Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • विकासको प्रचुर सम्भावना बोकेको बर्दिया जिल्ला (बिचार)
विकासको प्रचुर सम्भावना बोकेको बर्दिया जिल्ला (बिचार)
नेपालकागज
नेपालकागज शनिबार, फागुन २८, २०७८

विकासको प्रचुर सम्भावना बोकेको बर्दिया जिल्ला 

-अंगद श्रेष्ठ

नेपालको लुम्विनी प्रदेश अन्तर्गत दक्षिण पश्चिममा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पूर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरका सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेशको बहराईच जिल्ला पर्दछ । कुल क्षेत्रफल २०२५ वर्ग किलोमिटर मध्ये अधिकांस भू–भाग (६८.७६५) तराईको समतल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२७५) चुरे पर्वत पर्दछ । 

पहिले आदिवासी थारुहरुको बाहुल्यता रहेको यो जिल्लामा पछिल्ला दिनहरुमा बाह्य जिल्लाहरुबाट बसाई सराई गरी आउने भिडले गर्दा जातीय तथा सांस्कृतिक विविधताको मधुर घुलन रहेको छ । 

तत्कालिन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाको समयमा कंचनपुर नयाँ मुलुकको रुपमा नेपाललाई हस्तान्तरण गरिएको थियो । सन् १८६० को सन्धि पछि मात्र यो क्षेत्र अर्थात कैलाली, कंचनपुर, बाँके र बर्दिया नयाँ मुलुकको रुपमा नेपालको अङ्ग भएको हो । वि.सं.१९१४ मा भारतमा भएको सिपाही विद्रोेहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले ईष्ट इंण्डिया कम्पनीलाई सहयोग गरे वापत वि.सं.१७७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्ये पुरुस्कारस्वरुप वि.सं.१९१७ मा बाँके, बर्दिया, कैलाली र कन्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगायतका चार जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छ । 


बर्दिया जिल्लाको नाम कसरी रहन गयो भन्ने तथ्यलाई केही जनश्रुती र धार्मिक एवं पौराणीक आख्यानहरु रहेको पनि पाईन्छ । जस्तै : गाईगोरु, भैंसी जस्ता जनावर पाल्नेलाई थारु भाषामा वर्दवा भन्ने गरिन्छ । यस जिल्लामा गाईगोरु पाल्न प्रशस्त चरीचरन रहेकोले गाईगोरु पाल्ने वर्दवाहरु बसोबास गर्ने भएकोले पनि यस जिल्लाको नाम वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्लाको नामाकरण हुन सक्ने अनुमान गरिन्छ । 

हालको वारबर्दिया साविकको पदनाहा गा.वि.स.मा वारबर्दिया भन्ने गाँउ रहेको छ । बर्दियामा खेतीयोग्य जमिन प्रशस्त भएकोले बाहिरबाट बँसाई सराई गरी यस ठाँउमा आउन थाले जसलेगर्दा यस स्थानको प्रसिद्धि फैलिन थाल्यो अन्तमा, यस गाँउको नामबाट नै बर्दिया नामाकरण हुन गएको भन्ने भनाई पनि सुनिन्छ । 

पर्यटकीय दृष्टिकोणमा बर्दिया जिल्ला 

प्रचार प्रसारको दृष्टिकोणले यहाँको पर्यटकीय क्षेत्र ओझेलमा परेको यथार्थ सवै सामु छर्लङ्गै छ । तथापी, यो जिल्ला पर्यटनको हिसवाले प्रचुर सम्भावना बोकेको जिल्ला हो । यस जिल्लामा हेर्न, डुल्न र अवलोकन गर्नका लागि प्रशस्त रमणीय स्थल र बस्तुहरु रहेका छन । नेपालको सबैभन्दा लामो १०१५ मि.को पुल जसले राजापुर र गेरुवालाई सदरमुकामसंग जोडनुका साथै कैलाली पुग्नको लागि पनि महत्वपूण रहेको छ कोठीयाघाट पुल । एशियामा पहिलो पटक निर्माण भएको एक खम्वाको कर्णाली चिसापानी पुल । प्राकृतिकरुपमा संरक्षण गरिएको विश्वमै दुर्लभ मानिने कृष्णसार (Blackbuck) । 

