखिनै हामी माथि अत्याचार भैरहेको थियो । त्यसबेला नै हामीलाई बाइपास गर्दा पनि अब स्थानीय निकायको निर्वाचन आउँदै छ हामी मिलेर अगाडि बढ्नुपर्छ भनेर पटक पटक हाम्रा साथीहरू र मैले स्वयम् नेतृत्वलाई भनेको थिए । तर जनताको, स्थानीय पार्टी सङ्गठनका स्थानीय नेताहरूको कुरै नसुनेर एकतर्फी रुपमा आफ्नो जेबबाट, आफ्नो पेवा जसरी हामीसँग सल्लाह नगरी छलफल नगरी निर्णय गरेर एकलौटी नामहरू सिफारिस गरियो । मलाई पार्टीले पछिल्लो समयमा वडा अध्यक्षको टिकट दिएकाले पुन वडा अध्यक्षमा उठ्ने मेरो उद्देश्य थिएन । 

तर नेपाली कांग्रेसको लागी जीवन अर्पण गरेका इमानदार कार्यकर्तालाई पाखा लगाएर, कुनै अवसर नदिएर, जानकारी नदिएर, छलफलै नगरेर एकलौटी जेबबाट निकालेर टिकट बाँडिएको छ । पार्टीलाई हैकमवादी तरिकाले चलाएर हामीलाई नै सखाप पार्ने उद्देश्यले निर्देशित भएर जुन कदम चालियो त्यसका विरुद्धमा हामीले राजीनामा दिएका हौँ ।

हामी बागी उम्मेदवार होइनौँ हामी स्वतन्त्र उम्मेदवार हौँ । संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै हामीले उम्मेदवारी दिएका हौँ । हामीले जिल्ला समिति, नगर समितिमा ज्ञापन पत्र बुझाएर हाम्रा कुरा पनि सुनिदिनु पर्‍यो भनेर जाँदा पनि कुनै सुनवाइ नभएपछि अन्तिम विकल्पको प्रयोग गरेका हौँ । हामी ६४ जना कार्यकर्ताले राजीनामा दिएका छौँ । हामीले बैशाख ११ गते राजिनामा गरिसकेका थियौँ ।  

हाम्रो वडाका जनतासँग हामीले छलफल गर्‍यौँ अब के गर्ने त भनेर । जनतासँग छलफल गरेर हामीले उम्मेदवारी दिएका हौँ । हाम्रो चुनाव चिन्ह जेब्रा हो । जनताको घरदैलोमा पुगेर मैले यस अघि वडाअध्यक्ष हुँदा गरेको कामको मूल्यांकन गरिदिनुस् भनेर आग्रह गरेको छु ।

जनताले धेरै माया र हौसला प्रदान गर्नुभएको छ । मैले यस पटक पुन विजय हासिल गरे भने मधुवन वडा नम्बर ३ को बिकासलाई प्राथमिकतामा राखेर कुनै भेदभाव बिना सबैलाई आफ्नो सम्झेर काम गरेर देखाउनेछु । 

यहाँँको थारु गुरुवा, सोडेनिहरु बिस्थापित भएको अवस्था छ, उहाँहरुको ब्यबस्थापन गर्ने, खाता करिडोर अन्तर्गतको कोठियाघाटको धार्मिक स्थलको सम्बर्द्धन-प्रबर्द्धन, भग्रैयाताल लोपोन्मुख अवस्थामा भएकोले त्यसको उचित व्यवस्थापन, व्यवस्थित आर्यघाटको योजना कार्यन्वयको चरणमा छ त्यसलाई सम्पन्न गर्ने, वडाबाट दिने सेवालाई जनताको घरमै पुर्‍याउने लगायतका योजना घरदैलो कार्यक्रममा जनतालाई सुनाएको छु । उहाँहरुले मलाई भरोसा र बिश्वास गर्नुभएको छ ।

कुल बहादुर बुढामगर  
मधुवन नगरपालिका वडा नम्बर - ३ सदस्यका उम्मेदवार

पछिल्लो समय पार्टीका केही व्यक्तिहरूमा नातावाद, कृपावाद देखियो, तानाशाही प्रवित्ति बढेर आयो, नियमविधानमा नचलेका कारण विचलन आयो । हामीलाई पाखा लगाउन खोजियो । पार्टीका केही ब्यक्तिहरू शक्तिको उन्मादमा एकलौटी निर्णय गर्ने, पुराना कार्यकर्ताहरूको अपमान गर्ने, बलमिच्याइँ गर्ने तिर लागेपछि हामीले राजीनामा दियौँ । 

विधान अनुसार वडामा भएका उपलब्ध क्रियाशीलहरूको भेलाबाट आएको नामलाई सिफारिस गर्ने भन्ने जुन कुरा छ । त्यसको पालना नगरेर आफू पक्षीयहरूको बैठक बसेर कुनै सल्लाह नगरी, जानकारी समेत नदिएर नाम सिफारिस गरियो । 

हिँजो महाधिवेशनमा हामीले हार्यौँ तर अब स्थानीय निकायको निर्वाचनमा हामी मिलेर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो सोच थियो । तर यहाँ त बाइपास गर्ने, अपमान गर्ने कारबाही गर्छौँ भनेर भाषण गर्दै हिँड्ने उल्टो काम भयो । हामीलाई त नेतृत्वले सँगै मिलाएर समावेश गरेर लग्नु पर्नेमा उल्टो भयो । त्यसैले हामीले राजीनामा दिएका हौँ । 


सुस्मा चौधरी 
मधुवन नगरपालिका वडा नम्बर - ३ महिला सदस्य उम्मेदवार

जनताले राम्रै भनेका छन । चुनावमा उठेर ठीक गरिस् भनेका छन । बाटोघाटो, कल्पट बनाउँछु भनेको छु, महिलाका समस्या समाधान गर्छु भनेको छु । घरदैलोमा जाँदा हन्ड्रेड पर्सेन्ट भोट दिन्छम भन्नुभाछ । जनताले माया गर्नुभाछ । म खुशी छु । म जनताको लागि धेरै राम्रो काम गर्छु सर । मैले जनतालाई यत्ति भनेको छु । मलाई पत्रकार सँग बोल्न राम्ररी आउँदैन तर म जनताको काम गर्छु, उहाँहरूको समस्या समाधान गर्छु ।   


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १५:३३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्