Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट गणतन्त्र दिवस मनाइँदै
भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट गणतन्त्र दिवस मनाइँदै
नेपालकागज
नेपालकागज शनिबार, जेठ १५, २०७८

भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । 

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गर्नुभयो । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो ।

राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीकाबीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । 

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठक समेत आह्वान गर्नुभयो ।

यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । 

यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।  

विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो ।  जस अनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । 


प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्