८९६ वर्ग किलोमिटरमा फैलिएको बर्दिया राष्ट्रिय निकुन्ज जहाँ पाटेबाघ, गोही, डल्फिन, गजराज, विश्वकै दुर्लभ मानिने खर मयुर, सानो खर मयुर, सिम तित्रा, सारस, भुँडीफोर गरुड, उत्कोशी फ्याफ्याले, डाँगर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, बोक्सी चिल, जीवहारा महांचिल, लघु महांचिल, राजहंस, घेघरी घाँसे फिस्टो, बगाले बगेडी जस्तार चराचुरुङ्गी तथा विविध प्रजातीका जीवजन्तु हरु पाईन्छन । 

ठाकुरबावा न.पा.मा ठाकुरबावा मन्दिर, गुलरिया न.पा.मा बगलामुखी मन्दिर, राजापुर न.पा.मा गणेशबाबा मन्दिर, बारबर्दिया न.पा.मा सदाशिव मन्दिर, गुलरिया न.पा.मा कोटही मन्दिर, मधुवन न.पा.मा कालिका मन्दिर, बकोटिया मन्दिर बढैयाताल गा.पा.मा, उत्तरकौशल धार्मिक बनवाटिका कोठीयाघाटमा, केदारेश्व महादेवको मन्दिर बाँसगढी न.पा.मा, पर्वतीया र नथुनिया बावा गुलरिया न.पा.मा आदी मन्दिरहरु मध्ये केहिलाई पुरातत्व विभागले महत्व दिदै नेपाल सरकारले हुलाक टिकट प्रकाशन गरेको छ । 

दक्षिण एशियाका चराचुरुङ्गीको क्रिडा स्थल, कमलको फुल आदीले शोभायमान हुने संरक्षित १०५ बिगाहामा फैलिएको प्राकृतिकरुपले निर्मित बढैयाताल । प्राकृतिकरुपले निर्मित २०० बिगाहामा फैलिएको सतखल्वा ताल । साथै, सतखल्वा होमस्टे, डल्ला होमस्टे र राजी समुदायले खोलेको होमस्टेहरु पनि बस्न र हेर्न लायकका छन । कर्णाली नदीमा र्‍याफि्टङ, कर्णाली नदी एडभेन्चर स्पोर्ट्स, जीपलाईन को प्रशस्त सम्भावना रहेको छ । 

बर्दिया जिल्लाको पर्यटन क्षेत्रमा रहेको प्रवल सम्भावनाहरुलाई प्रचारप्रसारको माध्यमबाट केन्द्र सम्म र आधुनिक प्रविधिहरु मार्फत विश्वमा हाम्रो सम्पदाहरुको जानकारी पुर्‍याउन सकियो भने बर्दिया जिल्लाको मात्र नभै यसले बर्दियाली जनताको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै राष्ट्रको आय वृद्धिमा महत्वपूर्ण भूमिका बर्दिया जिल्लाले पनि खेल्न सक्छ भन्दा अतिशयोक्ति नहोला ।  जैविक विविधता, सांस्कृतिक विविधताले भरिपूर्ण यो जिल्लामा आपसी एकता र भाईचाराको उदाहरण देख्न पाईन्छ । 

कृषिको दृष्टिकोणमा बर्दिया जिल्ला 

जिल्लाको जनसंख्या मध्ये ५२ प्रतिशत जनघनत्व रहेको थारु जाति, राजी, चेपाङ्ग आदि विविध संस्कृतिको अवलोकन गर्न पाईने । अन्नको भण्डार भनेर चिनिने । कुरिलो, घ्युकुमारी जस्ता अनेकन जडीबुटी उत्पादन हुने स्थानको रुपमा पनि चिनिन्छ । बर्दिया जिल्लामा रहेको जमिनहरुमा उर्वरा शक्ति धेरै भएकोले यहाँका अधिकाँश मानीसहरु कृषि खेतीमा निर्भर छन । 

