Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • राजनीतिक झगडाका विषयमा जनतालाई न्यायाधीश बनाउनुपर्छ : प्रधानमन्त्री
राजनीतिक झगडाका विषयमा जनतालाई न्यायाधीश बनाउनुपर्छ : प्रधानमन्त्री
नेपालकागज
नेपालकागज शनिबार, जेठ १५, २०७८

राजनीतिक झगडाका विषयमा जनतालाई न्यायाधीश बनाउनुपर्छ : प्रधानमन्त्री

नारायण ढुङ्गाना ।  मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरिन्छ । 

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रका उपलब्धिलाई बलियो बनाउन राजनीतिक झगडा र लडाइँका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर उनीहरुको अभिमतलाई सर्वोपरि मान्दै अग्रसर हुन दलका नेताहरुलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “आफ्ना जिद्दी होइन, जनताको आवधिक मूल्याङ्कन र अभिमत नै सर्वोपरि निर्णायक हुन्, निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो, यसले जनादेशलाई पुनर्ताजगी गर्न र त्यसपछिको सरकारलाई सुदृढ एवं जनअपेक्षितानुसार काम गर्न उत्प्रेरित गर्दछ ।” 

सोही अभिप्रायका साथ नै आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा गरिएको प्रधानमन्त्री ओलीकोे भनाइ थियो । उहाँले अहिले चुनाव हुँदैन कि, गराइँदैन कि भन्ने भ्रम छरिएको र चुनाव स्वतन्त्र एवं निष्पक्ष हुँदैन भन्ने निराधार कुप्रचार भइरहेकाले त्यस्तो दुष्प्रचारको भ्रममा नपर्न अनुरोध गर्नुभयो ।

उहाँले सरकारले चालेका जनमुखी कदममा व्यवधान, घेराबन्दी र विरोधको सामना गरिरहनुपरेकामा चिन्ता प्रकट गर्नुभयो । 

गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले जनताका लागिभन्दा सत्ताकाङ्क्षी समूहले लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने प्रवृत्तिको छिनोफानोका लागि निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना भएको प्रस्ट्याउनुभयो । 

उहाँले मुलुकको अमूल्य समयलाई अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न मुलुकसामु जनादेश माग्नु एकमात्र विकल्प हुन पुगेको स्पष्ट पार्नुभयो ।

निर्वाचनले सबै दललाई जनपरीक्षण गर्ने अवसर प्राप्त भएको बताउनुभयो । निर्वाचनलाई तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीले दृढता व्यक्त गर्नुभयो ।

गणतन्त्रले प्रणालीका छिद्र खोजेर कसैलाई सत्तामा चढाउने र झार्ने खेलमा समय व्यतित गर्ने नभई गरिबी र पछौटेपनको लडाइँलाई जित्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उहाँले जनता मजबुद हुँदा लोत्रतन्त्र स्वतः मजबुद हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहले आफ्नो नियन्त्रणमा राख्न खोज्ने प्रवृत्ति निस्तेज गरी गणतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि जनतालाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अथ्र्याउने विसङ्गत प्रयास गणतान्त्रिक मुलुकका लागि हानिकार हुने उहाँको जिकिर थियो । “यो जनताको सार्वभौम अधिकार हो, जसलाई निर्वाचनमार्फत जनताले अभ्यास गर्दछन्”, प्रधानमन्त्रीको भनाइ थियो । 
प्रधानमन्त्री ओलीले खासगरी राष्ट्रिय समस्या, महामारी जस्ता सङ्कट, राष्ट्रिय सीमाभन्दा बाहिरका विश्वव्यापी समस्याको संयुक्त प्रयासबाट सामना गर्नुपर्नेमा जोड दिनुभयो । 

जनताको जीवन रक्षामा सरकारको ध्यान 

प्रधानमन्त्री ओलीले उल्लासको चाड भए पनि कोभिड–१९ का कारण खुशीका साथ गणतन्त्र दिवस मनाउन नपाएकामा दुःख व्यक्त गर्नुभयो । कोरोना महामारीविरुद्धको कठिन सङ्घर्षमा मुलुक होमिएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिलेको पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीबाट जनताको जीवन रक्षा गर्न कुनै पनि सम्भव प्रयास बाँकी नराखिने स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले अकस्मात आएको महामारीको सामना गर्न संसारका कुनै पनि राष्ट्र पूर्वतयारीमा नभएको सन्दर्भमा शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारबाट सङ्कटसँग जुध्नुपरेको स्मरण गराउनुभयो । कतिपय सम्पन्न मुलुकले निःशुल्क स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा सरकारले अधिकांश सङ्क्रमित र बिरामीको निःशुल्क उपचार र खोप अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुभयो । 

“आगामी निर्वाचन अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउने प्रयासमा जुटेका छौँ”, प्रधानमन्त्री ओलीले थप्नुभयो, “क्षमतालाई भरपुर प्रयोग गर्दै अघि बढेकाले कोभिडविरुद्धको लडाइँमा सक्षम हुने छौँ भन्ने विश्वास दिलाउँछु ।”

आज जनता सार्वभौम बनेको इतिहासको अविस्मरणीय दिन

प्रधानमन्त्री ओलीले आजको दिनलाई जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमा आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य भई उज्यालो प्राप्त भएको दिनका रुपमा स्मरण गर्नुभयो । उहाँले जनता सार्वभौम बनेको आजको दिन नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको उल्लेख गर्नुभयो । उहाँले सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हुने बताउनुभयो । 

उहाँले जनताको अधिकार, सर्वोत्तम हित र आकाङ्क्षाको प्रतिविम्ब संविधानको व्यावहारिक कार्यान्वयनमार्फत जनतामा प्रतिफल पु¥याउनमा सरकार दत्तचित्त रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले अहिले विकासका लागि सामाजिक र भौतिक पूर्वाधार निर्माण गरी समृद्ध नेपाल, सुखी नेपालीको आधार निर्माणमा मुलुक अग्रसर भएको स्पष्ट पार्नुभयो । 

उहाँले जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको बताउनुभयो । गणतन्त्रमा स्वस्थ बहस, मर्यादित छलफल र असहमतिबीच निर्बाध अभिव्यक्तिको प्रत्याभूति हुने र यसका लागि आचरण, व्यवहार तथा विचारका हिसाबले उन्नत, परिष्कृत, पारदर्शी, सहभागितामूलक र स्वार्थरहित व्यवहार अपरिहार्य रहने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले गणतन्त्रपछिको अवधिमा चेतनाको संस्थागत विकाससँगै ‘विकास र समृद्धि’का सपनाले साकार रुप लिन थालेको बताउनुभयो । उहाँले मुलुकमा अस्थिरतालाई चिर्दै आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जिकिर लिनुभयो ।

आर्थिक वृद्धिदरमा प्रगति हुनु, निरपेक्ष गरिबीमा कमी हुनु, शान्ति, सुशासन र सेवा प्रवाहमा सुधार, भूकम्पपछिको पुनर्निर्माणले सार्थकता पाउनु र विश्वव्यापी परिसूचकमा उल्लेख्य सुधार हुनुले मुलुक सही दिशातर्फ अघि बढिरहेको छ भन्नेमा प्रस्ट रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 


प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्