बर्दिया जिल्लाको कूल क्षेत्रफल २,०२,५०० हेक्टर मध्ये खेतीयोग्य जमीन ७५००० हजार मध्ये ६०,१०० हेक्टर जमीनमा मात्र खेती गरीएको छ । १४,९०० हेक्टर जमीन अझै पनि बाँझो रहेको अवस्था छ । यी बाँकी रहेका खेतीयोग्य जमीन लगायत सम्पूर्ण जमीनमा आधुनिक कृषि, कृषिमा आधारित उद्योग, बदलिदो परिस्थितीमा किसानहरुलाई आधुनिक खेतीको तालीम दिदै टुक्रे जग्गामा खेती गर्दा आर्थिक स्थिती मजवुत नहुने र राष्ट्रलाई पनि कुनै योगदान नहुने हुंदा वैज्ञानीक ढाँचाबाट चक्लावन्दी खेतीको लागि बर्दियाली जनताहरुलाई प्रशिक्षित र उत्साहित वनाउदै आधुनिक कृषिमा जोड दिने हो भने बर्दिया नेपाल कै उत्पादनको लागि नमुनायोग्य जिल्ला वन्न सक्छ । 

कृषि र प्राकृतिक सम्पदा यस जिल्लाको आर्थिक आम्दानीको लागि उपयुक्त माध्यम वन्न सक्छन । यसर्थ, यस जिल्लाको विकासको लागि हामी बर्दियाबासीहरुले जनदवाव श्रृजना गरि यहाँका जनप्रतिनिधिहरु लाई निम्न कार्य गर्न,गराउन लगाउनु पर्छ । बर्दिया जिल्ला एक सडकपरिवेष्टित जिल्लाको रुपमा रहेको छ । 

यस जिल्लालाई राजमार्गले नछोएको कारणले विकासमा पछाडी परेको छ । यसको छिमेकीको रुपमा रहेको बाँके जिल्ला र कैलाली जिल्लाले विकासमा नयाँ उँचाई थपि सक्दापनि यो जिल्ला विकासको खोजीमा भौतारिरहेकोछ । यसर्थ,यस जिल्लाको विकासको लागि सवैभन्दा पहिला सडक सन्जालको विकास गर्नु जरुरी छ । 

बर्दिया जिल्लाको विकासको लागि गुलरिया सिमामा भारतीय भन्सार हुन अति आवश्यक छ । भारत सरकारसंग नाका प्राप्त गर्नका लागि विभिन्न समयमा विभिन्न निकायबाट पटक–पटक पहल गर्दा पनि आज सम्म सफलता हाथ पार्न सकिएको छैन जसलेगर्दा बर्दियाको विकासको गतिमा सुस्तता ल्याएको छ । भारतीय सिमा नजिक हुंदाहुदै पनि भन्सारबाट बन्चित हुनु परेको छ जसको कारणले व्यापार, उद्योग, पर्यटन क्षेत्रमा असर पुगेको छ । आजसम्मको भारतको रवैया हेर्दा सजिलै संग नाका देला जस्तो लाग्दैन यसकारण नेपाल सरकारले भारतसंग नाकाको सवालमा छलफल गर्नु भन्दा पहिला तेलपानी सडकलाई कर्णाली प्रदेशसंग समन्वय गरी सन्चालनमा ल्याउने कार्य गर्नु पर्दछ । 

बर्दियालीबासीहरुले सबैभन्दा पहिले नेपाल सरकारसंग अनुरोध गरी ठाकुरबावा नगरपालिकाको भुरीगाँउबाट सुर्खेत जोडीने तेलपानी बाटोलाई पूर्णता दिएर कर्णाली करिडोर बनाउन सकियो भने भारतले हामीले भनेको स्थानमा नाका (भन्सार) खोल्न तयार हुन्छ । 

नाका खोल्न सफल भईयो भने गुलरिया नगरपालिकामा सुख्खा वन्दरगाहा सन्चालनमा ल्याउन सकिन्छ भने भुरीगाँउ यातायातको हवको रुपमा विकास हुनेछ र रोजगारीको माहौल सृजना हुनेछ । यसर्थ, यस जिल्लाको विकासको लागि नाका कोशेढुङ्गा सावित हुन सक्छ । 

बर्दिया जिल्ला कृषिले ओगटेको ठाँउ हो । बर्दिया जिल्ला अन्नवाली प्रशस्त उत्पादन हुने जिल्ला हो भने राजापुर र गेरुवामा झनै उत्पादनको घनत्व वढी छ । यसर्थ, राजापुर र गेरुवालाई पायक पर्ने गरी एउटा सानो मझ्यौला खालको कागज उद्योग सन्चालन गर्न सकियो भने रोजगारीको माहौल श्रृजना हुन्थ्यो भने अप्रत्यक्ष धेरैले काम पाउने छन । नेपाल सरकारसंग पहल गरी यहाँका जनप्रतिनिधिहरुले यो कार्य गर्नु पर्ने देखिन्छ । 

कागज उद्योगको लागि कच्चा माल स्थानीय निकायबाट नै उपलव्ध हुन सक्छ । 

बढैयाताल गाँउपालिकाको मैनापोखरमा पृथु शमशेर राणाले साना चिनी उद्योग सन्चालन गरेको सवैलाई ज्ञात छ । उँखुको उव्जनीको लागि मैनापोखरको जग्गा उपयुक्त भएकोले साना चिनी उद्योग सन्चालन गर्न सकिन्छ । उँखु उत्पादनको लागि सरकारले योजना बनाई उँखु खेतीको लागि कृषकहरुलाई आकर्षीत गर्न सक्नु पर्दछ । यस्तो उद्योग खोल्न सकियो भने रोजगारी सृजना गर्न सकिन्छ । 

बढैयाताल गाँउपालिकामा रहेको कुम्भरको ५०० विगाहा जग्गामा कृषि विश्वविद्यालय खोलीएमा यस जिल्लाको कृषि क्षेत्रलाई चाहिने आवश्यक जनशक्ति उत्पादन गर्नु का साथै बर्दिया जिल्लाको पर्र्यटन, व्यापारीक क्षेत्रको आर्थिक विकासमा पनि टेवा पुग्न सक्छ भन्दा दूई मत नहोला । 

यसर्थ,समग्रमा यस जिल्लाको विकास हामी बर्दियालीबासीहरुको लागि नै महत्वपूर्ण छ । यो हामी सबैको आवश्यकता र चाहाना पनि हो । यस जिल्लाको उन्नती,प्रगतिमा हाम्रो पनि स्वार्थ गाँसिएको हुन्छ । 

यसर्थ, जुटनु आजको आवश्यकता हो, समयको माग हो । राजनीति आस्था व्यक्तिमा हुनु स्वभाविकै हो । त्यसलाई अलि टाढा राखेर छातीमा हाथ राखेर मनन् गरौं र जुटौं । यस जिल्लाको विकास हामीले नगरे कसले गर्छ रु अहिले नगरे कहिले गर्ने ?

लेखक अंगद श्रेष्ठ नेकपा एमाले बर्दिया जिल्ला कमिटीको सचिवालय सदस्य तथा कार्यालय सचिवको भुमिकामा हुनुहुन्छ ।

लेखक प्रोफाइल
राष्ट्रिय बाणिज्य बैंकमा ३० वर्ष सेवा गरेर निवृत्त भएको

२०४७ साल देखी ट्रेड युनियनमा आवद्ध रहेर काम गरेको 

अस्पातल बिकास समिती बर्दियाका पुर्व अध्यक्ष


प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ११:०१
#बिचार
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्